वैशाख २६, २०८२ शुक्रबार | १२:५२:२१
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

सेप ब्लाटर र मिचेल प्लाटिनीले पाए सफाइ

काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र पुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् ।

स्विट्जरल्यान्डको बासेल नजिकै रहेको एक पुनरावेदन अदालतले फिफाका पूर्व अध्यक्ष ब्लाटर र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफका पूर्व अध्यक्ष प्लाटिनीलाई करिब एक दशकसम्म चलेको मुद्दाबाट सफाइ दिएको हो ।

सन् २०११ मा उनीहरूमाथि ठगी, जालसाजी, कुप्रबन्धन र गैरकानूनी रूपमा फिफा कोषम मिलियन अमेरिकी डलरभन्दा बढी लिएको आरोप लगाइएको थियो । ब्लाटर र प्लाटिनीले सन् २०२२ मै यस ठगी मुद्दामा उन्मुक्ति पाइसकेका थिए ।

तर, त्यसविरुद्ध स्विस संघीय अभियोजनकर्ताले पुनरावेदन गरेका थिए । त्यसमा पनि ब्लाटर र प्लाटिनीले सफाई पाए ।

सन् २०१५ मा फिफा धोखाधडी र भ्रष्टाचारको दलदलमा फसेको भन्दै यो मुद्दा सुरु भएको थियो । त्यसकै परिणामा ब्लाटरले पदबाट राजीनामा दिएका थिए । स्विस अभियोजनकर्ताले ब्ल्याटरले प्लाटिनीलाई अवैध रुपमा पैसा दिएको आरोप लगाएका थिए ।

उनीहरूले त्यसलाई अस्वीकार गर्दै तत्कालीन युइएफए अध्यक्ष प्लाटिनीले फिफाका लागि सल्लाहकारको भूमिका निर्वाह गरेकाले दिइएको भुक्तानी भनेका थिए । 

ब्लाटरले सुरुमा सन् १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकार बन्न अनुरोध गरेको र  त्यो बेला फिफाले प्लाटिनीको मागअनुसारको १० लाख स्विस फ्रांक भुक्तानी गर्नसक्ने अवस्था नरहेको पनि दावी गरेका थिए ।

त्यसपछि वार्षिक ३ लाख फ्रांकमा घटाइएको र  बाँकी रकम पछि भुक्तानी गरिएको उनीहरूको दावी थियो ।

स्विट्जरल्यान्डको संघीय फौजदारी अदालतले उनीहरुबीच ‘जेन्टलमेन्ट अग्रिमेन्ट’ भएको भन्दै सफाइ दिएको थियो । तर अभियोजनकर्ता यसविरुद्ध पुनरावेदनमा गएपछि नयाँ सुनुवाइतर्फ अघि बढेको थियो ।

फैसलापछि ब्लाटरले भने, ‘अन्ततः अदालतले न्याय दिएको छ। म , मेरा परिवार र साथीहरूको लागि यो ठूलो खुसीको कुरा हो । म अहिले अत्यन्तै भावुक छु।’

‘मेरो पीडा अहिले पूर्ण रूपमा समाप्त भयो। आज मेरो इज्जत फर्किएको छ । अत्यन्तै खुसी छु,’ प्लाटिनीले भनेका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP