काठमाडौं । मैले फुटबल खेल्ने समयदेखि नै नर शमशेरलाई चिनेको थिएँ । हामीले खेल्दा उहाँ रेफ्री पनि रहनुभएको थियो । आफ्नो समयमा नेपाली खेल प्रवद्र्धन गर्ने भनेकै उहाँले हो । नेपाली खेलकुदमा उहाँको अतुलनीय योगदान छ । नेपाली इतिहाससँग जोडेर उहाँको आलोचना पनि हुने गर्छ । तर उहाँले हामीसँगको कुराकानीमा त्यसबारे प्रस्ट पार्ने प्रयास गर्नुभएको मलाई राम्रोसँग सम्झना छ ।
इतिहासका अनुसार सहिद धर्मभक्तलाई गोली प्रहार गर्ने उहाँ नै हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘धर्मभक्त मेरो आफ्नै गुरु हुनुहुन्छ । मैले उहाँलाई छट्पटिएर मृत्यु आत्मसात् गर्न संघर्ष गरिरहेको देखेको थिएँ । मैले गोली प्रहार गरेमा उहाँ त्यो स्थितिमा रहनु हुने थिएन । त्यसैले मैले गोली हानेको थिएँ । नत्र उहाँलाई छट्पटिएर मरोस् भनिएको थियो ।’
नर शमशेर जनरल हुनुहुन्थ्यो । उहाँले अर्काको राइफल लिएर गोली प्रहार गर्नुभएको थियो । उहाँले गोली नहानेको भए पनि धर्मभक्त बाँच्ने अवस्था थिएन भन्ने उहाँको तर्क थियो । धर्मभक्त झुन्डिरहनुभएको थियो, अझ बढी समय झुन्डिएर मृत्युवरण गर्न बाध्य हुन्थ्यो ।
हामीले त्यही बेला पनि यो घटनाबारे सुनेका थियौं, तर नर शमशेर अगाडि यसबारे कुराकानी गर्ने आँट कसको हुन्थ्यो र ? तर मैले एक प्रकारले ग्लानिले भरिएको आत्मस्वीकारोक्ति मैले उहाँकै मुखबाट सुनेको हुँ ।
नर शमशेर स्वयं भने ललितपुरमा बस्नुहुन्थ्यो । हामी पनि ललितपुरकै भएको हुनाले उहाँसम्म नजिक हुने अवसर पायौं ।
यो एउटा खास घटना अलग राख्ने हो भने नेपालमा धेरैभन्दा धेरै खेल भित्र्याउने नै उहाँ हो । त्यसमा कुनै दुविधा हुनुपर्दैन । उहाँ तत्कालीन पश्चिम बंगालको कोलकाता जानुभएको थियो । त्यसैले उहाँको विशेष लगाव फुटबलमा रह्यो । यसक्रममा अरू धेरै खेलको जग नेपालमा बसाउने पनि उहाँ नै हो । फुटबलमा पनि त्यही जमानामा भारतबाट खेलाडी ल्याएर महावीरबाट खेलाउनुभयो ।
उहाँले आफ्नै सक्रियताले फुटबलका विभिन्न प्रतियोगिता पनि गर्नुभयो । उहाँसँग संगतका आधारमा म के भन्न सक्छुं भने उहाँ भलादली नै हुनुहुन्थ्यो । राणा शासनको बेला अनेक अन्याय अत्याचार भए, त्यसैले धेरै राणा विरोधी नै थिए । पछि पनि यो क्रम जारी रह्यो । नर शमशेर स्वयं भने ललितपुरमा बस्नुहुन्थ्यो । हामी पनि ललितपुरकै भएको हुनाले उहाँसम्म नजिक हुने अवसर पायौं ।त्यसैले पनि उहाँ ललितपुरवासीको धेरै कुरा सुन्नुहुन्थ्यो । त्यसैले पनि हामीलाई उहाँ राम्रै लाग्थ्यो । आगा खाँ गोल्डकप खेल्ने तत्कालीन पूर्वी पाकिस्तान जाने क्रममा उहाँसँग अझ नजिक हुने अवसर पाएँ मैले । कोलकातामै गएर फुटबल खेलेको हुनाले उहाँसँग यो खेलबारे राम्रो ज्ञान थियो नै । उहाँको घर जाँदा कोलकातामा छँदा फुटबल खेल्दाको जर्सी यही हो भनेर पनि देखाउनुहुन्थ्यो । (क्रमशः)
यो पनि
https://kheladi.com/football/27278
https://kheladi.com/football/27177
https://kheladi.com/football/27078
https://kheladi.com/football/27003
https://kheladi.com/football/26920
https://kheladi.com/football/26732
https://kheladi.com/football/26652
https://kheladi.com/football/26652
https://kheladi.com/football/26434