जेष्ठ २०, २०८२ सोमबार | १६:३४:४२
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

बेलायत भ्रमणमा नेपालको शतप्रतिशत जित

काठमाडौं । आइसिसी विश्वप लिग-२ को तयारीमा रहेको नेपाली टोलीले बेलायत भ्रमाणको अन्तिम एकदिवसीय अभ्यास खेलमा पनि जित दर्ता गरेको छ ।

सोमबार नेपालले ग्लामोर्गालाई डकवर्थ लुइस पद्दति (डिएसएल) का आधारमा ५० रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको २९५ रनको लक्ष्य पछ्याएको ग्लामोर्गानले बीचमा वर्षाले खेल रोकिएपछि ३४ ओभरमा २३३ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो ।

ग्लामोर्गान ३०.४ ओभरमा १८२ रनमा समेटियो । ग्लामोर्गानका लागि हनरी हर्लेले सर्वाधिक ४२, एडी बायरमले ३१ तथा होप बेलले २८ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार, नन्दन यादवले दुई तथा सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्शनकुमार झाले समान विकेट लिए ।

त्यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको नेपालले निर्धारत ५० ओभरमा सात विकेट गुमाएर २९४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि भीम सार्कीले ८० बलमा ९ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९२ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६ चौकासहित ६१  दिपेन्द्रसिंह ऐरीले अविजित ४९, आसिफ शेखले ३०, गुल्शनकुमार झाले २४ र कुशल भुर्तेलले २० रन बनाए ।

ग्लामोर्गानका लागि एडवार्ड लियोनार्डले तीन, बेन मोरिसले दुई तथा रोमानो फ्रान्को र म्याकलरोयले समान एक विकेट लिए ।

बेलायत भ्रमणमा नेपालकाे याे लगातार पाँचाैं जित हाे । यसअघि नेपालले कार्डिफ युनिभर्सिटीको टोली र मेरिलेबोन क्रिकेट क्लबलाई एकदिवसीय आभ्यास खेलमा हराएको थियो । 

यसैगरी नेपालले ग्लोसेस्टरशायरसँगको दुवै ट्वन्टी-२० अभ्यास खेल पनि आफ्नो पक्षमा पारेको थियो ।

अब नेपालले लिग-२ अघि स्कटल्यान्ड ‘ए’टोलीसँग उसैको घरलु मैदानमा दुई एकदविसीय अभ्यास खेल खेल्ने छ ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC