कुनै समय नेपालका लागि उमेर समूहका एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’का मञ्च हुने गर्थे । अचेल भने यी मञ्च, नेपाली फुटबलका लागि आफ्नो विपन्नता र दरिद्रता प्रदर्शन गर्ने थलो बनेको छ ।
युरोपका ठूला ठूला क्लबहरुबाट खेल्ने अफ्रिकी मूलका खेलाडीहरुलाई आरोप लाग्ने गर्छ, उनीहरु राष्ट्रिय टिम छान्दा युरोपका देशतिर जान्छन् । उनीहरु किन रगतको साइनो भएको देशसँग जोडिन चाहँदैनन्?
एन्फाका लागि व्यवस्थापन शब्द आफू अनुकूलका मान्छेलाई अवसर दिनु, खुसी पार्नु मात्र हो । उमेर समूहदेखि राष्ट्रिय टिमसम्म र अन्य फरक ठाउँमा आफू अनुकूलका मान्छेलाई नियुक्ति एन्फाले जानेको व्यवस्थापन हो । महासचिवको पछिल्लो तलब वृद्धि यही व्यवस्थापनको सिद्धान्त अन्तगर्तको कदम हो ।
एपिटी नाम गरेको यो नियमका अनुसार कुनै पनि क्लबले उसको मालिक कम्पनीसँग नाता भएको अर्को कम्पनीसँग प्रायोजन सम्झौता गर्दा वा लेनदेन गर्दा छलछाल गरेको छ वा छैन, यसको जाँचमा कडाइ गरिनेछ ।
अर्को कुरा, अहिले त काठमाडौंका खेलाडी पनि छैनन् । क्लब त्रिपुरेश्वरको अनि खेलाडी झापाको । स्थानीय खेलाडी नभएपछि क्लबसँग कनेक्ट हुँदैन । अहिले स्थानीयहरू खासै रंगशाला गएको पनि पाउँदिनँ, काठमाडौं गएका बेला यसो विचार गर्छु, रंगशाला गएर फुटबल हेर्ने धेरैजसो मान्छे काठमाडौंबाहिरका हुन्छन् जस्तो लाग्छ ।
गत सिजन सिटी च्याम्पियन्स लिग विजेता बन्यो। उपाधि जित्दा सिटीले हराएको विपक्षी थियो, इन्टर मिलान। सिटी बलियो देखिएको यो खेल डी ब्रुएनाले पूरा खेल्न पाएका थिएनन् । पहिलो हाफमै घाइते भएका थिए । नयाँ सिजनका लागि भने उनी तयार थिए । तर पहिलो खेलमै फेरि घाइते भए । त्यसपछि भने उनी लामो समय मैदानबाहिर रहे ।
उनकै कप्तानीमा हो, पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जितेको । कालान्तरमा उनी जर्मन राष्ट्रिय टिममा फर्किए । यो फगत पश्चिम जर्मनी मात्र थिएन, बरु एकताबद्ध जर्मनी थियो । उनी यो टिमको प्रशिक्षक बने, लगातार दुई पटक विश्वकप फाइनलमा पुर्याए । सन् १९९० मा त च्याम्पियन नै बनाए ।
ब्राजिलभर त सान्तोसभन्दा ठूला क्लब निकै धेरै छन् । तर सान्तोसलाई सम्मानित नजरले हेरिन्छ । कारण हो, यसले बोकेको इतिहास र परम्परा । सान्तोसलाई किन यति धेरै सम्मान गरिन्छ ? किन स्नेह गरिन्छ ? जवाफ सजिलो छ, पेले । हो, सान्तोस पेलेको क्लब हो । तिनै पेले, जसले तीन पटक विश्वकप जितेका थिए । उनले ती विश्वकप सान्तोसको खेलाडी हुँदाहुँदै जितेका हुन् ।
सन् २०१४ को विश्वकप जितेको जर्मनी युरो २०१६ मा पनि च्याम्पियन बन्ने अपेक्षा थियो । तर, सेमिफाइनल कटेन । त्यसपछि विश्वकप २०१८ त झन् बिर्सनलायक रह्यो, किनभने जर्मनी समूह चरणबाटै घर फर्कियो । सन् २०२० को युरोमा पनि जर्मनीको खराब लयले निरन्तरता पायो ।
जापानमा फुटबल खेल्न थालिएको सन् १८७३ बाट हो । त्यहाँ फुटबल पुर्याउने श्रेय बेलायती जल सेनालाई जान्छ । फुटबल पुगेको ४८ वर्षपछि मात्र नियामक संस्था जेएफए जन्मियो । यो त्यही वर्ष हो, जब राजाको नाममा प्रतियोगिता सुरु भयो ।
लिगमा टिक्न यति एफसीलाई राम्रा खेलाडी आवश्यक पर्छ नै । त्यसो भएपछि नेपाली खेलाडीले मौका पाउने नै भए । नेपाली राष्ट्रिय टिम र लिगको अनुभव भएका ५०÷६० खेलाडी अस्ट्रेलियामा छँदै छन् । भविष्यमा यो संख्या बढ्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।