सहिद स्मारक ए डिभिजन लिग

जावलाखेललाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलको पहिलो हाफमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध १-० को अग्रता लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ३८औं मिनेटमा मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनगुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए । 

लिगको पाँचौ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबलाई समान १-० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २-० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।

जावलाखेल चार खेलमा तीन हार र एक बराबरीको नतिजापछि एक अंकसहित १३औं स्थानमा छ । 

च्यासल भने चार खेलमा एक जित, एक बराबरी र एक हारको नतिजापछि चार अंकसहित १०औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ ।

लिग अन्तर्गत शनिबार पोखरा रंगशालामा मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लबको सामना गर्दैछ ।