चैत्र १०, २०८१ आइतबार | १२:४०:२८
कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन धनगढीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो बार्बोजा कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन धनगढीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो बार्बोजा
शनिबारको दिन

पाकिस्तानी क्रिकेटको पुरातन शैली

काठमाडौं । लगातार दोस्रो पराजयसँगै आयोजक तथा साविक विजेता पाकिस्तान च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तानले न्युजिल्यान्ड र भारतसँग पराजय बेहोरेको थियो । बंगलादेशसँगको खेल भने वर्षाका कारण हुन सकेन । करिब ३ दशक पछि आइसिसीको प्रतियोगिता आयोजना गर्दा उपाधि दाबेदार पाकिस्तानको आफ्नै अन्त्य भने निराशाजनक रह्यो ।

पाकिस्तान क्रिकेट बोर्डले गत अक्टोबरमा मोहम्मद रिजवानलाई सीमित ओभरको खेलमा कप्तानी जिम्मेवारी सुम्पिएको थियो ।

उनको पहिलो एकदिवसीय शृखलामा पाकिस्तानले विश्व च्याम्पियन अस्ट्रेलियामाथि २-१ को प्रभावशाली जित हासिल गर्यो । पाकिस्तानले घरेलु भूमिमा २२ वर्षपछि शृंखला आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगितामा दुई खेल खेल्दा खुसदिल शाह, बाबर अजाम र साउद सकिलले अर्धशतक प्रहार गरे । 

यसैगरी पाकिस्तानले जिम्बाब्वेसँगको एकदिवसीय शृंखला २-१ र दक्षिण अफ्रिकाकाविरुद्धको शृंखला ३-० ले आफ्नो पक्षमा पारेको थियो । पछिल्लो समय बिस्तारै तय समाउँदै गएको पाकिस्तानबाट च्याम्पियन्स ट्रफीमा पनि राम्रो प्रदर्शन आश गरिएको थियो ।

तर, दक्षिण अफ्रिकाविरुद्ध टेस्ट शृंखलाको पहिलो खेलमा उत्कृष्ट तय समातिरहेका ओपनर साइम अयुब घाइते भए । उनको गोलिगाँठामा चोट लागेको थियो ।

पाकिस्तानका कप्तान मोहम्मद रिजवान, तस्विरः आइसिसी । 

अयुबको चोटले पूरा पाकिस्तानी क्रिकेटलाई नै ठूलो पीडा दियो । अयुब नभएपछि पाकिस्तानले इनिङको सुरुआत संघर्षमय तरिकाले गरिरहेको छ ।

जसको परिणामस्वरुप पाकिस्तान च्यापिम्यन्स ट्रफी अगाडि घरेलु मैदामै भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा निरिह रूपमा प्रस्तुत भएको थियो । उक्त शृंखलामा पाकिस्तानले तीन खेल खेल्दा दुई हार र एक जितको नितजा निकालेको थियो ।

च्याम्पियन्स ट्रफी दौरान फखर जमान घाइते भएपछि पाकिस्तान थप समस्यामा पर्यो ।  न्युजिल्यान्डविरुद्ध ६० रनले पराजित भएको खेलमा मांसपेशीमा चोट लागेपछि जमान प्रतियोगिताबाट बाहिरिएका थिए । उनले न्युजिल्यान्डविरुद्ध २४ रन बनाएका थिए ।

जमानको स्थान लिएका इमान उल हकले भारतविरुद्ध १० रन मात्र बनाउन सके । उक्त खेलमा पाकिस्तान ६ विकेटले पराजित भयो ।

पाकिस्तानी छनोटकर्ताले १५ सदस्यीय टोलीमा दोस्रो स्पिनर समावेश गर्न भन्दै पूर्व खेलाडी र पंडितहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै अब्रार अहमद  एक जनालाई मात्र टोलीमा राखेका थिए ।

प्रतियोगितामा दुई खेल खेल्दा खुसदिल शाह, बाबर अजाम र साउद सकिलले अर्धशतक प्रहार गरे । खुसदील र अजामले न्युजिल्यान्डविरुद्ध क्रमशः ६९ र ६४ तथा सकिलले भारतविरुद्ध ६२ रन बनाएका थिए । 

च्याम्पियन्स ट्रफीमा  न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै बाबर आजम, तस्विरः आइसिसी । 

