मंसिर ३, २०८२ बुधबार | १०:१९:२२
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन

वेस्ट इन्डिजसँग नेपालको इतिहास रच्ने अवसर

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक ट्वान्टी-२० शृंखलाको पहिलो खेल शनिबार हुँदैछ । खेल युएईको शारजहाँ क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।

वेस्ट इन्डिजले शृंखलाका लागि आफ्ना केही अनुभवी खेलाडीलाई विश्राम दिँदै ५ नयाँ अनुहार समेटेर टोली घोषणा गरेको छ ।

भारतसँगको टेस्ट शृंखलाका कारण वेस्ट इन्डिजले रोस्टन चेज, साइ होप, जेडन सिल्सजस्ता आफ्ना केही प्रमुख खेलाडीलाई विश्राम दिएको हो । अकिम अगस्टे, नवीन विदैसी, जिना मोतारा, रामोन सिमोन्ड्स र आमिर जाङ्गु नयाँ अनुहारका रूपमा छन् ।

सन्तुलित टोली घोषणा गरेको वेस्ट इन्डिजले कप्तान अकिल हुसेनसहित जेसन होल्डर, कायल मायर्स, ओबेड म्याककोय, केसी कार्टी, फाबियन एलनजस्ता अनुभवी खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

यता नेपालले रोहित पौडेलको कप्तानीमा मैदान उत्रन बलियो टोली तयार पारेको छ । टोलीमा अलराउन्डर आदिल आलम अन्सारी र ब्याटर सन्दीप जोराले पुनरागमन गरेका छन् ।

आदिल लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । उनले पछिल्लो पटक सन् २०२२ मा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । जोरालाई २०२४ को आइसिसी ट्वान्टी–२० विश्वकपपछि पहिलो पटक टोलीमा समावेश गरिएको हो ।

मातृशोकका कारण अस्ट्रेलियामा भएको टप एन्ड ट्वान्टी–२० शृंखला तथा अभ्यास खेल गुमाएका बलर ललितनारायण राजवंशी पनि टोलीमा फर्किएका छन् ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिज नेपालका लागि छैटौं टेस्ट मान्यताप्राप्त प्रतिद्वन्द्वी हो । यसअघि नेपालले बंगलादेश, भारत, दक्षिण अफ्रिका, जिम्बावे र आयरल्यान्डको सामना गरिसकेको छ ।

विशेष गरी आसन्न ट्वान्ट-२० विश्वकप एसिया छनोटका लागि यस शृंखला निकै अर्थपूर्ण रूपमा हेरिएको छ । छनोटमा सहभागी हुनुअघि नेपालको यो अन्तिम तयारी हुनेछ ।

नेपालले पहिलो पटक कुनै आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको हो । नेपालले हालसम्म पूर्ण सदस्यलाई ट्वान्टी-२० अन्तर्राष्ट्रियमा हराउन सकेको छैन ।

पूर्ण सदस्य राष्ट्रविरुद्ध नेपालको प्रदर्शन

नेपाली क्रिकेट टोलीले हालसम्म आइसिसीको पूर्ण सदस्य (टेस्ट, एकदिवसीय र ट्वान्टी-२०) सबै मान्यताप्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन ।

नेपालले यी राष्ट्रयसँग कुनै प्रतियोगितामा मात्र खेल्ने अवसर पाउने गरेको छ । हालसम्म पूर्ण सदस्य टोलीविरुद्ध जित निकाल्न सकेको छैन । हाल पूर्ण सदस्य भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को ट्वान्टी-२० विश्वकपमा हराएको भए पनि त्यसबेला अफगान पूर्ण सदस्य राष्ट्र भइसकेको थिएन ।

 वेस्ट इन्डिजलाई हराएमा नेपालका लागि ट्वान्टी-२० क्रिकेटमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिज नेपालका लागि छैटौं टेस्ट मान्यताप्राप्त प्रतिद्वन्द्वी हो । यसअघि नेपालले बंगलादेश, भारत, दक्षिण अफ्रिका, जिम्बावे र आयरल्यान्डको सामना गरिसकेको छ । सन् २०१४ मा अफगानिस्तानको खेल त्यतिबेला एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन ।

वेस्६ इन्डिजविरुद्धको शृंखलाका लागि युएई पुगेको नेपाली टोली, तस्विरः सरोज सापकोटा/खेलाडी  । 

नेपालले जिम्बावे, बंगलादेश र आयरल्यान्डसँग समान एक तथा भारत र दक्षिण अफ्रिकासँग एक पटक खेलेको छ । यी आठै खेलमा नेपाल पराजित भएको छ ।

पछिल्लो पटक सन् २०२४ मा भएको ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले मात्र पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो ।

इतिहास बनाउने अवसर

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपालका लागि इतिहास बनाउने अवसर पनि हो । यदि वेस्ट इन्डिजलाई हराएमा टोलीका लागि ट्वान्टी-२० क्रिकेटमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

नेपाललाई  शृंखला नै आफ्नो पक्षमा पार्ने अवसर पनि छ । त्यसो भएमा नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको ऐतिहासिक द्विपक्षीय शृंखलामा ऐतिहासिक जित पनि हुनेछ ।

वेस्ट इन्डिजले सन् २०२५ मा १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा मात्र २ मा जित दर्ता गरेको छ । 

दुवै टोलीको लय

यस शृंखला खेल्नुअघि नेपालको लय मिश्रित छ । यद्यपि वेस्ट इन्डिजको खराब लय कायम छ ।

नेपालले सन् २०२५ मा आठ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले ४ जित र २ हारको नतिजा निकालेको छ । २ खेल भने नतिजाविहीन बन्यो ।

हङकङमा भएको चारदेशीय शृंखलामा नेपालले समूह चरणमा कतार र कुवेतलाई हराउँदा हङकङसँगको खेल वर्षाले रद्द भएको थियो । उक्त शृंखलाको फाइनलमा नेपालले कुवेतसँग ३ रनको हार बेहोरेको थियो ।

त्यसपछि स्कटल्यान्डमा भएको शृंखलामा नेपालले २ खेल जित्दा १ मा स्पष्ट हार बेहोरेको थियो  । तीन पटक सुपर ओभरमा पुगेको एक खेल पनि नेपालले गुमाएको थियो ।

यता वेस्ट इन्डिजको लय भने खराब छ । वेस्ट इन्डिजले सन् २०२५ मा १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दा मात्र २ मा जित दर्ता गरेको छ । इङ्ल्यान्डसँगको ३ खेलको शृंखलामा सबै खेल गुमाएको वेस्ट इन्डिजले आयरल्यान्डविरुद्ध जित निकाल्यो ।

त्यसपछि अस्ट्रेलियासँग लगातर ५ खेलमा पराजित वेस्ट इन्डिजले पाकिस्तानसँग दुई हार र एक जितको नतिजा निकालेको थियो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो पटक वेस्ट इन्डिजको सामना गर्न लागेको हो । तर यी दुई टोलीले एकपटक एकदिवसीय अन्तर्राष्ट्रियमा भने प्रतिस्पर्धा गरिसकेका छन् ।

तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सबै खेल हारेको वेस्ट इन्डिजले त्यसपछि आयरल्यान्डलाई हराउँदा अस्ट्रेलियासँग लगातार ५ हार बेहोेर्यो भने पाकिस्तानसँग १ खेल जित्दा २ खेलमा हार बेहोरेको थियो ।

वेस्६ इन्डिजविरुद्ध ब्याटिङ गर्दै रोहिकुमार पौडेल (बायाँ) र दीपेन्द्रसिं ऐरी, तस्विरः क्यान । 

नेपाली टोली उत्साही

यो शृंखलाअघि नेपालले नेपालले अस्ट्रेलियामा टप एन्ड ट्वान्टी–२० शृंखला र स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । अस्ट्रेलियामा भ्रमणअघि नेपाली टोलीले भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीको प्रशिक्षण सिविरमा १२ दिन बिताएको थियो । उक्त सिविरमा बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडीले सहभागिता जनाएका थिए । बाँकी खेलाडीले भने नेपालमै नियमित प्रशिक्षण जारी राखेका थिए ।

नेपालका कप्तान रोहित पौडेल शृंखलाका लागि उत्साहित रहेको बताउँछन् ।  ‘वेस्ट इन्डिज शृंखलाका लागि हामी तयार छौं । अस्ट्रेलिया र भारतको एक्सपोजरले हामीलाई धेरै सहयोग पुर्याएको छ,’ बिदाइ कार्यक्रममा कप्तान रोहितले भनेका थिए, ‘ऐतिहासिक शृंखलाका लागि उत्साही छौं ।  हाम्रा लागि यो एक्सपोजरको एक राम्रो अवसर हो । शृंखलामा उत्कृष्ट प्रदर्शन प्रयास हुनेछ ।’

नेपाल र वेस्ट इन्डिजको इतिहास

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो पटक वेस्ट इन्डिजको सामना गर्न लागेको हो । तर यी दुई टोलीले एकपटक एकदिवसीय अन्तर्राष्ट्रियमा भने प्रतिस्पर्धा गरिसकेका छन् ।

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत २०२३ मा भएको खेलमा नेपालले १०१ रनको फराकिलो हार बेहोरेको थियो । नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पनि खेलिसकेको छ । सन् २०२४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पाँच खेलको शृंखला नेपालले ३–२ ले गुमाएको थियो ।

शृंखलाको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपालले त्यसपछि तीन खेल क्रमशः १०, ७६ र २८ रनले गुमाएको थियो । पाँच तथा अन्तिम खेलमा निकालेको ६ विकेटको जित नेपालका लागि सान्त्वना बनेको थियो ।