पुस ९, २०८२ बिहीबार | १०:०३:१९
न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह
शनिबारको दिन च्याम्पियन्स ट्रफी

भारतविरुद्ध न्युजिल्यान्ड, दुवैलाई बदलाको अवसर

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आइतबार दुबईमा हुँदैछ । त्यसमा भिड्दै छन् भारत र न्युजिल्यान्ड । केही नभए पनि २५ वर्षपछि यी दुई टिम कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।

न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो । त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो ।

त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण । खास भन्ने हो भने न्युजिल्यान्डसामू भारतमाथि बदला लिने अवसर छ ।

इतिहासतर्फ फर्केने हो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन् । 

यस्तो किनभन्दा यही प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ । लिग चरणमा दुवै एउटै समूहमा थिए । त्यसमा भारत न्युजिल्यान्डमाथि हाबी भएको थियो ।

समूह चरणमा प्रतिस्पर्धा गर्दै भारत र न्युजिल्यान्ड, तस्विरः आइसिसी । 

भारत भने फाइनल पुग्ने पहिलो टिम बनेको थियो । टोलीले पनि सेमिफाइनलमा अस्ट्रेलियासामु उत्तिकै प्रभावशाली जित निकालेको थियो । त्यसको अर्थ केभन्दा भारत उपाधिका लागि बलियो प्रत्याशी हो । पूरा प्रतियोगितामै कुनै एक टिमले साँच्चै मजबुत प्रदर्शन गरेको छ भने त्यो भारतको नै छ ।

इतिहासतर्फ फर्केने हो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन् । त्यसमध्ये पछिल्लो फाइनल सन् २०२१ को टेस्ट च्याम्पियनसिप हो । त्यसमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले सजिलै पराजित गरेको थियो ।

सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै विराट कोहली, तस्विरः बिसिसीआइ । 

यो भयो टेस्ट क्रिकेटका कुरा । एकदिवसीय त्रिकेटमा भारत र न्युजिल्यान्ड एकैपल्ट भिडेको छ । यही त त्यो खेल हो, जुन २५ वर्षअगाडि भएको थियो । त्यो भनेको सन् २००० को आइसिसी नकआउट ट्रफी । फाइनल भएको थियो नैरोबीमा । त्यसमा पनि न्युजिल्यान्ड नै विजयी रहेको थियो । यस्तोमा अवसर न्युजिल्यान्डसँग मात्र छैन, बदला लिने । भारतले पनि ती दुई फाइनल हारको बदला लिन सक्छ न्युजिल्यान्डमाथि । नैरोबीको फाइनलयता भारतले धेरै जिते पनि न्युजिल्यान्ड भने चुपचाप नै रहनुपरेको छ ।

यसपल्टको च्याम्पियन्स ट्रफी दुई देशमा भएको हो । पाकिस्तान र अर्को युएईमा खेल भएको थियो । भारत चिरपरिचित शत्रु पाकिस्तान जान नमानेपछि यस्तो भएको हो । 

न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल त खेलेको थियो । तर, दुवै अवसरमा पराजित रह्यो । यस्तोमा न्युजिल्यान्डसामु त्यो हारको क्रमलाई पूर्णविराम लगाउने अवसर पनि छ ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै केन विलियमसन, तस्विरः न्युजिल्यान्ड क्रिकेट बोर्ड । 

न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर ड्यारेल मिचेल मान्छन्, ‘फाइनल त एक अर्को नयाँ दिन हुनेछ ।’ त्यसको अर्थ केभन्दा न यसमा पुरानो इतिहासको प्रभाव हुनेछ न त यी दुई टिमबीचको पछिल्लो खेलको । जुन टिमले दुबईमा हुने निर्णायक खेलमा राम्रो खेल्यो, त्यही टिम जित्यो । यस्तो भन्नुको खास अर्थ पनि छ ।

यसपल्टको च्याम्पियन्स ट्रफी दुई देशमा भएको हो । पाकिस्तान र अर्को युएईमा खेल भएको थियो । भारत चिरपरिचित शत्रु पाकिस्तान जान नमानेपछि यस्तो भएको हो । पाकिस्तानमा जति पनि खेल भयो, त्यसमा ठूल्ठुला स्कोर खडा भएको छ । त्यसको ठीक विपरीत दुबईमा बलर हाबी छ । त्यसैले फाइनल समीकरण धेरै अर्थमा फरक हुनेछ ।