जेष्ठ २०, २०८२ सोमबार | १६:४१:१३
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

बेङ्लुरुले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध ६ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रििमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ ।

जितसँगै १४ खेलमा १९ अंक जोडेको बेङ्लुरु दोस्रो स्थानमा रह्यो । पराजित लखनउले भने समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

भारत रत्न श्री अटलबिहारी भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको २२८ रनको लक्ष्य बेङ्लुरुले १८.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

बेङ्लुरुका लागि कप्तान जितेश शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको मद्दतले अविजित ८५ रनको योगदान गरे । यसैगरी कोहलीले ३० बलमा १० चौकासहित ५४, मयंक अग्रवालले अविजित ४१, फिल साल्टले ३० तथा रजत पाटिदार १४ रन बनाए ।

पाँचौं विकेटका लागि जितेश र मयंकबीच अविजित १०७ रनको साझेदारी भएको थियो । यसैगरी पहिलो विकेटका लागि विराट र फिलले ६१ रनको साझेदारी गरेका थिए । 

लखनउका लागि विलियम ओ’रोर्कले दुई तथा आवेस खान र आकाश सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल तयार पारेको थियो ।

लखनउका कप्तान ऋषभ पन्तले ६१ बलमा ११ चौका र आठ छक्काको मद्दतले अविजित ११८ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ३७ बलमा पाँच छक्का र चार चौकासहित ६७, म्याथ्यु ब्रिट्ज्केले १४, निकोलस पुरनले १३ रन बनाए ।  

दोस्रो विकेटका लागि ऋषभ र मिचेलले १५२ रनको साझेदारी गरेका थिए । बेङ्लुरुका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

यससँगै लिगको प्लेअफ समीकरण तयार भएको छ । पहिलो क्वालिफायरमा बेङ्लुरु र पञ्जाव किंग्सले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्नेछन् । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC