काठमाडौं । युएईको दुबईमा चलिरहेको ट्वान्टी-२० एसिया कप क्रिकेटको फाइनलमा तिनै दुई टिम भिड्ने भएका छन्, जसको अपेक्षा थियो । त्यो भनेको भारत र पाकिस्तान । कुनै पनि खेल असाध्यै लोकप्रिय हुन चर्को प्रतिद्वन्द्विता चाहिन्छ । क्रिकेटमा यस्तै केही खास प्रतिद्वन्द्विता छ । त्यसमा एउटा हो, दुई छिमेकी देश भारत र पाकिस्तानबीचको खेल । कुनै समय यो विश्व क्रिकेटको ‘ब्लकबस्टर्स’ खेल हुने गथ्र्यो ।
त्यसै पनि भारत र पाकिस्तानमा क्रिकेट त्रिकेटमात्रै होइन, यो धर्म हो भनिन्छ । त्यसमाथि यी दुई देश एक आपसमा शत्रु नै हुन् भन्दा परक पर्दैन । कुनै बेला एकै देश थिए, पछि छुट्टिए । अनेक युद्धमा एकापसविरुद्ध लडिसकेका छन् । अझ आणविक अस्त्रले सुसज्जित देश हुन् । विश्व त्रिकेटलाई सबैको ध्यान खिच्न यी दुई देशबीचको खेल भए पुग्छ ।
त्यसैले यो विश्व क्रिकेटका लागि वरदान भयो । तर होइन, केहीले अब यसलाई अभिशाप पनि भन्न थालेका छन् । किन त ? यसको उदाहरण त यही एसिया कप नै भयो । फाइनल भेट दुई टिमबीचको तेस्रो खेल हुनेछ, यही प्रतियोगितामा । यसअघिका दुई खेल मैदानको क्रिकेटभन्दा बाहिरको क्रियाकलापले बदनाम जस्तै रह्यो । सबैभन्दा पहिले भारतीय खेलाडीहरूले आफ्ना पाकिस्तानी समकक्षीसँग हातै मिलाउन चाहेनन् ।
, भारतले यसपल्टको एसिया कपमा पाकिस्तानविरुद्धका दुवै खेल सजिलै जित्यो ।
टसकै बेला पनि भारतीय कप्तान सूर्यकुमार यादवले हात मिलाउन औपचारिकता पनि पूरा गरेनन् । उल्टै भने, केही कुरा खेल भावनाभन्दा पनि ठूलो हुन्छ । खेल सकिएपछि दुवै टिमका खेलाडीले पालो–पालो हात मिलाउने प्रचलन छ । त्यो पनि भएन । दोस्रो खेलमा पनि यस्तै भयो । पाकिस्तानी खेलाडी पनि के कम र ? मैदानमा उनीहरूले त्यस्तो हाउभाऊ देखाए । मानौं, बम हानिएको छ, युद्धक विमान खसालिएको छ ।
यसक्रममा साँच्चै त्रिकेटको मैदानमा ठ्याक्कै खेल भावना देखिएन । त्यसै पनि क्रिकेटलाई भलाद्मीको खेल भनिन्छ । तर अचेल भारत र पाकिस्तानबीच क्रिकेट हुँदा यो भलाद्मीपन हराउँछ र दुत्कार मात्रै देखिन्छ । यी दुई टिम भिड्दा क्रिकेट नै बदनाम हुन थालेको छ । खासमा भारत र पाकिस्तानबीच पछिल्लो समय असाध्यै धेरै तनावको स्थिति छ, पछिल्लो पटक यी दुई देशबीच चार दिन युद्ध चलेको थियो ।
भारतको नियन्त्रणमा रहेको काश्मिरमा भएको आतंककारी आक्रमणपछि दुई देश युद्धकै भयावह स्थितिमा पुगेका थिए । अहिले त्यसकै तरंग क्रिकेटमा देखापरेको छ, जुन कुनै पनि अर्थमा सही होइन । अब अर्को कुरा, भारतले यसपल्टको एसिया कपमा पाकिस्तानविरुद्धका दुवै खेल सजिलै जित्यो । एक प्रकारको अनुमान गर्न सकिन्छ, आइतबार हुने फाइनल एकपक्षीय हुन बेर छैन, भारतको पक्षमा ।तिनै भारतीय कप्तान सूर्यकुमारले त केसम्म भनिसकेका छन् भने पाकिस्तान त अब आफूहरूका लागि टक्कर दिनसक्ने हैसियत भएको टिम रहेन । योभन्दा कडा प्रतिक्रिया के होला र ? साँच्चै अचेल पाकिस्तानी क्रिकेटको स्तर खस्केको छ । उनीहरू विश्व क्रिकेटमा बलियो चुनौती पेस गर्ने टिम नै रहन छाडेका छन् । यो सबै पृष्ठभूमिमा अचेल भारत र पाकिस्तान क्रिकेटमा होमिदाँ त्यो चमक केही रहेन, जुन पहिले रहने गथ्र्यो ।