जेष्ठ २०, २०८२ सोमबार | १६:३६:२८
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

मुम्बईलाई पराजित गर्दै पञ्जाव पहिलो क्वालिफायरमा

काठमाडौं । मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित निकाल्दै पञ्जाव किंगले इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ ।

जितसँगै १४ खेलमा १९ अंक जोडेको पञ्जाव शीर्ष स्थानमा उक्लिएको छ । पराजित मुम्बईले समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा रहेर इलिमिनेर खेल्ने भएको छ ।

लिग चरणको अन्तिम खेलमा मंगलबार रोयल च्यालेन्जर्स बेङ्लुरु र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन् । यो खेलले प्लेअफ समीकरण टुंगो लगाउनेछ ।

सोमबार सवाइमान सिंह रंगशालामा मुम्बईले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको १८.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

पञ्जावका लागि जोस इङ्लिसले ४२ बलमा ९ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७३ रन जोडे । यसैगरी प्रियान्श आर्यले ३५ बलमा ९ चौका र दुई छक्कासहित  ६२, कप्तान श्रेयस अय्यरले अविजित २६ र प्रभसिम्रन सिंहले १३ रन बनाए ।

दोस्रो विकेटका लागि विल र आर्यन्शबीच १०९ रनको साझेदारी भएको थियो । मुम्बईका लागि मिचेल‌ स्यान्टनरले दुई र जसप्रित बुमराहले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी रायन रिकल्टनले २७, कप्तान हार्दिक पाण्ड्याले २६, रोहित शर्माले २४, नमन धिरले २० र विल ज्याक्सले १७ रन जोडे ।

पञ्जावका  लागि मार्को यानसन, अर्शदीप सिंह र विजयकुमार वैशाखले समान दुई तथा हरप्रित ब्रारले एक विकेट लिए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC