वैशाख २८, २०८२ आइतबार | १८:२६:४१
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

ग्रिलिसलाई सिटीमा सोचेभन्दा गाह्रो

म्यानचेस्टर । ज्याक ग्रिलिसले १० करोड पाउन्डको मुल्यका कारण सिर्जित दबाबका कारण म्यानचेस्टर सिटीमा स्थापित हुन आफूले पहिला सोचेभन्दा बढि गाह्रो भएको बताएका छन् ।

पछिल्लो सरुवा बजारमा एस्टन भिल्लाबाट प्रिमियर लिगको च्याम्पियन टोलीसँग अनुबन्ध भएका आक्रामक मिडफिल्डर ग्रिलिस अझै पनि सिटीमा जम्न सकेका छैनन् ।

सिटीका लागि सबै खाले प्रतियोगितामा गरी २० खेल खेल्दै ग्रिलिसले अहिलेसम्म तीन गोल गर्नुका साथै तीन गोलका लागि पास उपलब्ध गराएका छन् । यसैगरी उनले त्यसवाहेक टिम सहयात्रीहरुका लागि ४४ थप अवसर सिर्जना गरेका थिए ।

लिड्स युनाइटेडमाथि ७-० को जित हासिल गरेको दिन ग्रिलिस र उनका टिम सहयात्री फिल फोडेन एउटा नाइटक्लबबाट निस्कँदै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

फुटबल समर्थकहरुबीच भाइरल भएको त्यो तस्बिरका कारण क्लबले यी दुई खेलाडीको व्यवहारमाथि दुःख प्रकट गरेको थियो । त्यही कारण दुवै खेलाडीले न्युक्यासलमाथि ४-० को जित हासिल गरेको खेलमा मैदान उत्रिने मौका पाएका थिएनन् । तथापि पेप ग्वार्डिओलाले बक्सिङ डे खेलका लागि आइतबार लेस्टर सिटीलाई निम्त्याउँदा यी दुई खेलाडीले पनि मौका पाउन सक्छन् ।

आइतबारको खेलअघि स्काई स्पोर्टससँग कुरा गर्दै ग्रिलिसले सिटीमा आफूले अझै सिकिरहेको र स्थापित हुने प्रयास गरिरहेको बताए ।

‘यहाँ स्थापित हुन कसैलाई एक वर्ष पनि लाग्छ भन्ने सुनेको छु । मलाई पनि त्यस्तै भइरहेको छ । अर्को सिजनमा म धेरै गोल गर्नुका साथै अझ धेरै गोलको अवसर मिलाउनेछु,’ ग्रिलिसले भने, ‘यहाँ मैदानभित्र र बाहिर पनि स्तर निक्कै माथि छ । त्यसैले यो टोलीले पछिल्ला वर्षहरुमा यति धेरै सफलता हासिल गरेको हो ।’

सिटी आउनुअघि युरोपेली प्रतियोगितामा कहिल्यै नखेलेका ग्रिलिसले च्याम्पियन्स लिग खेल्नु र प्रिमियर लिग खेल्नुमा निक्कै ठूलो भिन्नता रहेको बताउँदै १० करोड पाउन्डको सरुवा रकमले पनि आफूमाथि दबाब भएको बताए ।

‘१० करोड पाउन्डको मुल्यले अपेक्षा बढ्दो रहेछ । अपेक्षा बढेपछि दबाब पनि बढ्ने । मानिसहरुले खोई पैसाअनुसारको गोल, खोई असिस्ट भन्छन् । जुन स्वभाविक पनि हो । क्लबले मेरा लागि ठूलो रकम खर्चेको छ, म पनि उच्च प्रदर्शनबाट त्यो फर्काउन चाहन्छु,’ उनले थपे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP