मंसिर १९, २०८१ बुधबार | १३:३१:३१
पावरप्ले लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्ले लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं
शनिबारको दिन नारी दिवश

ओलम्पिक खेल्ने महिला खेलाडीहरू

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो बृहत मेला ओलम्पिकमा नेपालले सहभागिता जनाउन थालेको ५८ वर्ष बढी भइसकेको छ । ओलम्पिकमा नेपालको उपस्थिति अहिलेसम्म सहभागिताभन्दा माथि उठ्न सकेको छैन ।

राष्ट्रिय कीर्तिमानमा सुधार ओलम्पिकको प्रतिस्पर्धास्थलभित्र नेपाली खेलाडीले पाउने गरेको ठूलो सफलता हो । जबकि खेलकुदलाई भजाएर खान पल्किएका पदाधिकारी जमातले भने ओलम्पिक अभियानमा सहभागी भएको, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिएको जस्ता नारा लगाएर लोकलाई झुक्याइरहेकै छन् ।

सहभागिता र अनुभवलाई नै उपलब्धि मान्ने हो भने पनि सन् १९६४ मा जापानमा भएको टोकियो ओलम्पिकबाट नेपालले त्यस्तो उपलब्धि हासिल गर्न थालेको थियो । पहिलो संस्करणमा नेपालबाट ६ पुरुष खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए । महिलाले त्यही अवसरका लागि २४ वर्षसम्म प्रतीक्षा गर्नुपर्यो ।

दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा पहिलो पटक नेपाली टोलीबाट तीन महिला खेलाडीले सहभागिता जनाएको इतिहास छ । नेपालबाट त्यतिखेर ओलम्पिक खेल्न सुटिङकी पार्वती थापा तथा म्याराथन धाविकाद्वय राजकुमारी पाण्डे र मेनुका रावत कोरिया पुगेका थिए ।

ओलम्पिक खेल्न तीन नेपाली महिला कोरिया पुगे पनि पार्वतीको प्रतिस्पर्धा पहिला थियो । खेलतालिकाको त्यही संयोगले उनलाई नेपालको पहिलो महिला ओलम्पियन बनायो । तर, पार्वतीसँगै ओलम्पियन महिलाको नाममा राजकुमारी र मेनुकाको नाम पनि एकसाथ लिने गरिन्छ ।

पार्वती थापा (सुटिङ) 

नेपालको पहिलो ओलम्पियन महिला हुन्, पार्वती थापा । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा भएको ओलम्पिकमा उनले सहभागिता जनाएकी थिइन् ।

पार्वतीले ओलम्पिकमा महिला १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गरेकी थिइन् । पार्वतीको ओलम्पिक यात्रा छनोट चरणमै पूर्णविराम लाग्यो । उनले मोनाकोकी खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन् । ३ सय ७५ स्कोरमा मोनाकोकी खेलाडीसँग बराबरी गर्दै पार्वतीले ४३औं स्थान हासिल गरेकी थिइन् ।

यस्तै, सन् १९९१ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पार्वतीले रजत पदक जितेकी थिइन् । पाँच पटक सुटिङ विश्वकप र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पार्वतीले करियरमा घरेलु प्रतिस्पर्धाका १६ स्वर्ण पदक, ६ रजत पदक र एक कांस्य पदक जितेकी छन् ।

नेपालगन्जमा जन्मिएकी पार्वती दाजु लक्ष्मण थापाको पाइला पछ्याउँदै सुटिङ खेलमा लागेकी थिइन् । आफ्नो समयमा नेपाली सुटिङमा दबदबा कायम गरेकी पार्वतीले सन् १९८७ मा बेइजिङमा भएको एसियन सुटिङ च्याम्पियनसिपमा छैटौं स्थान हासिल गरेकी थिइन् ।

यस्तै, सन् १९९१ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पार्वतीले रजत पदक जितेकी थिइन् । पाँच पटक सुटिङ विश्वकप र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पार्वतीले करियरमा घरेलु प्रतिस्पर्धाका १६ स्वर्ण पदक, ६ रजत पदक र एक कांस्य पदक जितेकी छन् ।

५१ वर्षीया पार्वती अहिले सुटिङ प्रशिक्षकको रूपमा कार्यरत छन् ।

राजकुमारी पाण्डे र मेनुका रावत (एथलेटिक्स)

पहिलो पटक महिला खेलाडीले ओलम्पिकमा नेपालको झण्डा फर्फराउँदाका मुख्य पात्र हुन् राजकुमारी र मेनुका ।

५२ वर्षीया राजकुमारी र ४९ वर्षीया मेनुका नेपालको लामो दुरीका उत्कृष्ट धाविका हुन् । दुवैले सन् १९८८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए ।

निर्धारित दुरी राजकुमारीले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड तथा ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा पूरा गरेका थिए । ओलम्पिकको त्यो स्पर्धामा राजकुमारी ६० तथा मेनुका ६१ औं स्थानमा सीमित भएका थिए ।

सुटिङकी पार्वतीसँगै यी दुई धाविका पनि ओलम्पिकमा सहभागिता जनाउन कोरिया पुगेका थिए । नेपालको पहिलो महिला ओलम्पियनमा गनिने दुवै खेलाडीले एउटै विधामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा दुवैले राम्रो नतिजा भने निकाल्न सकेनन् ।

निर्धारित दुरी राजकुमारीले ३ घण्टा १० मिनेट ३१ सेकेन्ड तथा ३ घण्टा ११ मिनेट १७ सेकेन्डमा पूरा गरेका थिए । ओलम्पिकको त्यो स्पर्धामा राजकुमारी ६० तथा मेनुका ६१ औं स्थानमा सीमित भएका थिए ।

सन् १९८८ पछि ओलम्पिकमा नेपाली महिला खेलाडीको सहभागिता बाक्लिन थाल्यो । सन् १९९६ मा एथलेटिक्सकी विमला राना मगर, सन् २००० मा एथलेटिक्सकै देवीमाया पनेरु, सुटिङकी भगवती खत्री र पौडीकी रुना प्रधानले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०१२ को लन्डन ओलम्पिकमा एथलेटिक्सकी प्रमिला रिजाल, सुटिङकी स्नेह राज्यलक्ष्मी राणा, पौडीकी श्रेया धितालले सहभागिता जनाए । सन् २०१६ को रियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती भट्टराई, जुडोकी फुपुल्हामु खत्री, पौडीकी गौरिका सिंह र तेक्वान्दोकी निशा रावल तथा कोभिड-१९ महामारीका कारण एक वर्ष ढिलो गरी भएको सन् २०२० को टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र पौडीकी गौरिका सिंहले प्रतिस्पर्धा गरिसकेका छन् ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दो क्विन संगीना वैद्यले छनोट चरण पार गरेरै सहभागिता जनाउने पहिलो ‘बहादुर’ महिलाको रूपमा नाम लेखाइन् । यही संस्करणमा एथलेटिक्सकी कान्छीमाया कोजु र पौडीकी नयना शाक्यले पनि सहभागिता जनाएका थिए । त्यसको चार वर्षपछि बेइजिङ ओलम्पिकमा एथलेटिक्सकी चन्द्रकला थापा, जुडोकी देवु थापा, सुटिङकी फुलमाया क्याप्छाकी र पौडीकी करिश्मा कार्कीले सहभागिता जनाएका थिए ।