चैत्र १६, २०८२ सोमबार | १२:२९:०५
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

खेलाडी


खेलाडीका लेखहरु

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चैत्र १६, २०८२

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई १६८ रनमा अलआउट गरेको छ ।

मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट चैत्र १६, २०८२

जनकपुरमा भइरहेको रामजानकी मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली मधेशसँग ३१ दशमलब २ ओभरमा १२९ रनमा आउट भएको हो ।

फ्रान्सको सहज जित चैत्र १६, २०८२

फ्रान्सले पहिलो हाफमै दुई गोल गरेको थियो ।

कराँचीको लगातार दोस्रो जित चैत्र १६, २०८२

लगातार दोस्रो जित हात पार्ने क्रममा कराँचीले डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सलाई ४ विकेटले पराजित गर्यो ।

मुम्बईद्वारा कोलकाता पराजित चैत्र १५, २०८२

मुम्बईले सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित जित्नेक्रममा कोलकातालाई ६ विकेटले पराजित गरेको हो । मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चैत्र १५, २०८२

इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई २२१ रनको लक्ष्य दिएको छ ।

चेन्नईलाई अर्को ठूलो झट्का चैत्र १५, २०८२

चेन्नई सुपर किंग्सलाई इण्डियन प्रिमियर लिग(आइपिएल) सुरु गर्नु अघि अर्को झट्का लागेको छ । आइपिएलको सर्वाधिक सफल मध्येको एक टोली चेन्नईका स्टार ब्याटर डेवाल्ड ब्रेभिसले टोलीको यस सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा चैत्र १५, २०८२

लाहोरमा बेलुका ७ः४५ मा हुने लिगको छैठौं खेलमा लाहोर र कराँची भिड्दै छन् । कराँची र लाहोरको यो दोस्रो खेल हो । पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । लाहोरले पहिलो खेलमा नवप्रवेशी हैदराबाद किंग्सम्यानलाई पराजित गरेको थियो ।

बागमतीमाथि आर्मीको रोमाञ्चक जित चैत्र १५, २०८२

बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो । वर्षा कारण खेल २८ ओभरमा छोट्याइएको थियो ।

गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित चैत्र १५, २०८२

तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपिएफलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।

नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक चैत्र १५, २०८२

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । विराटनगर नयाँ स्वरुपमा उपस्थित हुँदैछ । टिमको नाम परिवर्तन गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ ।

पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा चैत्र १५, २०८२

मिलन र युवराज दुबै गोल स्कोरिङ लयमा छन् । उच्च गोलकर्ताको दौडमा नेपाली खेलाडीतर्फ यी दुई शीर्ष स्थानमा छन् । दुबैले समान ६ गोल गरेका छन् । त्यस्तै गत जेठमा सम्पन्न ‘बी’ डिभिजन लिगमा प्लानिङकै जर्सी लगाएका रोमनले पनि प्रशंसनीय प्रदर्शन गर्दै आएका थिए । बी डिभिजनमा पहिलो रोजाईका लागि संघर्ष गर्नुपरेका रोमनले आफूलाई अहिले प्रमुख खेलाडीका रुपमा स्थापित गरेका छन् । उनका सहकर्मी योगेशको प्रदर्शन पनि सम्झनलायक रहँदै आएको छ ।

लाओस उडेको भोलीपल्ट टिम घोषणा चैत्र १५, २०८२

लाओससँगको खेलका लागि शनिबार त्यसतर्फ उडेको नेपाली टिमको अन्तिम नामावली भने आज मात्र सार्वजनिक भएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई चैत्र १५, २०८२

लामो समयको हारको शृङ्खला तोड्न मुम्बईले कोलकाता नाइट राइटर्सलाई प्रतिद्वन्दीका रुपमा पाएको छ । मुम्बईको वानखडेमा हुने खेलमा घरेलु टोली र कोलकाता बेलुका ७ः४५ मा आमनेसामने हुदैछन् । यसपटकको आइपिएल अक्सनमा सर्वाधिक रकम खर्चिएको कोलकाताले राम्रा मानिएका तिव्र गतिका बलरहरु टिममा भित्राएको थियो । तर ती मध्येका धेरैले चोटका कारण सिजन

पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज चैत्र १५, २०८२

काठमाडौंमा हुन् यस संस्करणको पिएम कपको अन्तिम २ खेल हुदैछ । प्रतियोगिताको अबको सबै खेल मधेश प्रदेशमा रहेको जनकपुर र विरगञ्जमा हुनेछन् । काठमाडौंमा हुने अन्तिम २ खेलमा नेपाल एपिएफले गण्डकी प्रदेशसँग खेल्दा आर्मी भेट बागमतीसँग हुदैछ ।

दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित चैत्र १५, २०८२

लाहोरमा शनिबार भएको खेलमा मुल्तान सुल्तानसँग इस्लामाबाद ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको इस्लामाबादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो ।

बेंगलुरुको विजयी सुरुवात चैत्र १४, २०८२

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे ।

सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता चैत्र १४, २०८२

शनिबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले बंगलादेशलाई १-१ को बराबरीमा रोक्यो । यो नतिजासँगै भारत समूह विजेता बन्यो । अब भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता भुटानसँग खेल्नेछ ।

हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य चैत्र १४, २०८२

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गर्यो ।

दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा चैत्र १४, २०८२

नेपालका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीको पाकिस्तान सुपर लिग(पिएसएल) मा टोलीको पहिलो खेलमा बेन्चमा रहेका छन् । दीपेन्द्रले मुल्तान सुल्तानविरुद्धको खेलमा टिमका लागि प्लेइङ-११ मा नअटाएका हुन् । दीपेन्द्र यस संस्करणको पिएसएलमा इस्लामाबाद युनाइटेडमा करिब ३१ लाख नगदमा अनुबन्ध भएका हुन् ।

पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने चैत्र १४, २०८२

नेपाल भलिबल संघको आयोजनामा हुने लिग वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा सन्चालन हुने भएको छ। महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला र पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडीलाई‌ समान ६० तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।