काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले माघ २५ र २६ गते ओपन च्यालेन्ज फिल्म फुटबल कप, (सेभेन ‘ए’ साइड फुटसल ) प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुक्रबबार पत्रकार सम्मेलनको आयोजना गर्दै बक्स अफिसका अध्यक्ष आरके सुवेदीले प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने जानकारी दिए । खुला प्रतियोगिता भएकाले जुनसुकै टोलीले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १०० र उपविजेताले ५१ हजार ५५० रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता महांकाल, बौद्धस्थित एलिट फुटसलमा आयोजना हुनेछ। कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिम लगायत १४ व्यक्तिगत पुरस्कार वितरण गरिनेछ ।
फिल्म फेयर अवार्ड ३२ मनोनयनमध्येबाट उत्कृष्ट ५ लाई पनि मापन प्रतियोगिताको समारोहमा सम्मान गरिनेछ। यसैदौरानपोखरामा हालै सम्पन्न सर्ट फिल्म फेस्टिबलका विजेताहरूलाई ट्रफी प्रदान गरिनेछ ।