म्यानचेस्टर युनाइटेड

मार्सियालप्रति होवेको चासो घट्यो

काठमाडौं । न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडका फ्रेन्च फरवार्ड एन्थोनी मार्सियाललाई भित्र्याउने थप प्रयास नगर्ने भएको छ । युनाइेडमा खेल्ने पर्याप्त मौका नपाएका कारण निराश बनेका मार्सियाल क्लब छाड्न चाहन्छन् ।

प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको न्युक्यासलले गत ट्रान्सफर विन्डोमा मार्सियाललाई भित्र्याउन चाहेको थियो । तर, न्युक्यासलका मुख्य प्रशिक्षक एडी होवेले मार्सियाललाई अनुबन्ध नगर्ने भएका छन् ।

भर्खरै न्युक्यासलको प्रशिक्षक नियुक्त भएका होवेलाई क्बलले आक्रामक विकल्प खोज्न भनेको छ । तर, होवेको सम्भावित आक्रमक खेलाडीबाट मार्सियालनको नाम भने हटेको छ ।

यसअघि न्युक्यासलले ६ मिलियन पाउन्डमा लोनमा अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

यद्यपि, होवेले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै उनले टोलीको मिडफिल्ड र रक्षापंक्तिमा विशेष ध्यान दिने भएका हुन् ।