फाल्गुन २६, २०८२ मंगलबार | ०३:३९:२५
एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान
शनिबारको दिन नेपाली फुटबल

नेपाली फुटबल अब कागजमा

सिड्नी । नेपाली घरेलु फुटबलका स्टार गोलकिपर विशाल श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्, ‘जम्मा ५ सय दिन त भएछ ।’ उनको यो स्ट्याटस सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको ५ सय दिन कटेकोबारे सटिक व्यंग्य थियो ।

विशेषगरी सामाजिक सन्जालमा नेपाली फुटबलबारे सामग्री सिर्जना गर्ने ‘भकुण्डो नेपाल’को एउटा ग्राफिक यतिबेला चर्चामा छ । दशरथ रंगशालाको घाँस उप्किएको मैदानमा विमल घर्तीमगर र अञ्जन विष्ट देखिन्छन् । ग्राफिकमा अंग्रेजीमा लेखिएको छ, ‘ए’ डिभिजन लिगविनाको ५०० दिन ।

एन्फा एकेडेमीले हुर्काएको र आक्कलझुक्कल हुने लिगले भन्दा पनि ‘फेडेरेसन फुटबल’ (फुटबल संघको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमहरूबीचको अन्तर्राष्ट्रिय फुटबल)ले स्टार बनाएका यी दुई खेलाडी पीडामा देखिन्छन् । ग्राफिकले सम्भवतः दिन खोजेको सन्देश यही नै हो, फुटबल खेल्न नपाएपछि दुई युवा खेलाडी पीडामा छन् ।

अंग्रेजीमा एउटा शब्द छ, ‘आइरोनी ।’ नेपालीमा यसको नजिकको अनुवाद सायद विडम्बना हो । यहाँ प्रयोग आइरोनीकै । आइरोनी किनभन्दा, भकुण्डोको ग्राफिक ‘सेयर’ गर्ने, त्यसमा कमेन्ट गर्ने र ‘च्याटमा’ यसलाई ठेल्नेहरू त्यस्ता व्यक्तिहरू पनि छन्, जो लिग नहुनुको पछाडि जिम्मेवार छन् । कति जिम्मेवार छन्, हिसाबकिताब गरे उनीहरूले पाउने अंक निस्किएला ।

पछिल्लो समय युरोपेली फुटबलमा भइरहेको एउटा महत्त्वपूर्ण बहस हो, खेलाडीमाथि खेलको भार बढ्नु । ठूला पाँच लिगमध्ये इङ्लिस प्रिमियर लिगमा यो बहस अलि धेरै तातो छ । यसो हुनुको एक कारण हो, प्रिमियर लिगको सिजनको बीचमा विश्राम नहुनु । जबकि अरू लिगमा अत्यधिक जाडोको कारण देखाउँदै खेलाडीलाई बिदा दिइन्छ ।

यसबाहेक भारको अरू कारण हुन्, युरोपेली सिजनकै बीचमा हुने नेसन्स लिग र नयाँ ढाँचाको च्याम्पियन्स लिग । अर्को वर्षदेखि मोटाउने क्लब विश्वकपले पनि वजन वृद्धि गर्नेछ । युरोपेली फुटबल क्यालेन्डरबारे म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनाले गत सेप्टेम्बरमा कडा टिप्पणी गरेका थिए । ‘फिफा र युइएफएलाई खेलाडीको भन्दा आम्दानीको मतलब छ । तब त उनीहरूले खेल थपेको थप्यै गर्छन्,’ बेल्जियमका डी ब्रुएनाको भनाइ थियो ।  

डी ब्रुएनाका साथी रोड्रीले पनि यसबारे चिन्ता जाहेर गरेका छन् । ‘अब त हामीले एक सिजनमा ७० खेलसम्म खेल्नुपर्ने स्थिति आउँदै छ । कसरी सकिन्छ ?’ गत सिजन सिटीका लागि मात्र ५० खेल खेलेका रोड्रीको प्रश्न छ ।

अब नेपाल फर्कौं । युरोपमा खेलाडीहरूले बढी खेल खेल्नुपरिरहेको गुनासो गरिरहँदा नेपाली खेलाडीमा भने खेल्न नपाएकै कारण पीडा छ । यो नेपाली फुटबलले दिएको कोसेली हो, जसलाई आइरोनीभन्दा हुन्छ ।

विशालहरूले फुटबल खेल्न नपाएको गुनासो गरिरहँदा काठमाडौंमा महिला साफ च्याम्पियनसिप जारी छ । लगातार तेस्रो पटक आफैंले आयोजना गरिरहेको यो प्रतियोगिताका ६ संस्करणमध्ये पाँच पटक फाइनल पुगेको टिम हो नेपाल । गत संस्करणमा बंगलादेश च्याम्पियन बन्दा ३–१ ले उपाधि भिडन्त गुमाएको नेपालले यसपालि पहिलो खेलमा भुटानसँग बराबरी नतिजामा चित्त बुझायो । यसअघि महिला फुटबलमा नेपालले भुटानसँग बराबरी खेल्नुपरेको थिएन ।

मोटरसाइकल चलाउनेहरूलाई थाहा भएकै कुरा हो, पेट्रोल सकिनै लाग्दा मोटरसाइकल ‘रिजर्भ’मा चल्न थाल्छ । नेपाली फुटबल यतिबेला रिजर्भमा चलिरहेको छ । रिजर्भमा कति तेल रहन्छ ? यो मोटरसाइकलको मोडलमा भरपर्छ । कुनैमा २ लिटर, कुनैमा डेढ वा त्यस्तै धेरथोर । अनि त्यसले कति किलोमिटरको यात्रा तय गर्छ भन्ने पनि मोटरसाइकलमै निर्भर हुन्छ । मोटरसाइकलको क्षमता र बाटोको अवस्था अनि त्यसले बोक्नुपर्ने भारले त्यसको निर्धारण गर्छ ।

महिला फुटबलमै केन्द्रित हुने हो भने त एन्फासँग डेढ लिटर तेल पनि छैन । महिला फुटबल त बाटोमा भेटिएका अर्का मोटरसाइकल चालकसँग फुच्चे कोकको बोतलमा मागिएको तेलको भरमा चलिरहेको छ । व्यवस्थित ढाँचा नै नभएको नेपाली महिला फुटबलले भारत र भरभराउँदो बंगलादेशसँग कसरी प्रतिस्पर्धा गर्ला भनेर एन्फाले सोच्न सक्ला ? एन्फाको सोचाइबारे सोच्न थाले नेपाली फुटबल समर्थकलाई रिङ्गटा लाग्न सक्छ ।

यतिबेला १७ वर्षमुनिको नेपाली टिम महादेशीय प्रतियोगिताको छनोट खेल्न कतारमा छ । यही उमेर समूहको साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएको नेपालका लागि एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’ होइन । बरू आफ्नो विपन्नता प्रदर्शन गर्ने मञ्च मात्र हुनसक्छ ।

दक्षिण एसियाली फुटबल पछ्याउने जो कोहीले पनि महसुस गरेको हुनुपर्छ, पछिल्लो समय भुटान साफका हरेक प्रतियोगिता खेल्दा फरक जोसमा हुन्छ । यसको कारण हो, त्यहाँको फुटबलमा आएको गाम्भीर्यता । घरेलु फुटबल र युवा परियोजनामा मिहिनेत गरिरहेका कारण भुटान साफको प्रतियोगितामा आफूलाई जाँच्न लालयित हुन्छ । साफका प्रतियोगिता भुटानका लागि रियालिटी चेक हो । दक्षिण एसियाली फुटबलमा अघि बढ्न चाहेको सन्देश दिने मौका हो । कुनै समय नेपालका लागि उमेर समूहका एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’का मञ्च हुने गर्थे । अचेल भने यी मञ्च, नेपाली फुटबलका लागि आफ्नो विपन्नता र दरिद्रता प्रदर्शन गर्ने थलो बनेको छ ।

पुरुषतर्फको अन्तर्राष्ट्रिय खेल खेलाउनुपरे दशरथ रंगशालाको स्तरबारे खुबै कुरा उठ्छ । तर महिला फुटबल खेलाउन लाग्दा यो बहस उत्कर्षमा पुग्दैन । जुनसुकै अन्तर्राष्ट्रिय खेल वा प्रतियोगिताका लागि भए पनि दशरथ रंगशालाको मैदान गतिलो छैन । यस कारण समय यस्तो पनि आउन सक्छ, जब अहिलेको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल नै हुन बन्देज लगाइने छ । त्यसपछि एन्फाका लागि ‘न रहेगा बाँस न बजेगा बाँसुरी’को स्थिति सिर्जना हुनेछ । मैदान नै नभएपछि के को फुटबल ? के को राष्ट्रिय टिम ? फिफा ब्रेकमा किन राष्ट्रिय टिमलाई खेलाउने ? अनि त फुटबल कागजमा मात्र । ‘फुटबल अन पेपर’ ।