जेष्ठ २०, २०८२ सोमबार | १६:४३:४१
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

पहिलो ट्वान्टी-२० मा पाकिस्तान विजयी

काठमाडौं । बंगलादेशविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली पाकिस्तान ३७ रनले विजयी भएको छ ।

जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

लाहोरस्थित गद्दाफी क्रिकेट मैदानमा बुधबार पाकिस्तानले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.२ ओभरमा १६४ रनमा समेटियो ।

बंगलादेशका लागि कप्तान लिटन दासले ४८, जाकिर अलीले ३६, तान्जिद हसनले ३१ र तोविद हृदयले १७ रन बनाए ।

तेस्रो विकेटका लागि लिटन र तोविदबीच ६३ रनको साझेदारी भएको थियो ।

पाकिस्तानका हसन अलीले ३.२ ओभरमा ३० रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी शादब खानले दुई तथा फहिम अस्रफ, खुसदिल साह र सलमान आगाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०१ रनको  योगफल तयार पारेको थियो ।

पाकिस्तानका कप्तान सलमान आगाले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी शदब खानले ४८, हसन नवाजले ४४, मोहम्मद ह्यारिसले ३१ र फहिम अस्रफले अविजित ११ रन बनाए ।

चौथौ विकेटका लागि सालमान र हसनले ६५ तथा शदब र फहिमले ५० रनको साझेदारी गरेका थिए ।

बंगलादेशका लागि शरिफुल इस्लाम दुई तथा मेहेदी हसन, हसन महमद, समिम हुसेन, तान्जिम हसन शाकिब, रिसाद हुसेनले समान एक विकेट लिए । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC