माघ ३, २०८२ शनिबार | ०१:३३:३२
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै
शनिबारको दिन शनिबारको दिन

राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

काठमाडौं । तेस्रो पटक आयोजना भएको राष्ट्रिय लिग फुटबलमा पाँच खेल सम्पन्न भइसकेको छ । सहभागी १७ क्लब कमजोर तयारीका बाबजुद प्रतियोगितामा उपाधि जित्न होमिएका छन् । करिब तीन महिनासम्म हुने लिगमा १ सय ३७ खेल हुनेछ ।

लिगको पाँच खेल सम्पन्न भयो । तर, लिगमा हुनुपर्ने रौनक भने देखिएको छैन । उपाधि दाबेदार मछिन्द्र र न्युरोड टिम एनआरटीबीचको खेललाई छाड्ने भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ५ सय हाराहारी पनि दर्शक देखिएका छैनन् । चर्चित खेलाडी पलायन हुनु र घरेलु फुटबल नै करिब तीन वर्षपछि फर्किंदा पनि यसले स्वाभाविक लय पाउन सकेको छैन । यो लिगमा रेलिगेसन नहुने भएर पनि खासै क्लबहरूमा उत्साह नै देखिँदैन ।

यही बीच पनि केही क्लबहरू भने उपाधि जित्ने र एएफसीको क्लब च्याम्पियनसिपमा छनोट हुने दाउमा छन् । प्रतियोगिताअघि भएको पत्रकार सम्मेलनमा केही क्लबले उपाधि जित्ने योजना सुनाए भने केहीले सहभागिता मात्रै हुने बताएका थिए ।

राष्ट्रिय लिगको उपाधि दाबेदारमा तीन विभागीय टोलीसहित पछिल्लो पटक आयोजना भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजदेखि दुई पटकको च्याम्पियन मछिन्द्र एफसी र एनआरटी देखिएका छन् । सातदोबोटो युथ र फ्रेन्ड्सले पनि औसत टिम बनाएको छ ।

मछिन्द्र फुटबल क्लब दुई पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको मछिन्द्र पहिलो पटक राष्ट्रिय लिग जित्ने योजनामा छ । मछिन्द्रले राष्ट्रिय टिमबाट खेलेका अधिकांस खेलाडीलाई टिममा समावेश गरेको छ । टोली विशाल श्रेष्ठको नेतृत्वमा छ । यो टिममा सनिश श्रेष्ठसँगै केही चर्चित खेलाडी छन् । दुई पटक लिग च्याम्प्यिन बनाएका प्रशिक्षक प्रवेश कटुवालले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू पनि यही क्लबमा ल्याएका छन् ।

एनआरटी क्लब यसपटक एनआरटीले पनि गजबको टिम बनाएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका र युवा टिमको पनि प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्य एनआरटीमा देखिन्छ । पछिल्लो दशक घरेलु फुटबलमा खासै जोस नदेखाएको एनआरटी यस पटक च्याम्पियन हुने दौडमा देखिन्छ । जीवन सिन्केमानलाई जिम्मेवारी सुम्पिएको एनआरटी व्यवस्थापकले राष्ट्रिय टिमबाट खेलिसकेका अञ्जन विष्ट, मनिष डा“गी, कृतिशरत्न छुन्जु जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

त्रिभुवन आर्मी क्लब

विभागीय टोली त्रिभुवन आर्मी क्लब हरेक प्रतियोगिताको उपाधि दाबेदारको रूपमा उभिने गरेको छ । तर, वर्षभर अभ्यास गर्ने र राष्ट्रिय टिमका अधिकांस खेलाडी अनुबन्ध गरेको आर्मी अन्तिममा भने सधैं चुक्ने गरेको छ । यसपालि सोही अवस्था दोहोरिन नदिन आर्मीले नेपाली फुटबलकै सफल प्रशिक्षक बालगोपाल महर्जनलाई अनुबन्ध गरेको छ । आर्मीमा राष्ट्रिय टिमबाट खेलिरहेका कार्की दाजुभाइ जिलेस्पीजंग र जर्जप्रिन्स, विकेश कुथु, कुशल देउवा, नवयुग श्रेष्ठ, विमल पाण्डे, नवीन लामालगायतका खेलाडी छन् । तर, आर्मीले यसपटक पनि विदेशी खेलाडी अनुबन्ध नगर्ने जनाइसकेको छ ।

एपिएफ फुटबल क्लब 

पछिल्लो पटक लिगमा रेलिगेसनको विवादलाई लिएर विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो हैसियत जोगाउन करिब दुई वर्ष कुर्नुपरेको थियो । यो विवाद सुल्झिँदा एक पटकको राष्ट्रिय लिग विजेता थ्री स्टार रेलिगेसनमा प¥यो । एपिएफले आफ्नो हैसियत जोगाउँदै राष्ट्रिय लिगसमेत खेल्न पायो । सात वर्षपछि एपिएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई फर्काएको छ । राष्ट्रिय टिमबाट खेलेका मणि लामा, सुमन श्रेष्ठसँगै टोलीले सन्तोष खत्री र गोलकिपर अञ्जन श्रेष्ठलाई अनुबन्ध गरेको छ । टोलीको कप्तानी भने हरि कार्कीले गर्नेछन् । त्यसैले पनि टोली बलियो देखिन्छ । यद्यपि रेलिगेसन नहुने भएपछि एपिएफले पनि विदेशी खेलाडी अनुबन्ध गरेको छैन ।

चर्च ब्वाइज युनाइटेडसहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यु उपाधि जितेको चर्च ब्वाइज डेब्युमै राष्ट्रिय लिग पनि जित्ने योजनामा छ । राष्ट्रिय टिमको मिडफिल्डर एरिक विष्टलाई कप्तानी जिम्मेवारी सुम्पिएको चर्च ब्वाइजले मोफसलमा सफल भएका प्रशिक्षक सुमन श्रेष्ठलाई निरन्तरता दिएको छ । टोलीले सिक्किममा खेलिरहेको कारण अझै पूर्ण टिम पाउन सकेको छैन । गोलकिपर दीप कार्की नै पहिलो खेलमा उपलब्ध भएनन् । त्यसैले पहिलो खेलमा श्री भगवती क्लबविरुद्ध टोलीले लगभग हार टार्न संघर्ष गर्नुपरेको थियो ।

नेपाल पुलिस क्लब नेपाल पुलिस क्लबले पहिलो पटक आयोजना भएको राष्ट्रिय लिग जितिसकेको छ । यसपटक चेतन घिमिरेको प्रशिक्षण र राम वाजीको कप्तानीमा टिम दोस्रो पटक उपाधि जित्ने दाउमा छ । तर, पुलिस टिम पूर्ण रूपमा युवा खेलाडीको भरमा छ । यसअघि भएको यु–१८ र यु–१६ लिग जितेको खेलाडीलाई नै पुलिसले अनुबन्ध गरेको छ । तर, पछिल्लो पटक रेलिगेसन क्षेत्रमा रहेको पुलिस विदेशी खेलाडी अनुबन्ध गरेर तेस्रो स्थान बनाएपछि हौसिएको छ । पुलिस यसपटक सुरुमा युवा खेलाडीलाई प्राथमिकता दिने र यदि नजिता ननिस्केको अवस्थामा विदेशी खेलाडी भित्र्याउने रणनीतिमा छ ।