जेष्ठ २०, २०८२ सोमबार | १६:३६:५५
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

थाइल्यान्ड आइसिसी महिला ट्वान्टी-२० विश्वकपकाे ग्लोबल छनोटमा

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर-३ को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले युएईविरुद्ध ५४ रनको जित दर्ता गरेको छ ।

आइतबारको जितसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । अब नेपाल र युएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसकारण सोमबार एक अर्काको सामना गर्दा दुवै टोली जित्नै पर्ने दबाबमा हुनेछन् ।

नेपालले युएईलाई हराएका एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । यदी हार बेहोरेमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

 टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि  ९० रन मात्रै बनाउन सक्यो ।

युएईका लागि हिना होटचन्दनीले ३२ ,उडेनी डोनाले अविजित १७,  लाभन्या केनीले १४ र कप्ता इशा ओजाले ११ रन बनाए ।

थाइल्यान्डका लागि थिपाच्चा पुथावोङले दुई तथा चनिडा सुथिरुङ र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए ।

त्यसअघि जितेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नटाया बुचाथमले ४९, नथ्थकन चन्थमले अविजित ४६ र  कप्तान नन्नापत कोन्चारोएनकाईले ३९ रन बनाए ।

युएईका लागि इशा ओजाले दुई तथा सुरक्षम कोटे, केटी थम्पसन र एथिगे सिल्भाले समान एक विकेट लिए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC