फाल्गुन १७, २०८२ आइतबार | ०८:४०:५३
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन

समस्या नै समस्यामा इङ्ल्यान्ड

काठमाडौं । जति बेला अस्ट्रेलियाले एसेज सिरिज २०२५–२०२६ का लागि इङ्ल्यान्डको आथित्य गर्ने चर्चा चलिरहेको थियो, धेरैलाई लागेको थियो, यसपल्ट घरेलु टिमलाई सजिलो छैन् । यसको कारण थियो, अस्ट्रेलियाका प्रमुख बलरहरू चोटका कारण सिरिजमा उपस्थिति नहुने । यस्तोमा इङ्ल्यान्डलाई सम्भावित विजेता मानिएको थियो ।

त्यसमाथि इङ्ल्यान्डले जुन फ्रकारले आक्रमण क्रिकेट खेलिरहेको थियो, त्यसलाई रोक्न अस्ट्रेलिया सक्षम नहुने अनुमान पनि थियो ।

तर भइदियो उल्टो । सिड्नीमा भएको पाँचौं तथा अन्तिम टेस्ट टुंगेयता पाँच खेलको सिरिजमा अस्ट्रेलिया ४–१ ले विजयी रह्यो । इङ्ल्यान्ड खालि मेलबर्नमा भएको चौथो टेस्टमा मात्र विजयी रह्यो । अन्यथा पूरा सिरिजमा अस्ट्रेलिया सबै अर्थमा उत्कृष्ट रह्यो भन्दा हुन्छ । 

अस्ट्रेलियामा आफ्नो टिमको प्रदर्शन साँच्चै यति धेरै खराव किन रह्यो भनेर अब छानविन हुनेछ ।

सुरुआती तीन टेस्ट सजिलै जितेर अस्ट्रेलियाले सिरिजमा निर्णायक ३–० को अग्रता लिएको थियो । त्यो पनि ११ दिन मात्रको खेलपछि नै । त्यसपछि त अस्ट्रेलियाले फर्केर नै हेर्नु परेन् ।

अस्ट्रेलियाका दोस्रो रोजाईका बलर नै पर्याप्त रह्यो, इङ्ल्यान्डलाई धरासायी बनाउन । यस्तो एकातर्फ सबैले अस्ट्रेलियाली टिमको प्रशंसा गरिरहेको छ । अर्कोतर्फ इङ्ल्यान्डको चर्को आलोचना । सायद धेरै क्रिकेट प्रेमी भने इङ्ल्यान्डको कमजोरी खुलाउन मै ब्यस्त छन् भन्दा हुन्छ । यसको अर्थ के भन्दा पूरा सिरिजमा इङ्ल्यान्डको प्रदर्शन कुनै पनि अर्थमा राम्रो रहेन्, चाहे त्यो ब्याटिङ होस अथवा बलिङ । अथवा फिल्डिङ नै सही, सबैमा फितलो रह्यो ।

यसको दोष कसलाई दिने त ? अब यो प्रश्न महत्त्वपूर्ण भएको छ । त्यसैले इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले एउटा निर्णय पनि गरेको छ र त्यस अनुसार अस्ट्रेलियामा आफ्नो टिमको प्रदर्शन साँच्चै यति धेरै खराव किन रह्यो भनेर अब छानविन हुनेछ ।

त्यसले इङ्ल्यान्ड टिममा रहेका कमजोरी पत्ता लाउने छ । बोर्डको पनि आफ्नै धेरै कमजोरी रहे । जस्तो सिरिजका लागि भनेर टिमको तयारी नै राम्रो रहेन्, विना योजना इङ्ल्यान्ड अस्ट्रेलिया पुगेको जस्तो थियो ।

अझ सबैभन्दा ध्यान दिन योग्य पक्ष के रह्यो भने इग्लिस खेलाडीको मैदान बाहिरको प्रदर्शन राम्रो रहेन् । टिम एकातर्फ नराम्रोसँग हारिरहेको थियो, अर्कोतर्फ खेलाडी भने मोजमस्तीमै लागिरहेका थिए । विशेषतः सिरिजका बीचमा खेलाडी बािहर गएर मदिरा पिएको र उपद्रो मच्चाएको कुरा पनि बाहिर निस्के । यसले स्वंय टिमको छवि पनि बिग्रेको छ । आलोचनाको एउटा पक्ष प्रशिक्षक ब्रेन्डन म्याककलमको अत्याधिक आक्रमक त्रिकेट पनि रहेको छ ।

म्याककलम पनि मानेका छन्, टिममा साँच्चै सुधारका धेरै ठाउँछ । अब इङ्ल्यान्डको ध्यान यसमै केन्द्रित हुनेछ ।

त्यस अनुसार स्थिति जस्तै किन नहोस, आक्रमक भएर खेल्ने । टेस्ट क्रिकेटमा यस्तो नीति जहिले पनि ठीन नहुने अब निश्चित भएको छ, कम्तीमा यही सिरिजको नतिजाले त्यो प्रस्ट पारेको छ । अब के हुन्छ त ?

बेलायती मिडियालाई मान्ने हो भने तत्कालका लागि इङ्लिस टिममा खासै धेरै परिवर्तन हुने छैन् । कप्तानमा बेन स्टोक्स नै कायम रहने छन् । अनि प्रशिक्षकमा म्याककलम नै । यस्तो किन भन्दा लगभग यही टिमले एक महिनापछि ट्वान्टी २० विश्वकप खेल्दैछ ।

यसबीच कप्तान स्टोक्सै तर्फबाट एउटा बयान भने आएको छ । त्यस अनुसार उनले स्विकारेका छन्, टिमको प्रदर्शन राम्रो भएन नै । तर यस्तो स्थिति कुनै पनि देशको क्रिकेटमा हुन सक्छ ।

त्यसैले स्टोक्स के मान्छन् भने अस्ट्रेलियामा बेहोरेको हार पनि एउटा शिक्षा नै हो । यसबाट सिकेर अगाडि बढ्नु भन्दा अर्को विकल्प छैन् । म्याककलम पनि मानेका छन्, टिममा साँच्चै सुधारका धेरै ठाउँछ । अब इङ्ल्यान्डको ध्यान यसमै केन्द्रित हुनेछ ।