फाल्गुन १७, २०८२ आइतबार | ०८:४०:०७
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन

यसपल्ट साच्चै जित्छ त, आर्सनलले ?

काठमाडौं । अहिले आर्सनललाई के पो चाहियो भन्ने जस्तो स्थितिमा छ । उत्तरी लन्डनको यो क्लब इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा छ । त्यति मात्र होइन्, यही क्लब युरोपेली च्याम्पियन्स लिगको पनि शीर्ष स्थानमा छ । त्यसैले इमिरेट्समा अहिले जताततै खुसी छ ।

सबैभन्दा पहिले अंक तालिकातर्फ नै आँखा लगाऔं । प्रिमियर लिगमा आर्सनलको १२ खेलबाट २९ अंक भएको छ । आर्सनललाई शीर्ष स्थानमा ६ अंकको ठोस अग्रता प्राप्त छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले समान १२ खेलबाट २३ अंक जोडेको छ । अबको महिना दिनपछि लिग बीच बाटोमा पुग्नेछ । यति बेलासम्म यही अनुपातको अग्रता बनाइराख्न सके त्यो साच्चै राम्रो हुनेछ ।

च्याम्पियन्स लिगमा त आर्सनल अहिलेसम्म अपराजित मात्र होइने, आफूले खेलेका सबै खेलमा विजयी भएको छ । त्यसकै आधारमा उसको पाँच खेलबाट १५ अंक छ ।

यो भने आर्सनलको पछाडि रहेका पेरिस सेन्ट जर्मेन (पिएसजी), बायर्न म्युनिख, इन्टर मिलान र रियाल मड्रिड जस्ता टिममाथि तीन अंकको अग्रता हो । ती सबै ठूला क्लब १२ अंकमा छन् । अबको प्रश्न हो, के आर्सनलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा लिएको यो अग्रतालाई कायम राख्न सक्ला ? अझ मूल प्रश्न त के हो भने आर्सनलले के यी दुवै प्रतियोगिताको उपाधि जित्न सक्ला ?

प्रिमियर लिगका पछिल्ला तीन सिजन आर्सनल लगातार दोस्रो स्थानमा सीमित भयो । सिजनको सनसनीपूर्ण सुरुआत गरे पनि सिजन सकिँदा आर्सनल ट्वाल्ल भएर सिटी र लिभरपुलले लिग जितेको हेर्न बाध्य थियो ।

यो सिजन सुरु हुन अगाडि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भनेका थिए, ‘यसपल्ट पक्कै केही हुनेछ ।’ उनको आसय थियो, यो नै त्यो सिजन हुनेछ, जति बेला आर्सनलले साँच्चै केही जित्नेछ । यो ‘साँच्चै केही जित्ने’ को अर्थ चाहिँ के हो त ? प्रिमियर लिगका पछिल्ला तीन सिजन आर्सनल लगातार दोस्रो स्थानमा सीमित भयो । सिजनको सनसनीपूर्ण सुरुआत गरे पनि सिजन सकिँदा आर्सनल ट्वाल्ल भएर सिटी र लिभरपुलले लिग जितेको हेर्न बाध्य थियो ।

आर्सनलले पछिल्लो पटक लिग जितेको पनि सन् २००३–२००४ मा हो । आर्सनलले लिग जित्न नसकेको धेरै भइसकेको छ । जति बेला आर्सनलले त्यो लिग उपाधि जितेको थियो, त्यति बेला उसले एकै खेल पनि गुमाएको थिएन् । त्यो अति नै ठूलो उपलब्धी थियो, टिम आफैमा राम्रो त हुने भयो नै । त्यसयता आर्सनल केही खास अवसरमा उपाधिको नजिक त पुग्यो, तर अन्त्यतिर सधै खालि हात रह्यो ।

यो क्लबलाई लिएर डर भनेकै यही हो । अहिले पनि आर्सनल समर्थकलाई चिन्ता छ, कतै आफ्नो प्रिय क्लब लिग उपाधि जित्नबाट अन्तिम क्षणमा चुक्ने त होइन् । उनीहरूका लागि छ अंकको अग्रता पनि केही होइन्, किनभने यस्तो स्थितिमा आर्सनल यसअघि पनि थियो । ‘साँच्चै केही जित्ने’ को अर्थ खोज्नु पर्ने यहींनिर हो । जहाँसम्म च्याम्पियन्स लिगको कुरा छ, आर्सनलले त यो उपाधि अहिलेसम्म जित्नै सकेको छैन् ।

लिग चरणमा जति सुकै राम्रो गरे पनि आर्सनल नकआउटमा कहीँ कतै चिप्लिन बेर छैन् । यसअघि पनि यस्तै हुँदै आइरहेको थियो । आर्सनलले अहिले जसरी खेलिरहेको छ, त्यसको सार भने एउटै छ, यो क्लब यसपल्ट प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधिका लागि हकदार भने छ ।

अरू सबै ठूला इङ्लिस क्लबले कुनै न कुनै बेला च्याम्पियन्स लिग जितेका छन, तर आर्सनलले अहिलेसम्म यो शौभाग्य पाएको छैन् । त्यसैले अर्को डर के हो भने लिग चरणमा जति सुकै राम्रो गरे पनि आर्सनल नकआउटमा कहीँ कतै चिप्लिन बेर छैन् । यसअघि पनि यस्तै हुँदै आइरहेको थियो । आर्सनलले अहिले जसरी खेलिरहेको छ, त्यसको सार भने एउटै छ, यो क्लब यसपल्ट प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधिका लागि हकदार भने छ ।खालि के भने जित्नलाई खेल्नु पर्ने उसैले हो, निर्णायक रूपमा ।