काठमाडौं । साबिक विजेता लिभरपुलले बर्नमाउथसँग शुक्रबार राति एनफिल्डमा प्रतिस्पर्धा गरेसँगै इङ्लिस प्रिमियर लिगको सिजन २०२५/२६ को सिजन सुरु भएको छ । पहिलो साता नै म्यानचेस्टर युनाइटेडले आर्सनललाई आतिथ्यता गर्दै छ । त्यसैले यो सिजनको प्रिमियर लिग सुरुदेखि रोचक हुने अनुमान गर्न सकिन्छ ।
यसै सिजन बढुवा भएको लिड्स युनाइटेडले एभरटनलाई घरमा स्वागत गर्नेछ । सबै क्लबको व्यस्तता बढेको छ । अमेरिकामा फिफा क्लब विश्वकप जितेको चेल्सी केही नयाँ योजनासहित प्रिमियर लिगमा होमिएको छ ।
यो सिजन लिड्ससहित बर्नेली प्रिमियर लिगमा बढुवा भएको हो । दुवैलाई प्रिमियर लिगमा टिक्न निकै संघर्ष गर्नुपर्ने आँकलन गर्न सकिन्छ । विगतमा पनि बढुवा भएका टोली एकै सिजन टिक्न नसकी घटुवा भएका धेरै उदाहरण प्रिमियर लिगमा रहेको छ ।
सिजनको ७-८ महिना उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा चुक्ने गरेको आर्सनल त्यो घटना दोहोर्याउने पक्षमा छैन ।
२० क्लब प्रतिस्पर्धामा रहँदा साबिक विजेता लिभरपुल नै यसपालि पनि सबैभन्दा दाबेदार टोली हो । यसलाई पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी र मिकेल आर्टेटाको आर्सनलले चुनौती दिने नै छ । सिटी यस पटक नयाँ र पुराना खेलाडीको समिश्रणमा उत्कृष्ट कमब्याक गर्दै उपाधि फर्काउने योजनामा छ ।

यता, सिजनको ७-८ महिना उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा चुक्ने गरेको आर्सनल त्यो घटना दोहोर्याउने पक्षमा छैन । युनाइटेडलाई हराउँदै युरोपा लिग उपाधि जितेको टोटनहम पनि होडमा छ । प्रशिक्षक एन्ज पोस्टेकोग्लु नयाँ योजनासहित दोस्रो सिजन टोली हेर्दैछन् ।
पछिल्लो सिजन चौथो स्थान मुस्किलले प्राप्त गरेको चेल्सी पनि शीर्ष तीन क्लबलाई राम्रै चुनौती दिने योजनामा छ । त्यो लक्षण उसले फिफा क्लब विश्वकपमै देखाइसकेको छ । न्युकासल, एस्टन भिल्ला, नटिङघम फरेस्ट र ब्राइटनजस्ता खेलाडी यसपालि च्याम्पियन्स लिगमा स्थान बनाउने प्रयासमा हुनेछन् ।
लिड्स एकै सिजनमा माथिल्लो डिभिजनमा फर्किदाँ बर्नेली भने सन् २०२१-२२ को सिजन पछि माथिल्लाेकाे लिगमा उक्किएको हाे । यता सन्डरल्यान्ड सन् २०१६-१७ को सिजनपछि माथिल्लो श्रेणीको अनुभव बटुल्दै छ ।
पछिल्लो सिजन बिर्सनलायक प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेड पनि कम्तीमा च्याम्पियन्स लिगको लक्ष्यमा छ । तर, पछिल्लो सिजन ३८ मध्ये ११ खेलमात्रै जितेको टोलीले मात्र ४२ अंक जोडेर १५औं स्थान बनाएको थियो । यसपालि आफ्नो प्रभुत्व फर्काउन टोलीले निकै संघर्ष गर्नुपर्नेछ ।
पछिल्लो सिजन साउथह्याम्पटन, इप्सविच टाउन र लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएका थिए । यस सिजन लिड्स, बर्नली र सन्डरल्यान्डले उनीहरूको स्थान लिनेछन् । लिड्स च्याम्पियन हुँदा सन्डरल्यान्डले सेफिल्ड युनाइटेडलाई प्लेअफमा हराएर प्रिमियर लिगमा स्थान बनाएको थियो ।

लिड्स एकै सिजनमा माथिल्लो डिभिजनमा फर्किदाँ बर्नेली भने सन् २०२१-२२ को सिजन पछि माथिल्लाेकाे लिगमा उक्किएको हाे । यता सन्डरल्यान्ड सन् २०१६-१७ को सिजनपछि माथिल्लो श्रेणीको अनुभव बटुल्दै छ ।
लिभरपुरलाई २०औं पटक प्रिमियर लिग उपाधि जिताएका आर्ने स्लटले पनि उपाधि रक्षा गर्न नयाँ खेलाडी भित्र्याएका छन् । दुर्घटनाबाट ज्यान गुमाएका लुइस डियाजको शोकमा हुनेछ लिभरपुल । डियाजको जर्सी नम्बर १० सिजनभर कसैले प्रयोग नगर्ने प्रस्ट पारिसकेको छ ।
प्रिमियर लिगमा गोलकिपरले ८ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राख्न पाउने छैनन् ।
क्लबले जर्मन चर्चित मिडफिल्डर फ्लोरियन विर्ट्सलाई भित्र्याएको छ । उनलाई बायर लेभरकुजनबाट ल्याउँदा एक सय मिलियन पाउन्ड खर्च गरिएको छ । कीर्तिमानी मूल्यमा न्युकासलका स्ट्राइकर एलेक्जान्डर इसाक ल्याउने योजनामा लिभरपुल छ । लेफ्ट ब्याक मिलोस केर्केज बर्नमाउथ र राइट ब्याक जेरेमी फ्रिमपोङ लेभरकुजनबाटै भित्र्यााइसकेको छ ।
तीन सिजन उपविजेता आर्सनलका अर्टेटाले पनि नयाँ खेलाडीमाथि बढी ध्यान दिएका छन् । उनले डिफेन्सिभ मिडफिल्डर मार्टिन जुविमेन्डी स्पेनिस क्लब रियाल सोसिडाड र विङ्गर नोनी माडुकेलाई चेल्सीबाट भित्र्याएका हुन् ।
म्यानचेस्टर सिटीले भने यो सिजन केभिन डी ब्रुयनालाई बिदाइ गर्दा एसी मिलानका अनुभवी मिडफिल्डर टिजानी रेइजान्डर्सलाई ल्याएको छ । बालोन डी’अर जितेका रोड्री यो सिजन रिकभरीपछि कमब्याक हुँदा सिटी थप हौसिएको छ ।

नियम परिवर्तन
प्रिमियर लिगको नियममा पनि केही फरक महसुस हुनेछ । गोलकिपरलाई भने केही नियन्त्रणमा राख्ने योजना प्रिमियर लिगको छ । अब, प्रिमियर लिगमा गोलकिपरले ८ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राख्न पाउने छैनन् । यदि यस्तो भएमा रेफ्रीले विपक्षी टिमलाई सिधै कर्नरको अवसर दिन सक्नेछ ।
रेफ्रीले बल चलाउन गोलकिपरलाई ५ सेकेन्डको समय दिनेछ । त्यसमा गोलकिपर तयार नभए इन्डाइरेक्ट फ्रिकिक दिइनेछ । यो नियम लागू भएपछि समय बर्बाद गर्ने गोलकिपरको नियतलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
अर्काे ठूलो परिवर्तन भनेको रेफ्रीसँग कप्तानले मात्रै अपिल गर्न पाउनेछ । अनुमतिविना रेफ्रीलाई अपिल गर्नेले सिधै पहेंलो कार्ड पाउनेछ । यदि कप्तान गोलकिपर हो भने उसले रेफ्रीलाई खेलअघि नै आफ्नो वैकल्पिक खेलाडी प्रदान गर्नुपर्नेछ । खेलाडी पेनाल्टी प्रहार गर्दा लडेर बल छोएको अवस्थामा पुनः पेनाल्टी प्रहार गर्न दिइनेछ ।