फाल्गुन १९, २०८२ मंगलबार | २३:०५:५२
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार
शनिबारको दिन सेरेना विलियम्स

पुगिन् ४०, छैनन् थाकेकी

विश्व टेनिसका प्रशंसकका लागि सेरेना विलियम्सले खेल्न थालेको हिजै जस्तो लाग्न सक्छ । टिनएजमै यी अमेरिकी खेलाडीले तहल्का मच्चाउन थालेकी थिइन् । यिनै सेरेना गत महिना ४० वर्षकी भइन् । उनी अहिले पनि खेलिरहेकी छन्, संन्यास लिने सायद उनको तत्कालको योजना पनि छैन । सबै मान्छन्, विश्व टेनिसले पाएको सर्वकालीन महान् खेलाडीमध्ये एक सेरेना पनि हुन् । विश्व टेनिसमा उनको योगदानबारे चर्चा गर्दा शब्द नपुग हुन्छ ।

सेरेनाका लागि अचेल ‘सुपर स्टार’ शब्द प्रयोग हुने गर्छ । तर, उनी पछिल्लो समय २३ ग्रान्ड स्लामको २३ ग्रान्ड स्लाममै अड्किएकी छन् । मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक ग्रान्ड स्लाम जितेको कीर्तिमानबाट खाली एक सफलतामात्र टाढा छन् उनी । अब सेरेनाले कुनै एक ग्रान्ड स्लाम जित्ने छिन् वा छैनन्, त्यसमा प्रश्न छ । तर उनका फ्रान्सेली प्रशिक्षक प्याट्रिक मोरटोगोलु मान्छन्, सेरेनाको ‘लिगेसी’ मा अब कुनै शंका छैन ।

मोरटोगोलु भन्छन्, ‘मार्गरेट कोर्टले खेलिरहेका बेला टेनिस अहिलेजस्तो थिएन, त्यो गैरव्यावसायिक खेलमात्र थियो । ठूलै प्रतियोगिता पनि १६ खेलाडीबीच मात्र हुन्थ्यो ।’

उनले जितेका ग्रान्ड स्लाम उपाधिमध्ये ११ अस्ट्रेलियन ओपन नै रहे, उनको आफ्नो घरमै भएको प्रतियोगिता । मोरटोगोलु थप्छन्, ‘मेरो धारणा कोर्टप्रति असम्मान होइन, तर त्यो समयको टेनिस र अहिलेको टेनिसमा फरक छ । सेरेनाले कोर्टको कीर्तिमान तोडे राम्रै हुनेछ । तोड्न सकिनन् भने पनि सेरेना महान् खेलाडी हुनुमा फरक पर्ने छैन ।’

सेरेनाले अन्तिम पटक सन् २०१७ मा २३ औं ग्रान्ड स्लामका रूपमा अस्ट्रेलियन ओपन नै जितेकी थिइन् । त्यतिबेला उनी गर्भवतीसमेत थिइन् । के अब ढिलोचाँडो सेरेनाले खेल्न छाड्ने छिन् त ? यसको उत्तरमा प्रशिक्षक भन्छन्, ‘सेरेनाले अझै खेल्नेछिन् । तर, छोरीको जन्मपछि शारीरिक रूपमा उनलाई केही गाह्रो भने भएको छ । अहिले सायद उनी टेनिस खेलाडीभन्दा छोरीकी आमा बढी भएकी छन्, जुन एक प्रकारले स्वाभाविक पनि हो ।’

सेरेनालाई लिएर खासमा गाह्रो के भइरहेको छ भने उनी सन् २०१७ यता ग्रान्ड स्लामको फाइनल त पुगेकी छन्, तर लगातार पराजित भइरहेकी छन् । त्यस अस्ट्रेलियन ओपन उपाधिपछि मात्र उनी चारपल्ट फाइनलमा पराजित भइसकेकी छन् । पछिल्लो समय उनी चोटका कारण लगातार कोर्टमा पनि देखा परिरहेकी छैनन् । सन् २०२० मा उनले अन्तिम पटक डब्लूटिए उपाधि जितेकी थिइन् अकल्यान्डमा । र, त्यो उनको करिअरको ७३औं  उपाधि थियो ।अब के त ? सेरेनाको मनमा पनि यही प्रश्न उठेको हुनुपर्छ । उनी यतिखेर भावुक भएकी हुनुपर्छ, ४० वर्ष छोएपछि । सेरेनाका प्रशंसकलाई मात्र होइन, विरोधीलाई पक्कै लागेको हुनुपर्छ, यी खेलाडीले एक अर्को ग्रान्ड स्लाम जितेकै राम्रो । अनि उनका प्रशिक्षकले भने जस्तै, सेरेनाले अब कुनै ग्रान्ड स्लाम जिते या नजिते पनि त्यसले केही फरक पार्ने छैन । उनी सर्वकालीन महान् टेनिस खेलाडी भएकामा कसैले शंका गर्न सक्दैनन् । (एजेन्सी)