काठमाडौं । डिवाल्ड ब्रेभिस र डिभोन कोन्वेको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्ससामु २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३० रनको योगफल तयार पार्यो ।
चेन्नईका लागि ब्रेभिसले २३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी कोन्वेले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५२, उर्भिल पटेलले ३७, आयुश महत्रेले ३४, रविन्द्र जडेजाले अविजित २१ र शिभम दुबेले १७ रन बनाए ।
पाँचौं विकेटका लागि ब्रेभिस र रविन्द्रले ७४ तथा दोस्रो विकेटका लागि डिभोन र उर्भिलले ६३ रनको साझेदारी गरेका थिए ।
गुजरातका लागि प्रशिद्ध कृष्णले दुई तथा राशिद खान, साई किशोर र शहारुख खानले समान एक विकेट लिए ।