फाल्गुन २७, २०८२ बुधबार | ०३:५९:५६
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी
शनिबारको दिन अफ्रिका कप अफ नेसन्स

अफ्रिकन कपमा चम्कन सक्ने स्टार

अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्स (एफ्कोन) आइतबार सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक क्यामरुन र बुर्किना फासो आमनेसामने हुँदै छन् । युरोपियन क्लब फुटबलमा स्थपित स्टार खेलाडीदेखि त्यहाँसम्म पुग्नसक्ने खेलाडीहरूको जमघट एफ्कोनमा हुनेछ । यस अर्थमा अफ्रिकन नेसन्स कपले विश्व फुटबलमा विशेष महत्व राख्ने गरेको छ ।

अफ्रिकी महादेशका कुल २४ टोली सहभागी हुने एफ्कोनका लागि युरोपबाट समेत खेलाडी क्यामरुन पुगिसकेका छन् । लिभरपुलका मोहम्मद सलाहदेखि नेपोलीका कालिडौ कौलिबेलीसम्म अहिले एफ्कोनका लागि क्यामरुनमा छन् । अफ्रिकी फुटबलको एउटा विशेषता के भने सलाह र कौलिबेलीजस्ता स्थापित स्टारबाहेकका खेलाडी पनि यो प्रतियोगितामा चम्कन सक्छन् ।

जसको चर्चा प्रतियोगिताको पूर्वसन्ध्यामा सान्दर्भिक हुनसक्छ । व्यावसायिक फुटबलमा पछिल्लो समय गरेको प्रदर्शनका आधारमा केही यस्ता खेलाडी छन्, जसबाट एफ्कोनमा उच्च प्रदर्शनको अपेक्षा गरिएको छ ।

रोमन साइस (मोरक्को)

रोमन साइस इङ्लिस प्रिमियर लिगको उल्भरह्याम्पटनका लागि खेल्छन् । मिडफिल्ड तथा रक्षापंक्तिमा उत्तिकै प्रभावकारी रूपमा खेल्नसक्ने साइसलाई मोरक्कोका प्रशिक्षक बु्रनो लेगले ‘मोरक्कोन माल्दिनी’को उपमा दिएका छन् । यसबाट मोरक्कोको राष्ट्रिय टिममा उनको महत्व कति छ भन्ने पुष्टि गर्छ । हुन पनि साइसले प्रिमियर लिगमा लगातार गजबको प्रदर्शन देखाउँदै आइरहेका छन् ।

साइसको प्रतिभा र अनुभवको सम्मान गरेरै उनलाई राष्ट्रिय टिमको कप्तान बनाइएको छ । उनको काँधमा जिम्मेवारी छ मोरक्कोलाई यसपालि एफ्कोनमा प्रभावकारी नेतृत्व प्रदान गर्ने । यो किन पनि आवश्यक छ भने एफ्कोनका पछिल्ला दुई संस्करणमा मोरक्कोको प्रदर्शन बिर्सनलायक थियो ।

साइसले मोरक्कोका लागि सेन्ट्रल डिफेन्सको भूमिका निर्वाह गर्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) का अचरफ हकिमी फुलब्याकको भूमिकामा हुनेछन् । गोल गर्ने मामलामा भने मोरक्कोका लागि रायन मेमेई निर्णायक साबित हुन सक्छन् । पछिल्लो समय उनी मोरक्कोको टिममा प्रमुख स्ट्राइकरका रूपमा उदाएका छन् ।

इस्माइल बेन्नासर (अल्जेरिया)

इस्माइल बेन्नासर इटालीको एसी मिलानबाट व्यावसायिक फुटबल खेल्छन् । उनी मुख्यतः डिफेन्सिभ मिडफिल्डर हुन् । तर, खेलको अवस्थाअनुसार उनी फरक–फरक भूमिका निर्वाह गर्न सक्षम छन् । उनको उपस्थितिले अल्जेरियालाई सम्भावित च्याम्पियनका रूपमा हेरिएको छ । हुन त अल्जेरिया गत संस्करणको विजेता हो । जहाँ बेन्नासर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

अल्जेरियाको टिममा बेन्नासरबाहेक वेस्ट ह्यामबाट खेल्न साइद बेनराहमा पनि छन्, जो निर्णायक साबित हुनसक्छन् । यी दुईको जिम्मेवारी स्ट्राइकर युसुफ बेलाइलीका लागि गोलको मौका सिर्जना गर्ने हुनेछ ।

सेवास्टियन हलर (आइभोरी कोस्ट)

सेबास्टियन हलर हाल आयाक्सबाट डच लिग खेलिरहेका छन् । डच लिगका १७ खेलमा १२ गोल गरिसकेका उनी अहिले लिगको उच्च गोलकर्ता हुन् । युरोपियन च्याम्पियन्स लिगमा त झन् उनले कीर्तिमान नै राखेका छन् । जारी च्याम्पियन्स लिगको समूह चरणमा उनले १० गोल गरेका थिए । योभन्दा अगाडि कोही पनि खेलाडीले समूह चरणमा १० गोल गर्न सकेको थिएन ।

क्लब खेलमा देखिएको उनको लय राष्ट्रिय टिमका लागि खेल्दा पनि देखिएको छ । २६ वर्षे हलर आसन्न प्रतियोगितामा आइभोरी कोस्टका लागि बरदान साबित खेलाडी हुनसक्छन् । आइभोरी कोस्टको टिममा हलरलाई फ््यांक केसी र इब्राहिम सानगारेले साथ दिने अपेक्षा गरिएको छ । यी दुईसम्मिलित आइभोरी कोस्टको मिडफिल्डलाई एफ्कोनमा सहभागी हुने टिममध्येकै सर्वाधिक बलियो मिडफिल्डका रूपमा हेरिएको छ ।

हानिबल मेजब्री (ट्युनिसिया)

हानिबल मेजब्री इङ्लिस महारथी म्यानचेस्टर युनाइटेडको एकेडेमी टिमबाट खेलिरहेका छन् । उनले युनाइटेडको सिनियर टिमबाट प्रिमियर लिग खेल्ने मौका पाइसकेका छैनन् । तर, आफ्नो देशको जुनियर राष्ट्रिय टिमबाट ९ खेल खेलिसकेका छन् । आक्रामक मिडफिल्डरको भूमिकामा देखिने मेजब्रीलाई क्लब र राष्ट्रिय टिमको भविष्यका स्टार रूपमा हेरिएको छ ।

गत महिना सम्पन्न अरब कपमा ट्युनिसिया उपविजेता बन्दा मेजब्रीको प्रदर्शन तारिफयोग्य थियो । उनी प्राविधिक रूपमा उत्कृष्ट त छँदै छन्, मैदानमा देखाउने नेतृत्वदायी भूमिकाका लागि पनि उनको प्रशंसा हुने गरेको छ । क्यामरुनमा हुने एफ्कोनको सम्भावित विजेताका रूपमा ट्युनिसियालाई पत्याइएको छैन । तर, मेजब्रीको बलमा ट्युनिसियाले अफ्रिकाका अन्य बलिया टिमलाई स्तब्ध बनाए अचम्ममा नमाने हुन्छ ।