सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा हिमालयनलाई अग्रता

काठमाडौं । सहिद स्माकर ए डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पाले च्यासल युथ क्लबविरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । 

२८औं मिनेटमा मोतात्बा पिस्टोनले गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको हो ।

३९औं मिनेटमा च्यासलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । च्यासलका चेतन थारुको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले विफल पारेका थिए ।

हिमालयन शेर्पा पाँच खेलमा पाँच अंकसहित तालिकाको नवौ स्थानमा छ भने समान खेलमा चार अंक बटुलेको च्यासल १३औं स्थानमा छ ।