शहिद स्मारक ए डिभिजन लिग

नवप्रवेशी भएपनि सातदोबाटोसँग सर्तक भएर खेल्यौः फ्रेन्डसका प्रशिक्षम मिश्र

काठमाडौं । फ्रेन्डस क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी टोली भएपनि उनीहरुसँग शतर्क भएर खेलेको प्रतिक्रिया दिएका छन् ।

‘पहिलो हाफमा केही दबाबमा खेले पनि दोस्रो हाफमा हामी लयमा फर्किएका थियौ,’ मिश्रले भने, ‘तर गार्सियाको एउटा प्रहार बारमा लागेर फर्कियो भने अर्को प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए । त्यो नै हाम्रा लागि दुर्भाग्य रह्यो । ’

मिश्रले सातदोबाटो देखी शतर्क भएर खेलेको बताए । उनले २०६२ को लिगमा थ्रि स्टारको प्रशिक्षक रहँदा नवप्रवेशी एपिएफलाई कमजोर टोलीको रुपमा लिँदा भोग्नु परेको नमिठो हारबाट पाठ सिकेको स्मरण गराए ।

‘२०६२ को लिगमा हामी साविकको विजेताको हैसियतमा उद्घाटन खेलमा मैदान उत्रिएका थियौ’, मिश्रले भने, ‘एपिएफ नयाँ टोली थियो । थ्री स्टार राष्ट्रिय टोलीका खेलाडीले भरिएको थियौ, त्यसैले एपिएफमाथि सहज जितका साथ लिगमा सुखद सुरुआत गर्नेमा टोली बढी आत्मविश्वासी बन्यो । त्यो नै टोलीको हारको कारण बन्यो । हामीले २-० को अग्रता लिएपनि अन्ततः हामी ३-२ ले पराजित भयौ । सो हारपछि म निकै दबाबमा परेको थिए । यद्धपी हामी दोस्रो स्थानमा बस्दै लिगको समापन गर्न सफल भयौ ।’