वैशाख २६, २०८२ शुक्रबार | १६:१६:५९
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

पेले अस्पताल भर्ना

ब्रासिलिया । ब्राजिली फुटबलका महान हस्ती पेले पेटको उपचारको लागि अस्पताल भर्ना भएका छन् ।

तीन पटक विश्व कपको उपाधि जितेका पेलेले गत सेप्टेम्बरमा पेटको ट्युमरको शल्यक्रिया गरेका थिए । त्यसयता स्वास्थ्यलाभ गरिरहेका पेले पुनः पेटमा समस्या आएपछि अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बुधबार ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले पेले पुनः अस्पतालमा भर्ना भएको बताउँदै उनको अवस्था स्थिर रहेको र केही दिनमा डिस्चार्ज हुने जानकारी दिएको थियो ।

सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया गराएका पेले केही वर्ष देखि स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए । उनी ६ महिनामा दुईपटक अस्पताल भर्ना भएका छन् ।

२०१९ मा पिसाबमा समस्या भएपछि पनि उनी अस्पताल भर्ना हुनु परेको थियो ।

८१ वर्षीय पेले एकमात्र यस्ता खेलाडी हुन् जसले १९५८, १९६२ र १९७० मा तीनपटक विश्व कपको उपाधि जितेका थिए ।

आफ्नो समयका सर्वाधिक गोलकर्ता रहेका पेलेले ब्राजिल राष्ट्रिय टोलीबाट खेलेको ९२ खेलमा ७७ गोल गरेका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP