काठमाडौं । विभागीय ‘डर्बी’मा नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै राष्ट्रिय महिला लिगको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले उचाल्यो ।
एपिएफका लागि यो उपलब्धि एउटा उपाधिमा सीमित थिएन । यो त सशस्त्र प्रहरी बलको टिमले नेपाली महिला फुटबलमा वर्षौदेखि कायम राख्दै आएको दबदबाको निरन्तरता थियो । लिगमै जितेको लगातार चौथो उपाधि थियो । अनि अपराजित रहेर उपाधि जित्दै अन्य प्रतिस्पर्धीलाई दिएको प्रष्ट चुनौती थियो ।
लिगका १९ मध्ये १८ खेलमा जित तथा एउटामा बराबरी नतिजा निकाल्दै एपिएफले घरेलु फुटबलमा एउटा सन्देश दियो, ‘हाम्रो दबदबामा चुनौती पेश गर्न पनि नेपालभित्र अरु कुनै प्रतिद्वन्द्वी छैनन् । कम्तिमा तत्कालका लागि । अथवा आगामी केही वर्षका लागि ।’
२०६८ सालमा चिवतनमा महिला लिग भएको थियो । त्यही वर्ष अनु लामालगायत खेलाडीलाई समेट्दै एपिएफले पहिलो पटक महिला टिम निर्माण गर्यो । लिगको अन्तिम खेलमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यसयता भएका लिगका सबै उपाधि एपिएफले जितेको छ ।
अनौठो तरिकाले विभिन्न चरणमा गरि खेलाइएको लिगमा एपिएफले १९ खेल खेल्यो । टोली एक खेलमा मात्रै विपक्षीबाट रोकिएको छ । बाँकी १८ खेलमा एकपक्षीय प्रदर्शनका साथ विजयी भयो । एपिएफलाई लिगमा हराउने कुनै पनि टोली निस्कनै सकेन । त्यसैले भन्न थालिएको छ, ‘हार्न नजानेको एपिएफ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म कति महिला लिग आयोजना गर्याे । ती लिग कुन-कुन टिमले जिते, क-कस्ले खेले । त्यसको कुनै तथ्यांक छैन । महिला फुटबलम तथ्याङ्क राख्ने आवश्यकता एन्फाले त राखेन नै । अरु सरोकारवालाको ध्यान पनि महिला फुटबलले तानेन ।
बुधबार सम्पन्न लिग कति संस्करणको हो ? कति वटा अहिलेसम्म आयोजना भए ? कसले अहिलेसम्म सबभन्दा बढि लिग जितेको छ ? महिला लिगको सबभन्दा सफल टिम र खेलाडी को हुन ? लगायतका कुनै पनि आधिकारिक जानकारी जानकारी कसैसँग छैन । तर भएका तथ्यांक र इतिहासलाई आधार मान्दा चाँही एपिएफ नेपाली महिला फुटबलको सबभन्दा सफल टिम हो भन्न चाँही हिच्किचाउनु पर्दैन ।
०७९ सालमा एपिएफलाई नकआउट प्रतियोगितामा भने पुलिसले नै पराजित गर्दै उपाधि उचालेको इतिहास छ । कैलालीको धनगढीमा भएको प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकपको फाइलनमा पुलिस १-० ले विजयी भएको थियो ।
२०६८ सालमा चिवतनमा महिला लिग भएको थियो । त्यही वर्ष अनु लामालगायत खेलाडीलाई समेट्दै एपिएफले पहिलो पटक महिला टिम निर्माण गर्यो । लिगको अन्तिम खेलमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यसयता भएका लिगका सबै उपाधि एपिएफले जितेको छ । त्यसैले भनिन्छ २०६८ सालपछि एपिएफलाई लिगमा हराउने कुनै क्लब नै छैन ।
२ दशकको फुटबल यात्रापछि एपिएफकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट बुधबार संन्यास लिइन् । अनुको स्मरणमा ०६८ सालयता एपिएपले लिगमा हार बेहोरेको खेल छैन । ‘०६८ सालमा पुलिससँग पराजित भएपछि लिगमा हार बेहोर्नु परेको छैन । हाम्रा लागि यो गर्वको कुरा हो । एपिएफको यही लिगेसी बहिनीहरूलाई सुम्पँदै मैदानबाट बिदा लिएकी छु ।’
तर, ०७९ सालमा एपिएफलाई नकआउट प्रतियोगितामा भने पुलिसले नै पराजित गर्दै उपाधि उचालेको इतिहास छ । कैलालीको धनगढीमा भएको प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकपको फाइलनमा पुलिस १-० ले विजयी भएको थियो । पुलिसको लागि विजयी गोल निर्मला बिकले गरेकी थिइन् । उपाधिसँगै पुलिसले पाँच लाख र उपविजेता एपिएफले २ लाख ५० हजार रुपैयाँ पाएका थिए । तर, यसपछि यो प्रतियोगिताले निरन्तरता पाउनै सकेन ।
यसपटक महिला लिगमा एन्फाले फिफाको बजेट प्रयोग गर्नका लागि ९२ खेल पुर्याउने नयाँ रणनीति बनायो । ९२ खेलभन्दा कमको प्याकेज भए लिगमा फिफाको पैसा प्रयोग गर्न पाइदैनथ्यो । त्यसैले नेपाली बजारमा प्रायोजकबाट पैसा उठाउने कष्ट बेहोर्नुभन्दा बरु मर्मविपरितकै लिग गरेर भए पनि फिफाको पैसा ‘उपयोग’ गर्न एन्फालाई सजिलो लाग्यो ।
फिफाको पैसाकै लागि २ चरणको राउन्ड रोबिन लिगपछि पनि एन्फाले लिगमा प्लेअफको ऐजेरु झुण्ड्याएको थियो । जहाँ दुई चरणको लिग सकिँदा आठ अंकको अग्रता लिनाका बावजुद उपाधि उचाल्न एपिएफलाई त्यो पर्याप्त भएन । एन्फाले झुण्ड्याएको प्लेअफरुपी ऐजेरुका कारण टोलीले थप दुई नकआउट खेल खेल्नुपर्यो ।
एपिएफले यसपाली लिगमा जित्न नसकेको एउटै खेल पुलिसविरुद्धको थियो । जहाँ गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
प्लेअफको पहिलो क्वालिफायरमा आर्मीलाई हराएर फाइनलमा स्थान पक्का गरेको टोलीले उपाधि भिडन्तमा पनि पुलिससँग चौथो पटक परिक्षा दिनुपर्यो । लिगमा एपिएफले पुलिस र आर्मी दुवैसँग समान चार पटक खेल्नुपरेको थियो । सबैमा आफूलाई अब्बल साबित गर्दै जिवेशकुमार पाण्डेको टोली च्याम्पियन भयो । रियल च्याम्पियन !
२०८१ भदौं १६ देखि असोज १८ सम्म भएको पहिलो चरणमा एपिएफ दोस्रो स्थानको आर्मी भन्दा ३ अंकले अगाडि थियो । पुस १८ बाट सुरु भएको दोस्रो चरणमा पनि एपिएफले दोस्रो स्थानमा रहेको आर्मीमाथि ८ अंकको अग्रता लिएको थियो ।
लिगकै मर्मअनुसार खेल भएको भए एपिएफ दोस्रो चरणमा २ खेलअघि नै च्याम्पियन भइसक्ने थियो । तर, प्लेअफको कारण एपिएफलाई दबाब सिर्जना भयो । लिगमा प्रभावशाली दबदबा कायम गरे पनि प्लेअफमा एक हारले उपाधि फुत्किने डर एपिएफमा अन्तिमसम्मै रहिरह्यो ।
‘लिगमा हाम्रो प्रदर्शन र नतिजा एकदमै राम्रो थियो । तर, एन्फाले शंसारमै कहीँ नभएको नयाँ संरचना ल्याएर लिगको सामान्य मर्ममाथि पनि ठूलो प्रहार गर्यो । जसले गर्दा पूरा लिगमा एकै खेल नहारीकन अगाडि बढेको हामीजस्तो टिमलाई पनि दबाब भयो । त्यसका बाबजुद लिगको उपाधि रक्षा गर्न सफल भयौं । रियल च्याम्पियन भएको अनुभूति भइरहेको छ । एपिएफको उपाधि रक्षा अभियानलाई सफल पार्नु थियो । त्यसमा सफल भयौं,’ एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डे भन्छन् ।
दोस्रो चरणमा एपिएफले आर्मीविरुद्ध ३-१ र २-१ को जित निकालेको थियो । पहिलो क्वालिफायरमा पनि २-१ को नै जित निकालेको हो । पुलिसविरुद्ध पनि एपिएफ ६-० र २-० तथा फाइनलमा ४-० को जित निकाल्न सफल भयो । एपिएफले यसपाली लिगमा जित्न नसकेको एउटै खेल पुलिसविरुद्धको थियो । जहाँ गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
बागमती युवा क्लबविरुद्ध ५-१ र ६-० तथा वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा गर्ने क्रममा पहिलो भेटमा ९-० र दोस्रो खेलमा १०-० को जित निकाल्यो । दोस्रो चरणमा आठ खेलमा ४३ खेल खेल्दा ३ गोलमात्रै बेहोरेको थियो ।
पहिलो चरणमा एपिएफले ९ खेल खेल्दा पुलिससँग मात्रै गोलरहित बराबरी राेकिएकाे थियो । समग्रमा टोलीले ५३ गोल गर्दा मात्र २ गोल बेहार्यो । यही कारण हो, पहिलो पटक लिगमा खेल्न पाएकी युवा गोलकिपर सावित्री किसन लिगकै सर्वाेत्कृष्ट घोषित भइन् । नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा ग्रीस लिग खेल्न पुगेपछि सावित्रीले पहिलो पटक प्लेइङ सेटमा खेल्न पाएकी थिइन् ।
त्यस्तै सावित्रीसँगै विधागत पुरस्कारमा पनि एपिएफकै एकाधिकार रह्यो । सावित्रा उत्कृष्ट गोलकिपर भइन् । सर्वाेत्कृष्ट खेलाडी विंगरको पुरस्कार सविता रानामगरले पाउँदा ३५ गोल गरेकी रश्मीकुमारी घिसिङ उच्च गोलकर्ता बनिन् ।