जेष्ठ २०, २०८२ सोमबार | १६:४३:४३
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो

काठमाडौं । राजस्थान रोयल्सविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा  प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाव दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

जयपुरस्थित सवाई मानसिंह रंगशालामा आइतबार पञ्जावले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०९ रन बनायो ।

राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले २५ बलमा ९ चौका र एक छक्काको मद्दतले ५०, वैभव सूर्यवंशीले ४०,  कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन बनाए ।

पहिलो विकेटका लागि यशस्वी र वैभवले ७६ रनको साझेदारी गरेका थिए । पञ्जावका लागि हरप्रित ब्रारले तीन तथा मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो ।

पञ्जावका लागि नेहाल बधेराले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शशांक सिंहले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९, कप्तान श्रेयस अय्यरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।

नेहालले चौथो विकेटका लागि श्रेयससँग ६७ र पाँचौं विकेटका लागि शशांकसँग ५८ रनको साझेदारी गरेका थिए । यसैगरी छैटौं विकेटका लागि शशांक र अज्मतुल्लाहबीच अविजित ६० रनको सानझेदारी र्भएको थियो ।

राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC