काठमाडौं । पञ्जाव किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्लुरु इन्डियन प्रियिमर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
बेङ्लुरु चौथो पटक आइपिएफलको फाइनल पुगेको हो । टोलीले पछिल्लो पटक सन् २०१६ को फाइनल खेलेको थियो ।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जावले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेङ्लुरुले १० ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
बेङ्लुरुका लागि फिल साल्टले २७ बलमा ६ चौका र दुई छक्काको मद्तले अविजित ५६ रन बनाए । यसैगरी मयंक अग्रवालले १९, कप्तान राजत पाटिदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।
दोस्रो विकेटका लागि फिल र मयंकबीच ५४ रनको साझेदारी भएको थियो । पञ्जावका लागि कायल जिमिसन र मुसिर खानले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १४.१ ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो ।
पञ्जावका लागि मार्कस स्टोइनिसले २८ तथा प्रभसिम्रन सिंह र अज्मतुल्लाह ओमरजाईले समान १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बेङ्लुरुका लागि जोश हेजलउड र सुयश शर्माले समान तीन, यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले समान एक विकेट लिए ।
पञ्जावले अब गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबचि हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।