माघ १०, २०८२ शनिबार | १९:१८:५२
बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर

खेलाडी


खेलाडीका लेखहरु

बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माघ १०, २०८२

शनिबार आइसिसीले दिएको समयसिमासम्म बंगलादेशले टिम दर्ता नगरेपछि माथिल्लो वरियताको आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।

माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि माघ १०, २०८२

शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भुटानमाथि ३–१ को विजयी हासिल गरेसँगै माल्दिभ्सले एक खेलअगावै उपाधि जितेको हो ।

नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक माघ १०, २०८२

जिम्बाब्वेले दिएको १३० रनको सामान्य लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । पूजाबाहेक कप्तान इन्दु वर्माले २२? विन्दु रावलले १५ र सीता रानामगरले ११ रनको योगदान गरे ।

विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो माघ १०, २०८२

खेलको सुरुआती समयदेखि विक्रान्त केन्द्रविन्दुमा रहे । पहिलो गोल लाक्पाले गरेका थिए । विक्रान्तको पासमा लाक्पाको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको टप कर्नर जाली चुमेको थियो । लाक्पाले काजी इब्राहिम अहमदसँग बल खोसेपछि ‘कम्बिनेसन प्ले’ सम्भव भएको थियो ।

निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? माघ १०, २०८२

यही माघ ४ गतेबाट निर्वाचन आचार संहिता लागु भइसकेका कारण प्रतिनिधिसभाको निर्वाचनमा अशर पर्ने भएकाले कुनै पनि संघसंस्थाले भेला तथा साधारणसभाका कार्यक्रम गर्न पाउँदैनन् ।

नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य माघ १०, २०८२

नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? माघ १०, २०८२

जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए । उनले बारम्बार क्लब प्रशिक्षणमा फर्कने सम्भावना अस्वीकार गरिरहेका छन् ।

लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार माघ ९, २०८२

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जीवन गुरुङले आफ्नो नाममा ‘असिस्ट’ लेखाए । उनको लोफ्टेड पासलाई आशिषले सदुपयोग गरे । दुई विपक्षी रक्षकको बीचबाट बल लगे । अनि लेफ्ट फुटबाट बललाई पहिलो बारको जाली चुमाए ।

भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी माघ ९, २०८२

हाल भुटान ११ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेशले १३ अंक जोडेको छ । सात टोलीको सहभागिता रहेको प्रतियोगितामा दुबैले एक खेल खेल्न बाँकी छ । प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने सेट-अप छ ।

सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार माघ ९, २०८२

दशरथ रंगशालामै हुने तेस्रो खेलमा लालिगुँरास एसोसिएसन र नेपाल पुलिस क्लब आमने-सामने हुनेछन् । दिनको पहिलो खेलमा श्री भगवती क्लबले नव जनजागृति क्लबलाई ५-१ ले हरायो ।

पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा माघ ९, २०८२

हारसँगै पाकिस्तान उपाधि होडबाट बाहिरिएको छ । ६ खेलबाट पाकिस्तानले मात्र ७ अंक जोड्न सक्यो । १३ अंकका साथ शीर्ष स्थानमा रहेको बंगलादेशलाई उपाधिका लागि थप एक जित आवश्यक छ ।

श्री भगवतीसामू नव जनजागृति निरीह माघ ९, २०८२

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीका लागि कप्तान शिशिर लेखीले दुई तथा मार्टिन्स कायोडे सिलोई अजाई, सुवास वम र सिमान्त थापामगरले समान एक गोल गरे । पाँच गोलले पछाडि परेको अवस्थामा विक्रम थोकरले जनजागृतिका लागि सान्त्वना गोल फर्काएका थिए ।

पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो माघ ९, २०८२

इङ्ल्यान्डको लागि बेन डक्केटले सर्वाधिक ६२ तथा जोय रुटले ६१ रन बनाएका थिए ।

अन्तिम खेलमा वेष्ट इन्डिजको जित माघ ९, २०८२

अफगानिस्तानको जितमा सामरले ४ विकेट लिए ।

एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित माघ ८, २०८२

सातदोबाटोको खेलमा एनआरटीले तीन अंक हासिल गर्दा च्यासलले भने विजेता पाउन सकेन । दिउँसो ३ बजे नै भएको खेलमा फ्रेन्ड्स क्लब र संकटा एफसीले गोलरहित बराबरीमा चित्त बुझाए । दुबैले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।

नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक माघ ८, २०८२

नेपालका ‘आला’ अमित लामाले फिक्सो तथा कप्तान विजयी श्रेष्ठलाई दिएको पास माल्दिभ्सका आसिफ अहमद चौधरीले खोसे । अनि राइट साइडमा रहेका हम्जा नुसरतलाई पास दिए । पास दिने क्रममा बल रोक्न अगाडि बढेका गोलकिपर पदम तामाङ बिट भए । खाली पोस्टमा गोल गर्न नुसरतलाई कुनै गाह्रो भएन ।

चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित माघ ८, २०८२

बिहीबार च्यासल रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा एपिएफलाई जित दिलाउन युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले एक–एक गोल गरे । चार गोलले पछाडि परेको अवस्थामा चर्च ब्वाइजका लागि मिलन राईले सान्त्वना गोल फर्काए ।

नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार माघ ८, २०८२

मध्यक्रममा राम्रो पार्टनरसिप नबन्नु नेपालको हारको प्रमुख कारण थियो । २२ रनमा पहिलो विकेट गुमाएको नेपालले थप ४० रनमा अर्को चार विकेट गुमायो । त्यसपछि रुवीनाले पारीलाई उकासेकी थिइन् । १७औं ओभरको दोस्रो बलमा कवीता कुंवरको विकेटपछि सीता क्रिजमा आएकी थिइन् । सीताले रुवीनासँग मिलेर पारीलाई उकासिन् । तर, जित भने दिलाउन सकिनन् ।

नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा माघ ८, २०८२

लगातार दोस्रो खेलमा पराजित नेपालको भने सम्भावना निकै कमजोर बनेको छ ।

नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य माघ ८, २०८२

नेदरल्यान्ड्सको लागि कप्तान बाबेट डि लिडले सर्वाधिक ४९ रन बनाइन् ।

नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै माघ ८, २०८२

पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।