चैत्र २, २०८१ शनिबार | ०५:२६:३१
एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने
शनिबारको दिन आइसिसी

विश्व क्रिकेटमा भारतको दादागिरी

काठमाडौं । यो जहाँबाट सुरु भएको थियो, त्योभन्दा १ हजार किलोमिटर पर अन्त्य भयो । र, जहाँ अन्त्य हुनुपर्यो त्यहाँबाट २ हजार किलोमिटर ।

भारतले गत आइतबार दुबईमा सम्पन्न फाइनलमा न्युजिल्यान्डविरुद्ध ४ विकेटको जित निकाल्दै आइसिसी च्याम्पियन्स ट्रफी-२०२५ को उपाधि उचाल्यो ।

यो जितसँगै भारतले ‘ह्वाइट बल’ क्रिकेटमा आफू बलियो टोली भएको सन्देश दिएको छ । पछिल्लो दुई वर्षदेखि सीमित ओभरको क्रिकेटमा दबदबा बनाएको भारतले लगातार तीन प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।

त्यसमा सन् २०२३ को एकदिवसीय विश्वकप फाइनल र २०२४ को ट्वान्टी-२० विश्वकप फाइनल समावेश छ । यसमध्ये घरेलु मैदानमै सम्पन्न एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजय बेहोर्दा भारतले ट्वान्टी-२० विश्वकपको उपाधि जित्दै हारमा केही मलम लगायो ।

च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएपछि गत डिसेम्बरमा भारतले आयोजक राष्ट्रको यात्रा नगर्ने जनायो । दुई छिमेकी राष्ट्रबीचको लामो समयदेखि चलेको राजनीतिक तनावका कारण भारतीय टिमले सरकारबाट यात्रा अनुमति पाएन । 

तर, जब हजारौं भारतीय समर्थकहरू मरुभूमिमा निर्मित सहर दुबईमा उत्सव मनाइरहँदा यस प्रतियोगिताको निष्ठुर अनिवार्यतामा भने विश्व क्रिकेट चलाउनेहरूलाई चेतावनीको संकेतको रूपमा कार्य गर्नुपर्छ ।

च्याम्पियन्स ट्रफीको फाइनलमा प्रतिस्पर्धा गर्दै भारत र न्युजिल्यान्ड, तस्विरः बिसिसीआइ ।

आयोजना अधिकार पाकिस्तानले पाए पनि च्याम्पियन्स ट्रफी सुरुआतदेखि नै भारतको जस्तो देखिन्थ्यो । प्रतियोगिताका केही खेलहरू पाकिस्तानमा हुँदा दुबईमा भारतको प्रदर्शनी खेलमात्र सञ्चालन भएजस्तो भान भएको थियो ।

भारतसँग खेल हुँदा हरेक टोलीले आयोजक राष्ट्रभन्दा कोसौँ परको यात्रा तय गर्नुपथ्र्यो । जहाँ, विश्व क्रिकेटका ११ सुपरस्टार नीलो रंगको जर्सीमा तयार थिए ।

दुबईमा हार्दिक पान्डे्यलाई ‘कुङ्फू पान्डे्य’ भन्ने आवाजसँग प्रस्तुत गरिएजस्तै लाहोरमा गर्न सकिन्थ्यो ? दुःखको कुरा, हामी कहिल्यै थाहा पाउने छैनौं । र, यहाँ कुनै पनि उत्तर सजिलो छैन ।

च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएपछि गत डिसेम्बरमा भारतले आयोजक राष्ट्रको यात्रा नगर्ने जनायो । दुई छिमेकी राष्ट्रबीचको लामो समयदेखि चलेको राजनीतिक तनावका कारण भारतीय टिमले सरकारबाट यात्रा अनुमति पाएन । भारतको यो निर्णय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का निम्ति सधैं कठिन परिस्थितिको कारक बन्दै आएको छ ।

प्रतियोगिताका क्रममा न्युजिल्यान्डले सात हजार किलोमिटरभन्दा बढी यात्रा गरेर खेलहरूमा भाग लियो । जबकि भारतका कुनै पनि खेलाडी विमान नजिकसम्म पुगेनन् । 

भारतविना प्रतियोगिता खेल्न कत्तिको सम्भव होला ? यो जवाफ पनि गाह्रो नै छ । किनभने आइसिसीको मुख्य बजार बनेको नै भारतीय क्रिकेट समर्थक हुन् । रिपोर्टअनुसार त्यो ८० प्रतिशत जति हुनसक्ने अनुमान छ ।

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै भारत र अस्ट्रेलिया, तस्विरः बिसिसीआइ । 

भारतले यात्रा नगर्ने भएपछि आयोजना अधिकार पाकिस्तानलाई नदिँदा कस्तो हुन्थ्यो ? आइसिसीबाट २९ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना अधिकार पाएको पाकिस्तान यो अवसर खेर जान दिने पक्षमा थिएन । अर्थात यो पनि सम्भव थिएन ।

यी दुई चर्चाबीच भारतले सबै प्रतियोगिता एउटै सहरमा खेल्यो । एउटै होटलमा बसेर । र, यसबाट भारतीय टिमलाई पुगेको फाइदाहरूको लगातार विवाद र बहस चलिरहेको थियो ।

प्रतियोगिताका क्रममा न्युजिल्यान्डले सात हजार किलोमिटरभन्दा बढी यात्रा गरेर खेलहरूमा भाग लियो । जबकि भारतका कुनै पनि खेलाडी विमान नजिकसम्म पुगेनन् । भारतीय कुनै खेलाडी विमान नजिक पुगेका थिए भने त्यो कुलदीप यादव हुन् । न्युजिल्यान्डविरुद्ध रचिन रवीन्द्रको विकेट लिएसँगै दुवै हात फैलाएर खुसीयाली मनाउन कुलदीप विमान नजिक पुगेका थिए ।

प्रत्येक मोडमा भारतले यसबाट पाएको फाइदालाई स्पष्ट रूपमा नकारेको छ । मोहम्मद सामीले सेमिफाइनलपछि भने, ‘पक्कै पनि यसले हामीलाई मद्दत गर्यो ।’ तर, सामीको यो कुरा टुंगिन नपाउँदै भारतीय प्रशिक्षक गौतम गम्भिरले भनेका थिए, ‘जसले यस्तो भनेको छ, उनीहरू अझै परिपक्क बन्न आवश्यक छ ।’

भारतविरुद्ध खेल्ने विपक्षी टिमका खेलाडीले पनि यसबारे प्रश्न गर्न सकेनन् । तर, दक्षिण अफ्रिकाका डेविड मिलरले सेमिफाइनलमा आफूलाई हराउने न्युजिल्यान्डको नै फाइनलमा समर्थन गर्ने बताएका थिए ।

एक देशले कुनै प्रतियोगिता आयोजना गर्दा घरेलु मैदानको सहयोग हुनु स्वाभाविक हो । तर, आयोजक एक देश रहे पनि फाइदा अर्को देशलाई पुगिरहन्छ भने यसले पक्कै प्रश्न उठाइ रहनेछ । 

भारतको यो दादागिरी च्याम्पियन्स लिगबाट मात्र सुरु भएको भने पक्कै होइन । सन् २०२३ को विश्वकप सेमिफाइनलमा पिच अचानक बदलिएको थियो । जसले भारतका स्पिनरहरूको पक्षमा देखिन्थ्यो ।

च्याम्पियन्स ट्रफीको फाइनलमा प्रतिस्पर्धा गर्दै भारत र न्युजिल्यान्ड, तस्विरः बिसिसीआइ । 

आठ महिना पहिले, भारतले वेस्ट इन्डिजमा इङ्ल्यान्डलाई टी-२० सेमिफाइनलमा हराएको थियो । त्यहाँ पनि रोहित शर्माले एकमात्र यस्ता खेलाडी थिए, जसलाई आफ्नो टिमको खेल कहाँ खेलिन्छ भन्ने थाहा थियो ।

यो खेल बिहान १०ः३० बजे खेलिएको थियो । यो प्रत्यक्ष प्रशारणका निम्ति भारतीय टेलिभिजनलाई उपयुक्त समय थियो । यस पटक भारतको समूह चरणको अन्तिम खेल आइतबारको दिन खेल्यो । आइतबार भारतमा सधैं सार्वजनिक बिदा हुने गर्छ । यसै दिन भारतमा टिभी दर्शक संख्या सबैभन्दा उच्च हुन्छ ।

एक देशले कुनै प्रतियोगिता आयोजना गर्दा घरेलु मैदानको सहयोग हुनु स्वाभाविक हो । तर, आयोजक एक देश रहे पनि फाइदा अर्को देशलाई पुगिरहन्छ भने यसले पक्कै प्रश्न उठाइ रहनेछ ।

च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै कुलदीप यादव, तस्विरः बिसिसीआइ ।