फाल्गुन २, २०८२ शनिबार | ११:१२:३५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन पहिलो साग

सम्झनामा पहिलो साग

सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुदमा दक्षिण एसियाली मुलुकहरूको प्रदर्शनभन्दा पनि उपस्थितिमै सीमित हुन्थ्यो । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नवौं एसियाली खेलकुदमा पनि दक्षिण एसियाली मुलुकले प्रभावशाली उपस्थिति जनाउन सकेन ।

त्यतिबेलासम्म दक्षिण एसियालीस्तरमै हुने ठूलो खेलुकद प्रतियोगिता थिएन । जसको फलरुवरुप दक्षिण एसियाली मुलुकले मिलेर प्रत्येक दुई वर्षमा खेलकुद महोत्सवको रूपमा दक्षिण एसियाली खेलकुद आयोजना गर्ने योजना अगाडि सारे ।

दक्षिण एसियालीस्तरमै ठूलो खेलकुद प्रतियोगिता आयोजना गरौं भन्ने शाहको प्रस्ताव सहर्ष पारित भएसँगै ‘अल्फाबेट’को आधारमा बंगलादेशले पहिलो साफ आयोजना गर्ने र त्यसपछि नामअनुसार नै अगाडि बढ्ने निर्णय भएको थियो ।

यसको परिकल्पनाकार थिए राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह । उनको पहलमा दक्षिण एसियाली खेलकुद महासंघको स्थापना भएको थियो । त्यसपछि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) आयोजनाको योजनाले पूर्णता पाएको थियो ।

दक्षिण एसियालीस्तरमै ठूलो खेलकुद प्रतियोगिता आयोजना गरौं भन्ने शाहको प्रस्ताव सहर्ष पारित भएसँगै ‘अल्फाबेट’को आधारमा बंगलादेशले पहिलो साफ आयोजना गर्ने र त्यसपछि नामअनुसार नै अगाडि बढ्ने निर्णय भएको थियो । तर, बंगलादेशले मिति घोषणा भएको दुई वर्षसम्म पनि पहिलो साग आयोजना गर्न सकेन ।

बंगलादेशले गर्न नसक्ने भए हामी गर्छौं भनेर नेपालले त्यसको जिम्मेवारी लिएको थियो । र, सन् १९८४ को सेप्टेम्बर १७ देखि २३ सम्म काठमाडौंमा साफको सफल आयोजना सम्पन्न भयो । नेपाल आफैंले ल्याएको त्यो योजना आफैंबाट सुरु गर्न पाउनु मुलुकका लागि गर्वको विषय थियो ।

साफ खेलकुद सुरु भएको ३० वर्ष पूरा भइसक्दा हालसम्म १३ संंस्करण पूरा भएका छन् । अहिले यो साग (दक्षिण एसियाली खेलकुद)को रूपमा आयोजना हुन्छ । सन् २०१९ मा नेपालले नै काठमाडौं, पोखरा र जनकपुरमा यसको पछिल्लो संस्करण आयोजना गरेको थियो ।

ऐतिहासिक पहिलो संस्करणमा नेपालले ५ खेल समावेश गरेको थियो । जसमा पुरुष फुटबल, एथलेटिक्स, पौडी, भारोत्तोलन र बक्सिङ खेल थिए ।

पहिलो संस्करणमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात मुलुकका खेलाडीले भाग लिएका थिए ।

पहिलो संस्करणमा दक्षिण एसियाली पावरहाउस भारत नै शीर्षस्थानमा रह्यो । भारतले कुल ६२ मध्ये ४४ स्वर्ण पदक जितेको थियो । श्रीलंकाले ७ तथा पाकिस्तानले ५ स्वर्ण पदक जित्दा नेपालले ४ स्वर्ण जितेका थिए । त्यस्तै बंगलादेशले २ स्वर्ण जित्दा माल्दिभ्स र भुटान स्वर्ण जित्न असफल रहेका थिए ।

यस्तै रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबल टिमले स्वर्ण पदक जितेको थियो । दलबहादुर राना मगर र पुष्करध्वज शाहीले बक्सिङबाट नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए ।

चार स्वर्णसँगै १२ रजत र ८ कांस्य गरी नेपालले कुल २४ पदक जित्यो । पहिलो संस्करणमा नेपाली खेलाडीले पुरुष फुटबलमा एक, बक्सिङमा दुई, एथलेटिक्समा एक स्वर्ण जितेका थिए ।

नेपाललाई पहिलो साफको स्वर्ण पदक दिलाउने खेलाडी हुन् म्याराथन धावक वैकुण्ठ मानन्धर । पछिल्लो समय एथलेटिक्सका खेलहरू ढिलो गरी हुने गरेका छन् । तर, त्यतिबेला सुरुमै एथलेटिक्सका इभेन्ट आयोजना भएका थिए । त्यसैले मानन्धरले पहिलो स्वर्ण पदक म्याराथनबाट जितेका थिए ।

यस्तै रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबल टिमले स्वर्ण पदक जितेको थियो । दलबहादुर राना मगर र पुष्करध्वज शाहीले बक्सिङबाट नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए ।