फाल्गुन १७, २०८२ आइतबार | ०८:४०:५१
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन शनिबारको दिन

जेद्दामा ‘एल क्लासिको’

काठमाडौं । परिस्थिति जस्तै किन नहोस,‘एल क्लासिको’ भनेको कम्तीको हुन्न नै । जति बेला स्पेनी फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिड एक आपसमा भिड्छन्, त्यसको अर्थ छुट्टै हुन्छ । भोलि आइतबार पनि एउटा अर्को ‘अल क्लासिको’ को अवसर जुरेको छ ।

तर यसपल्ट यो महाभिडन्त स्पेनी भूमिा हुन लागेको छैन्, बरु त्यसबाट धेरै टाढा साउदी अरेबियामा हुँदैछ, त्यो नि जेद्दामा । खेलकुदको माध्यमबाट आफूलाई शक्तिशाली सावित गर्ने प्रयासमा रहेको देशमा ।

यसपल्टको यो खेलले उपाधि पनि दिलाउने छ । स्पेनी फुटबल संघ र साउदी अरेबियाबीच एउटा सम्झौता भएको थियो, स्पेनी घरेलु फुटबलको दोस्रो ठूलो कप प्रतियोगिता स्पेनिस सुपर कप त्यहाँ गराउने । त्यसै अनुसार यो प्रतियोगिता भइरहेको छ ।

स्पेनी घरेलु फुटबलको सबैभन्दा ठूलो कप प्रतियोगिता भनेको कोपा डेल रे नै भयो । त्यसपछि स्पेनिस सुपर कप नै भयो । यसमा चार टिम भिड्ने गर्छन् । दुई टिम ला लिगाबाट । दुई टिम कोपा डेल रेबाट ।

अहिलेका लागि बार्सिलोना लयमा छ भन्दा हुन्छ । त्यसैले बार्सिलोना ला लिगामा पनि उपाधिका लागि बलियो दावेदार रहेको छ ।

यसपल्ट बार्सिलोनाले सुरुमा एथलेटिको बिलबाओलाई हरायो, सजिलै ५–० । त्यसपछि रियलले अर्को खेलमा आफ्नो छिमेकी क्लब एटलेटिको म्याड्रिडलाई हराएको थियो, २–१ । यो सिजन बार्सिलोना र रियलले जसरी आफ्नो यात्रा तय गरिरहेका छन्, अब यो यात्राले कस्तो रुप लिनेछ, त्यो पनि खालि अनुमानकै विषय हो । त्यसैले पनि अहिलेको फाइनलको खास अर्थ छ, सायद यसले अबको स्पेनी फुटबल सिजन कतातिर जानेछ, त्यो तय गर्नेछ ।

अहिलेका लागि बार्सिलोना लयमा छ भन्दा हुन्छ । त्यसैले बार्सिलोना ला लिगामा पनि उपाधिका लागि बलियो दावेदार रहेको छ । उसको १६ खेलबाट ४९ अंक छ र शीर्ष स्थानमा छ । यसको पछाडि अपेक्षा अनुसार रियल नै छ, चार अंकको दूरीमा ।

बार्सिलोनामा अहिलेको लागि सबथोक राम्रो चलिरहेको छ भन्दा हुन्छ । रियलमा भने त्यस्तो छैन् । सन् २०२५ को अन्त्यतिर लगातार खराव प्रदर्शनपछि भनिएको थियो, अब प्रशिक्षक ज्याभी एलोन्सो वर्खास्तीमा पर्नेछन् ।

तर जनवरी लागेयता रियलको लय फर्केको छ र उसले पनि लगातार जितिरहेको छ । तर पनि रियलले त्यस्तो चुनौती पेस गर्न सकेको छैन्, जसले बािर्सलोनाको बाटो छेक्न सकोस । एउटा तथ्य के सोच्न लायक छ भने ला लिगामा दुई टिमबीचको अन्तर धेरे छैन्, यो कुनै पनि बेला तलमाथि हुन सक्छ । रियलको खासमा आश भनेकै यही हो । अर्कोतर्फ बार्सिलोनाको इच्छा हुनेछ, लगातार राम्रो खेल्दै जाने, सक्दो धेरै उपाधि जित्ने ।

फेरि ला लिगाको उपाधि होडमा यिनै दुई टिम मात्र छन् । यसपल्टको ‘एल क्लासिको’ को अर्थ भनेकै यही हो ।

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनाले जित्यो भने त्यसले उसको उत्साह नै अर्को हुनेछ । होइन्, हार सामना गर्नु परेको खण्डमा रियलले भन्न सक्नेछ, हामी अन्त्यसम्म पनि बार्सिलोनालाई चुनौती दिइरहने छौं । 

एउटा दुईटा खेलको नतिजा हाम्रो पक्षमा रहेन भन्दैमा रियल चुप लागेर बस्ने टिम पनि त होइन् । फेरि ला लिगाको उपाधि होडमा यिनै दुई टिम मात्र छन् । यसपल्टको ‘एल क्लासिको’ को अर्थ भनेकै यही हो ।