टोलीका प्रमुख बलर शहिन शाह अफ्रिदी भने प्रतियोगितामा चल्न सकेनन् । न्युजिल्यान्डविरुद्ध विकेटविहिन भएका उनले भारतविरुद्ध २ विकेट मात्र लिए ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानको कमजोर प्रदर्शनका कारणः

खेलाडी छनोटमा चुकेको पाकिस्तान

च्याम्पियन्स ट्रफीमा पाकिस्तानको कमजोर प्रदर्शनको प्रमुख कारण टोली छनोटलाई मानिएको छ ।

पाकिस्तानी छनोटकर्ताले १५ सदस्यीय टोलीमा दोस्रो स्पिनर समावेश गर्न भन्दै पूर्व खेलाडी र पंडितहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै अब्रार अहमद  एक जनालाई मात्र टोलीमा राखेका थिए ।

टोली पार्ट–टाइम स्पिनर सलमान आगा र खुशदिल शाहमा भर परेको थियो । उनीहरूले प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशी ट्वान्टी-२० लिगमा गरेको प्रदर्शनको आधारमा आश्चर्यजनक कदम चाल्दै अलराउन्डर खुशदिल र फहीम अशरफलाई टोलीमा समावेश गरिएको थियो । अशरफले २ र खुशदिलले ३ वर्षदेखि एकदिवसीय क्रिकेट खेलेका थिएनन् ।

च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध ब्याटिङ गर्दै साउद सकिल, तस्विरः आइसिसी । 

पाकिस्तानी टोलीका पूर्व कप्तान तथा टेलिभिजन पण्डित रशिद लतिफले यसलाई ‘राजनीतिक छनोट’ भन्दै आलोचना गरेका थिए । उनले टिम छनोटमा बाहिरी प्रभाव परेको भन्दै आलोचना गरेका थिए ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीमा मात्रै नभएर पछिल्ला तीन वर्षयता भएका सबै खाले ठूला प्रतियोगितामा सशक्त प्रदर्शन गर्न सकेको छैन ।

पुरानै शैलीको क्रिकेट

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पाकिस्तानलाई पुरातन क्रिकेट खेलेको आरोप लगाएका छन्  ।

‘२०२५ मा पनि पाकिस्तानले १९८० र १९९० दशकको शैलीमा क्रिकेट खेलिरहेको छ । जबकि अन्य टोलीहरूले आक्रामक र आधुनिक शैली अपनाइरहेका छन्,’ अफ्रिदीले भने, ‘धेरै डट बल खेल्ने रोगले हाम्रो खेललाई पनि हानि पुर्यायो ।’

पाकिस्तानले भारतविरुद्ध १५२ डट बल खेल्दै ४९.४ ओभरमा २४१ रन बनाएको थियो । जसमा पहिलो ६ ओभरमा कुनै स्कोर नभएको २८ बलको रेकर्ड समावेश छ । यस्तै न्युजिल्यान्डसँगको हारमा ४७.२ ओभरमा २६० रनमै सीमित हुँदा पाकिस्तानी खेलाडीले १६२ डट बल खेलेका थिए ।

‘पाकिस्तानी खेलाडीको मानसिकता आधुनिक क्रिकेटसँग मेल खाँदैन,’ अफ्रिदी थप्छन्, ‘टोलीमा प्रणालीको पूर्ण परिमार्जन आवश्यक छ । ताकि हामी आक्रामक मानसिकता भएका खेलाडीहरू उत्पादन गर्न सकौं ।’

पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदी । 

ठूला प्रतियोगितामा कमजोर प्रदर्शन

पाकिस्तानले च्याम्पियन्स ट्रफीमा मात्रै नभएर पछिल्ला तीन वर्षयता भएका सबै खाले ठूला प्रतियोगितामा सशक्त प्रदर्शन गर्न सकेको छैन ।

पाकिस्तान सन् २०२३ मा भएको आइसिसी एकदिवसीय विश्वकपमा पनि लिग चरणबाटै बाहिरिएको थियो । त्यस्तै टोलीले गत वर्ष भएको ट्वान्टी–२० विश्वकपमा पनि समूह चरण पार गर्न सकेन ।

यसैगरी पाकिस्तान विश्व टेस्ट च्याम्पियसिपमा पनि पुछारमा थियो । (एएफपीको सहयोगमा)