काठमाडौं । क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गर्दै लोहोर कलन्दर्स १०औं पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ ।
लाहोरले तेस्रो पटक उपाधि जितेको हाे । यसअघि लाहोर सन् २०२२ तथा २०२३ मा च्याम्पियन बनेको थियो ।
आइतबार गद्दाफी रंगशालामा क्वेटाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य लाहोरले एक बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो ।
लाहोरका लागि कुशल परेराले ३१ बलमा पाँच चौका र ६ छक्कासहित अविजित ६२ रनको योगदान गरे । यसैगरी मोहम्मद नइमले ४६, अब्दुल्लाह शफिकले ४१, सिकन्दर राजाले अविजित २२, भानुका राजापाक्षले १४ र फखर जमानले ११ रन बनाए ।
क्वेटाका लागि उस्मान तारिक, मोहम्मद आमीर, अब्बार अहमद र फहिम असरफले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्वेटाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार पारेको थियो ।
क्वेटाका लागि हसन नवाजले ४३ बलमा आठ चौका र चार छक्काको मदद्तान सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी आविष्का फर्नान्डोले २९, फहिम असरफले २८, राइली रुसो र दिनेश चन्डिमलले समान २२ तथा फिन एलेनले १२ रन जोडे ।
लाहोरका कप्तान शाहिन शाह अफ्रिदीले तीन, सलमान मिर्जा र हरिस रौफले समान दुई तथा सिकन्दर राजाले एक विकेट लिए ।