फाल्गुन ५, २०८२ मंगलबार | २२:११:०१
स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड
शनिबारको दिन

टेनिस स्टार जोकोभिचको महत्त्वाकांक्षा उस्तै

काठमाडौ‌ । वर्षको चौथो तथा अन्तिम ग्रान्ड स्लाम युएस ओपन सोमबार सुरु हुँदै छ । सुरुमा अस्ट्रेलियन ओपन, त्यसपछि विम्बल्डन र फ्रेन्च ओपन । अनि, अन्त्यमा युएस ओपन । न्युयोर्कमा सुरु हुने यसपल्टको प्रतियोगितामा अरू बेला जस्तै सबैको ध्यान एकै खेलाडीमा हुनेछ । उनी नोभाक जोकोभिच नै हुन् । सर्बियाका यी खेलाडी सफलता, चर्चा र विवादबाट कहिले पो टाढा रहे र ? तर यस पटक उनलाई हेर्ने नजर केही फेरिएको छ ।

भयो के भन्दा जोकोभिच यस पटकको पनि युएस ओपन जितेर कीर्तिमानी २५ औं ग्रान्ड स्लाम हात पार्न चाहन्छन् । उनले जितेका २४ ग्रान्ड स्लाम पनि आफैंमा कीर्तिमान हो । यो उपाधिको संख्याले नै भन्छ, उनी धेरै ठूला खेलाडी हुन् । आखिरमा उनी ३७ वर्षका पो भइसके । शरीर त पक्कै युवाजस्तो रहेन होला । तर उनको महत्त्वाकांक्षा उस्तै ।

पेरिस ओलम्पिक २०२४ अन्त्तर्गत फाइनलमा स्थान बनाएपछि नोभाक जोकोभिक

सबैभन्दा पहिले यो वर्षका सुरुआती तीन ग्रान्ड स्लाम विजेतातर्फ नजर लगाऔं । अस्ट्रेलियन ओपन जिते यानिक सिनरले । विम्बल्डन कार्लोस अल्कारेजले जिते । फ्रेन्च ओपन पनि अल्कारेजकै नाममा रह्यो । यसमा खोइ त जोकोभिचको नाम ? विम्बल्डन फाइनलमा त अल्कारेजले जोकोभिचलाई नै हराएका हुन् । त्यसैले एक खाले भाष्य निर्माण हुन थालेको थियो, अब जोकोभिचको दिन साँच्चै रहेन ।

 जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ । 

यही भाष्य गलत साबित भयो, पेरिस ओलम्पिक २०२४ मा । स्वर्ण पदकका लागि भएको फाइनलमा जोकोभिचले अल्कारेजलाई पराजित गरे । यसै कारण उनी विश्वकै सर्वकालीन महान खेलाडीको सूचीमा सबैभन्दा अगाडि रहे । उनले चारै ग्रान्ड स्लाममात्र जितेका छैनन्, अब त उनी ओलम्पिक स्वर्ण जितेका खेलाडी भए । यस्तो उपलब्धि चुम्ने उनी दुर्लभ पाँचौं खेलाडी मात्र हुन् । पेरिसको रोलान्ड गारोसमा स्वर्ण जितेयता यिनै कारणले उनी असाध्यै धेरै भावुक रहे ।

पेरिस ओलम्पिक २०२४ का दौरान नोभाक जोकोभिक

यसक्रममा उनी आफ्ना आलोचकको मुख बन्द गर्न सफल रहे । उनको ओलम्पिक स्वर्ण पनि त्यो पृष्ठभूमिमा सम्भव भएको थियो, जसमा घुँडाको शल्यक्रिया गराएको केही सातामात्रै भएको थियो । संयोगले पेरिस ओलम्पिकको स्वर्ण उनले जितेको ९९ औं उपाधि पनि थियो । त्यसैले उनले यो सफलतालाई धेरै महत्व दिँदै भने, यो जत्तिको सफलता सायद अन्य कुनै होला ।यस्तोमा के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ ।