जेष्ठ २०, २०८२ सोमबार | १८:०४:२३
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

महिला टोलीको थाइल्यान्ड भ्रमण: एसिया कपलाई मनोबल बढाउने

काठमाडौं । ठ्याक्कै एक महिनापछि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानमा एसिया कप पुग्ने चुनौती पस्किरहेको हुनेछ । उज्वेकिस्तानको राजधानी तास्केन्दमा नेपाली चेलीले जुलाई २९ मा लाओससँग प्रतिस्पर्धा गर्दै २०२६ एएफसी एसिया कप छनोट प्रतियोगिता सुरु गर्नेछ ।

छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लाओसपछि दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका र घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूह विजेताले अर्को वर्षको मार्चमा अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ । फिफा वरीयताको कुरा गर्ने हो भने उज्वेकिस्तानपछि यो समूहमा बलियो टोली नेपाल नै हो । त्यसैले नेपाललाई पहिलो पटक एसिया कप पुग्ने चुनौतीसँगै अवसर छ । अस्ट्रेलियाको टिकट काट्न सके नेपाललाई सन २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपमा छनोट हुने बाटो खुल्नेछ ।

राजेन्द्र तामाङको नेतृत्वमा रहेको नेपाली टोली अहिले एसिया कपमा छनोट हुनका लागि मिहिनेत गरिरहेको छ । एसिया कप छनोटको तयारीस्वरुप नेपाली टोली पछिल्लो एक महिना बन्द प्रशिक्षणमा छ ।

यसबीच टोलीले थाइल्यान्डमा औपचारिक (फिफा मान्यताप्राप्त) र अनौपचारिक गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । थाइल्यान्ड भ्रमणपछि नेपालले उज्वेकिस्तान जानुपूर्व २५ दिन अभ्यास समय पाउनेछ ।

थाइल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ कार्यक्रममा खेलाडी, तस्वीरः सरोज सापकोटा/खेलाडी

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरियो । खेलाडी, प्रशिक्षक र अफिसियलको टोलीलाई एन्फा अध्यक्ष पंकजक्रिम नेम्वाङ, महासचिव किरण राई, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।

थाइल्यान्ड भ्रमणलाई नेपाली टोलीले कसरी लिएको छ त ? मुख्य प्रशिक्षक तामाङ यसलाई खेलाडीको ‘मोरल’ वृद्धि गर्ने अवसरका रूपमा हेरेको तर्क दिन्छन् ।

‘वरीयतामा थाइल्यान्ड हामीभन्दा निकै अगाडि छ । दुई पटक विश्वकप खेलेको टोली हो थाइल्यान्ड । थाइल्यान्डविरुद्ध राम्रो गर्न सके खेलाडीको मनोबल बढ्ने अपेक्षा गरेको छु, जसले गर्दा एसिया कप छनोटमा हामीले राम्रो प्रदर्शन गर्न सक्छौं,’ बिदाइ कार्यक्रमपछि तामाङले भने, ‘थाइल्यान्डविरुद्धको खेलबाट हामीले हाम्रा खेलाडीमा भएका कमीकमजोरी पत्ता लगाउने छौं ।’

नेपालले तामाङकै नेतृत्वमा गत वर्ष फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलेको थियो । घरेलु भूमिमा सम्पन्न प्रतियोगितामा नेपाली टिम म्यानमारसँग फाइनलमा पराजित भएको थियो । साढे तीन महिनाअघिको त्यो टोलीमा दुई नयाँ अनुहारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । तर, डेब्युको अवसर भने प्राप्त गरेका थिएनन् । यसपालि पनि यिनै दुई खेलाडीलाई समेट्दै तामाङले पहिलेकै २३ सदस्यीय टोली तयार पारेको छ । पुरानै टोली अनि पुरानै खेलाडीबीच नेपाली टोली यसपालि के कुरामा फरक छ त ?

थाइल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ (दायाँ), तस्वीरः सरोज सापकोटा/खेलाडी

गोलकिपर तथा कप्तान अन्जिला तुम्बापो सुब्बा यसपालि टोलीको ‘टिम स्पिरिट’ विगतकाभन्दा राम्रो रहेको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो टिम स्पिरिट एकदमै राम्रो छ। पछिल्लो समय हाम्रो टिम बन्डिङ पनि राम्रो हुँदै आएको छ । पहिले हाम्रो बन्डिङ राम्रो देखिँदैन थियो । अहिले अवस्था फरक छ । यी कुराहरूले गर्दा टोलीमा सकारात्मक उर्जा थपिएको छ ।’

गत वर्षको माघमा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रक्षक मनमाया परियार र मिडफिल्डर सुष्मा तामाङले पहिलो पटक अन्तिम टोलीमा स्थान बनाएका थिए । यसपालि यी खेलाडीले मैदानमा खेल्न पाउने सम्भावना कत्ति छ त ?

‘थाइल्यान्ड बलियो टोली हो । यी खेलाडीले डेब्यूको अवसर पाउने, नपाउने अहिले नै भन्न सकिन्न । हामी रणनीतिक हिसाबमा मैदानमा उत्रिन्छौं । थाइल्यान्ड कसरी हामीविरुद्ध मैदानमा प्रस्तुत हुनेछ भन्नेमा यो कुरा निर्भर हुन्छ,’ प्रशिक्षक तामाङ भन्छन्, ‘मैत्रीपूर्ण खेल हो । हामी ‘एक्स्पेरिमेन्ट’ भन्दा पनि एसिया कप छनोटका लागि सोचेर अगाडि बढिरहेका छौं ।’

मुख्य प्रशिक्षकका रूपमा सम्भवतः तामाङका लागि यो अन्तिम जिम्मेवारी रहनेछ । एन्फाले थाइल्यान्ड भ्रमणलगत्तै राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकमा प्रो लाइसेन्स प्रशिक्षक भित्र्याउने बताएको छ । २०२४ को फेब्रुअरी महिनामा साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपको आठौं संस्करणमा तामाङले पहिलो पटक नेपाली टोलीको जिम्मेवारी लिएका थिए । वाफपछि तामाङको नेतृत्वमा नेपाली टोलीले काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप र अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेल्यो । खासमा साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्धको दुर्भाग्यजनक हारपछि तामाङले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । पछि उनले उक्त राजीनामा फिर्ता लिए । प्रो लाइसेन्सप्राप्त प्रशिक्षकपछि तामाङले सहायक प्रशिक्षकको जिम्मेवारीमा रहेर काम गर्ने बताएका छन् ।

दुई मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोली, तस्वीरः सरोज सापकोटा/खेलाडी

‘प्रो लाइसेन्स प्रशिक्षक चाहिन्छ भनेर मैले नै एन्फालाई आह्वान गरेको हुँ । मैले निश्चित महिना प्रशिक्षण गरेर लिएको लाइसेन्स र प्रो लाइसेन्समा धेरै फरक हुन्छ । प्राविधिक कुरामा उनीहरू हामीभन्दा अब्बल हुन्छन् । हाइप्रोफाइल प्रशिक्षक आयो भने मैले पनि सिक्ने अवसर पाउँछु,’ तामाङले सुनाए, ‘नयाँ प्रशिक्षकसँग मिलेर सहकार्य गर्नेछु ।’

नेपाली टोली बुधबार दिउँसो १ः३० बजे थाइल्यान्ड प्रस्थान गर्ने तालिका छ । २३ मध्ये २१ खेलाडी अहिले टोलीमा छन् । व्यावसायिक फुटबलका लागि विदेशी भूमिमा रहेका फरवार्डद्वय सावित्रा भण्डारी र रेखा पौडेल सिधै थाइल्यान्डमा टोलीसँग जोडिने बताइएको छ । नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग मे ३० मा पहिलो र जुन २ मा दोस्रो खेल खेल्नेछ । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC