वैशाख २८, २०८२ आइतबार | १९:२३:१८
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

मछिन्द्रको जितमा सुनिल बल नायक

काठमाडौं । सुनिल बलको निर्णायक गोलप्रेरित मछिन्द्र फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बहुप्रतिक्षित मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेलको निर्धारित ९० मिनेटसम्म गोल भएको थिएन । यद्यपि, इन्ज्युरी समयमा पाएको फ्रि-किकमार्फत सुनिलले गरेको प्रहार सोजै गोलमा परिणत भएको थियो ।

जारी लिगको भावी विजेता र एएफसी कप खेल्ने टोलीको छिनोफानो हुने प्रतिस्पर्धासमेत रहेको आजको खेल हेर्न रंगशालमा दर्शकको उल्लेख्य उपस्थिति थियो । आजको जितसँगै मछिन्द्रले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ ।

६ खेलबाट मछिन्द्रले १४ अंक बनाएको छ भने दोस्रो स्थानको मनाङको १३ अंक छ । मनाङले आगामी खेलमा बिग्रेड ब्वाइज क्लबसँग खेल्ने छ । मछिन्द्रले भने विभागीय महारथी नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यो खेलमा जित हासिल गरे मछिन्द्रले एएफसी कप खेल्ने निश्चित हुनेछ ।

यद्यपि, त्यो खेलमा मछिन्द्र बराबरीमा रोकिएर मनाङले तीन अंक हासिल गर्यो भने पनि मनाङ एएफसी कपमा छनोट हुनेछ ।

सुरुआतदेखि नै हाइ प्रेसिङको रणनीति अपनाएको मनाङले तुलनात्मकरूपमा बढी मौका सिर्जना गरेको थियो । यद्यपि, अपेक्षित फिनिसिङ नहुँदा दुवैतर्फबाट गोल हुन सकेका थिएनन् ।

खेलको तेस्रो मिनेटमै मनाङका कप्तान अञ्जन विष्टले दायाँ तर्फबाट दिएको क्रसमा अफ्रिकन फरवार्ड ओलुवाम्नी सोमिडेले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन ।

पछिल्लो खेलमा नेपाल पुलिस क्लबविरुद्ध २ गोल गरेका मनाङका कप्तान अञ्जनले मछिन्द्रविरुद्ध पनि १४औं मिनेटमा आफ्नो भाग्य परीक्षण गरेका थिए । यद्यपि, उनले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार गोलपोष्टको दायाँतर्फबाट बाहिरिएको थियो ।

मछिन्द्रका मिडफिल्डर विशाल राईले २५औं मिनेटमा प्रहार गरेको फ्रि-किकमार्फत बनेको मुभमा एन्द्रेस नियाले गरेको प्रहार बाहिरिएको थियो । यद्यपि, नियाले प्रहार गर्नुअघि म्याच रेफ्री प्रज्वल क्षेत्रीले ह्विसल बजाइसकेका थिए ।

मछिन्द्रको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मनाङका दयानन्द सिंहले ३४औं मिनेटमा पेनाल्टी बक्सको एजबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

सुनील बलले ३९औं मिनेटमा बायाँतर्फबाट दिएको सुन्दर पासमा मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोभ्रुजोभ गोल गर्न चुकेका थिए । पेनाल्टी एरियामा उत्कृष्ट रन बनाएर बल नियन्त्रणमा लिएका नुर्लानको प्रहार सेकेन्डबार बाहिर परेको थियो ।

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको मछिन्द्रका मनिष डाँगीको क्रसमा विशाल राईले ५७औं मिनेटमा हेडरमार्फत गरेको प्रहार बाहिरिएको थियो । उनले पेनाल्टी एरिया भित्रबाट गरेको डाइभिङ हेडर गोलपोष्ट नजिकबाट बाहरिएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP