कार्तिक २९, २०८२ शनिबार | ०१:४४:३१
कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर
शनिबारको दिन

कर्णालीको लक्ष्य च्याम्पियन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा भारतका पूर्व ओपनर शिखर धवन भित्र्याएर सनसनी मच्चाएको टिम हो, कर्णाली याक्स । पहिलो संस्करण टिमको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्ससँग रहेपनि यसपटक कर्णाली याक्स स्पोर्टस् प्रा.लीसँग रहेको छ । मालिकमा झनकदत्त खनाल र गृहेन्द्र घिमिरे छन् ।

पहिलो संस्करणमा ज्ञानेन्द्र मल्ललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्रमाथि नै विश्वास राखेको छ । उनैको प्रशिक्षणमा कर्णालीले पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो । टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । नेपाली क्रिकेटमा सफल यी दुई व्यक्ती कर्णाली याक्सलाई च्याम्पियन बनाउने योजनामा छन् ।

नेपालको मध्यपश्चिमको प्रतिनिधित्व गर्ने यस टिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामी छन् । र, दोस्रो प्रतियोगितामा कर्णाली सोमपालकै कप्तानीमा मैदान उत्रिँने निश्चित छ ।

पहिलो संस्करणमा शिखर भित्र्याएर चर्चाको शिखरमा रहेको कर्णालीले यसपटक विदेशी खेलाडीमा भारतका अर्का ब्याटर प्रियांक पन्चालमाथि विश्वास देखाएको छ । यस्तै, अफगानिस्तानका पूर्व कप्तान नजिबुल्लाह जद्रान, भारतका जयकिसन कोल्सावाल, अस्ट्रेलियाका विलियम बोसिस्टो, स्कटल्यान्डका जेम्स वाट र नेदरल्यान्ड्सका म्याक्स ओ डाओडलाई अनुबन्धित गरेको छ ।

टिमले यसअघि पहिलो संस्करणमा कर्णालीको प्रतिनिधित्व गरेका सात खेलाडीलाई रिटेन गरेको थियो । जसमा मार्की सोमपालसँगै राष्ट्रिय टिममै रहेका नन्दन यादव, गुल्सनकुमार झा पनि छन् । यसैगरी विपिनप्रसाद जोशी, दीपेन्द्र रावत, अर्जुन घर्ति, युनिससिंह ठकुरी कर्णालीले रिटेन गरेका अरु युवा खेलाडी हुन् । विपिन, दीपेन्द्र, अर्जुन र युनिस कर्णाली प्रदेशकै हुन् । कर्णालीले अक्सनबाट भने पवन सर्राफ, युवराज खत्री, इमराख सेख र दीपक डुम्रेलाई भित्र्याएको थियो ।

प्लेयर्स टू वाच

त्यसो त औसत नाम रहे पनि कर्णालीको विदेशी खेलाडी सन्तुलित देखिन्छ । जसमा भारतका पन्चाल सबैभन्दा महत्वपूर्ण सावित बन्न सक्नेछन् । भारतको सिनियर राष्ट्रिय टिमबाट खेल्ने अवसर नपाए पनि पन्चालले भारतको घरेलु क्रिकेटमा भने बेग्लै पहिचान बनाएका छन् । ३५ वर्षीय पन्चालले गुजरातबाट रणजी ट्रफीमा प्रतिनिधित्व गर्दै आएका छन् । हालैमात्र हङकङमा भएको हङकङ अन्तर्राष्ट्रिय सिक्सेसमा उनले भारतको प्रतिधिनित्व गरेका थिए ।

रणजी ट्रफीमा उनले गुजरातबाट हालसम्म १२७ खेल खेल्दा कुल आठ हजार ५६६ रन बनाएका छन् । यसक्रममा उनले २९ शतक र ३४ अर्धशतक प्रहार गरेका छन् । यस्तै, लिस्ट एमा पनि उनको प्रदर्शन प्रभावशाली छ । उनले लिस्ट एमा ९७ खेल खेल्दा आठ शतकसहित २१ अर्धशतकसहित तीन हजार ६७२ रन बनाएका छन् । यही प्रदर्शनले पनि उनलाई कर्णाली टिमको प्लेयर्स टू वाच बनाउँछ । घरेलु क्रिकेटरमध्ये गुल्सन झा र घरेलु क्रिकेटमा प्रदर्शनका निम्ति मञ्च कुरिरहेका पवन सर्राफ पनि कर्णालीको हेर्नलायक खेलाडीमा पर्छन् ।

गत वर्षको प्रदर्शन

कर्णालीले गत वर्ष लिग चरणमा चौथो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । जहाँ लिग चरणका सात खेलमध्ये कर्णालीले चार खेलमा जित र तीन खेलमा हारको नतिजा आत्मसात गरेको थियो । कर्णालीले पहिलो संस्करणमा जनकपुर र काठमाडौंविरुद्ध क्रमशः आठ र तीन विकेटको हार बेहोरेको थियो ।

तेस्रो खेलमा चितवनविरुद्ध ६ विकेटको जित निकालेसँगै लयमा फर्किएको कर्णालीले यसपछि क्रमशः विराटनगरलाई सात रनले, पोखरालाई सात विकेटले र लुम्बिनीलाई पाँच रनले हराएको थियो । यस्तै, लिग चरणको अन्तिम खेलमा भने कर्णालीले सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो ।

प्लेअफमा कर्णालीले चितवनविरुद्ध २१ रनको जित निकालेको थियो । तर, दोस्रो क्वालिफायरमा जनकपुरसँग दुई विकेटको हार बेहोरेसँगै कर्णालीको यात्रामा पूर्णविराम लागेको थियो ।

बलियो र कमजोर पक्ष

ब्याटिङ लाइनअप बलियो बनाउन कर्णालीले यो पटक भारतका पन्चालसँगै कोल्सावाललाई भित्र्याएको छ । यस्तै, डच टिमका ओ डाओडड पनि आवश्यकताअनुसारको ब्याटिङ गर्न क्षमता राख्छन् । गुल्सन झा, पवन सर्राफ र सोमपाल पनि अलराउन्डर प्रदर्शनको क्षमता राख्दछन् । 

काठमाडौंविरुद्धको अभ्यास खेलमै पवनले ९६ रन बनाएका थिए । यसैकारण यो टिमको बलियो पक्ष ब्याटिङ मान्न सकिन्छ । तर, बलिङमा सोमपाल, नन्दनसँगै युवा प्रतिभा विपिन र युवराजसँगै बासिस्टो र वाटको उपस्थितीले टिमलाई सन्तुलित बनाएको छ । पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको कर्णालीबाट दोस्रो संस्करणमा पनि स्वभाविकैले सोही प्रदर्शन अपेक्षा समर्थकको छ ।

कर्णालीकाे टिम

रिटेन गरेका खेलाडीः  साेमपाल कामी (मार्की),  नन्दन यादव, गुल्सनकुमार झा, विपिनप्रसाद जोशी, दीपेन्द्र रावत, अर्जुन घर्ति, युनिससिंह ठकुरी 

मिनी अक्सनबाट अनुबन्ध: पवन सर्राफ, युवराज खत्री, इमराख सेख, दीपक डुम्रे

विदेशी खेलाडीः  प्रियांक पन्चाल,नजिबुल्लाह जद्रान, जयकिसन कोल्सावाल, विलियम बोसिस्टो, जेम्स वाट, म्याक्स ओ डाओड

प्रशिक्षकः ज्ञानेन्द्र मल्ल