पुस २७, २०८२ सोमबार | ०९:१५:३४
श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज
शनिबारको दिन

पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको

काठमाडौं । खासमा यो प्रतियोगिता मरिसकेको स्थितिमा थियो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई के लाग्यो भने यसलाई फेरि ब्युँझाउनुपर्छ । आइसिसीको सनकमा रोकिएको र अब फेरि अगाडि बढ्न लागेको च्याम्पियन्स ट्रफी अर्को सातादेखि पाकिस्तान र यूएईमा सुरु हुँदै छ ।

बुधबार पहिलो खेलमा भिड्ने छ आयोजक पाकिस्तान र न्युजिल्यान्ड । पाकिस्तान त प्रतियोगिताको सबिक विजेता पनि हो । अबको केही साता विश्व क्रिकेट वान डे क्रिकेटको यही प्रतियोगितामा रम्ने छ । त्यो भनेको फेब्रुअरी १९ देखि मार्च ९ सम्म । त्यसो त एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप नै भयो । यो आयोजना हुन्छ प्रत्येक चार वर्षमा । यो नै सर्वोच्च प्रतियोगिता भयो ।

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । यसको छनोट भने पछिल्लो विश्वकपकै आधारमा भएको हो । सन् २०२३ को विश्वकपमा शीर्ष सात स्थानमा रहने टिम यो प्रतियोगिताका लागि छनोट भएका छन् ।

एक दिन आइसिसीलाई के लाग्यो भने यो विश्वकपको महत्व बढाउने हो भने अर्को च्याम्पियन्स ट्रफीको काम छैन । त्यसैले सन् २०१७ को संस्करण पनि आयोजना भएन । अब त्यसको आठ वर्षपछि यो फेरि अस्तित्वमा आएको छ । यो प्रतियोगिता सुरु भएको चाहिँ सन् १९९८ देखि हो । त्यति बेला ठूलै तामझामबीच यो प्रतियोगिता सुरु भएको थियो ।

यसपल्टको प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय त भयो । तर विवाद र अन्योल यहीं सकिएन । पाकिस्तानमा गएर नखेल्ने भारतीय जिद्दी कायम रह्यो । फेरि एकपल्ट आइसिसी भारतसामु नतमस्तक नै रह्यो । नतिजा प्रतियोगिता युएईको दुबइमा पनि हुने भयो । यसको अर्थ के भन्दा भारतको जति पनि खेल हुनेछ, ती दुबइमा हुनेछन् ।

प्रतियोगिताको ट्रफी । 

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । यसको छनोट भने पछिल्लो विश्वकपकै आधारमा भएको हो । सन् २०२३ को विश्वकपमा शीर्ष सात स्थानमा रहने टिम यो प्रतियोगिताका लागि छनोट भएका छन् । पाकिस्तानले भने आयोजकका रूपमा प्रवेश पाएको हो । सहभागी यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान, भारत, न्युजिल्यान्ड र बंगलादेश तथा अर्को समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् ।

लिग चरणमा एउटा टिमले अर्कोसँग एक एकपल्ट खेल्नेछन् । यो चरण समाप्तिमा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसको अर्थ प्रतियोगिता सबैले बुझ्ने नियमअन्तर्गत हुन लागेको छ ।

च्याम्पियन्स ट्रफीअघिको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्दै भारत र इङ्ल्यान्ड ।

यही प्रतियोगिताका क्रममा फेरि एकपल्ट भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्विता फेरि एकपल्ट नवीकरण हुनेछ । फेब्रुअरी २३ मा यो खेल परेको छ । त्यो दिन फेरि एकपल्ट सबै क्रिकेटप्रेमीको नजर यही खेलमा पर्नेछ । दुबइमा हुने यो खेल दिवारात्रि हुनेछ । भनिन्छ, जतिबेला भारत र पाकिस्तान क्रिकेट मैदानमा ओर्लिन्छन्, त्रिकेटमा यत्तिको खेल अरू हुनै सक्दैन ।

प्रतियोगिताको उपाधिका लागि बलियो प्रत्याशी चाहिँ को हो त ? यसको उत्तरमा यिनै दुई देश अगाडि छन्, भारत र पाकिस्तान । त्यसपछि अस्ट्रेलियालाई पनि बलियो नै मान्न सकिन्छ । तर, क्रिकेट आफैंमा अनिश्चितताको खेल हो भने सबै प्रकारका सम्भावना उत्तिकै खुला छन् ।

च्याम्पियन्स ट्रफीअघि प्रतिस्पर्धा गर्दै न्युजिल्यान्ड र पाकिस्तान ।