जेष्ठ २०, २०८२ सोमबार | १६:२०:३०
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला
शनिबारको दिन वर्ष २०८० मा खेलकुद

वर्ष २०८०ः नेपाली खेलकुदको क्यालेन्डर

काठमाडौं । यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय प्रतियोगिताको प्रतिस्पर्धालाई मैदानमै छ । वर्ष २०८० मा नेपालले चुनौती प्रस्तुत गरेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

वैशाख १८ सम्म चल्ने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा भइरहेका छन् । कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई समूह ‘बी’ मा छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

एसिसी प्रिमियर कपको महत्व नेपाली क्रिकेटका लागि यही एक उपाधिमा सीमित हुने छैन । यहाँ राम्रो प्रदर्शन गर्न सके एसिया कप र इमर्जिङ कप खेल्न पाउनु जारी प्रतियोगितामा नेपालका लागि थपिएको महत्व हो । एसिसी प्रिमियरमा उपाधि जित्न सके एसिया कपमा छानिने अवसर छ । त्यो भनेको भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटकै महारथीसँग खेल्न पाउनु हो । यसैगरी प्रतियोगिताको शीर्ष तीनमा पर्न सके नेपालले इमर्जिङ कप खेल्न पाउनेछ ।

एसिसी प्रिमियर कपसँगै सुरु भएको वर्ष २०८० मा नेपाली खेलकुदले थुप्रै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेल महोत्सवमा आफूलाई प्रस्तुत गर्नेछ । यही वर्ष चीनको हाङझाउमा एसियाली खेलकुद हुँदै छ भने नेपालले आफैं काभा महिला भलिबल च्यालेन्ज कप आयोजना गर्ने छ । यसैगरी भारतमा दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप यसै वर्ष हुनेछ ।

क्रिकेटमा एकदिवसीय र २० ओभरको दुवै विश्वकप यसै वर्ष खेल्नुपर्नेछ । एथलेटिक्स, कराते, तेक्वान्दो, बक्सिङ, जुडो, उसुजस्ता खेलमा पनि भर्खर सुरु भएको वर्ष नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाली खेलकुदले सबैभन्दा धेरै सफलताको आशा गर्ने अन्तर्राष्ट्रिय खेलमेला दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करण यो वर्ष हुनुपर्ने भए पनि हुने सम्भावना निकै न्युन छ । पाकिस्तानले आयोजना गर्नुपर्ने साग भारत र पाकिस्तानको खराब सम्बन्ध तथा आयोजक देशको कमजोर आर्थिक अवस्थाका कारण नहुने सम्भावना बलियो छ ।

पाकिस्तानले आयोजना गर्न नसक्दा श्रीलंका र बंगलादेशजस्ता देश पनि पछिल्लो समयको आर्थिक मन्दीको सिकार भएका कारण गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

साग हुने सम्भावना निकै न्युन हुँदा नेपाली खेलकुदको आशा यो वर्ष भलिबलमा लगातार तेस्रो पटक काभा महिला च्यालेन्ज कप (तत्कालीन एसियन सेन्ट्रल जोन) जित्नेमा हुनेछ । यसैगरी अघिल्लो संस्करणको फाइनलमा निराश हुनुपरेको साफ च्याम्पियनसिपमा उपाधि जित्ने, दोस्रो पटक क्रिकेट विश्वकपमा स्थान सुरक्षित गर्न एकदिवसीय र ट्वान्टी-२० दुवैको छनोटमा सम्पूर्ण बल लगाएर चुनौती प्रस्तुत गर्ने अनि एसियाली खेलकुदमा कम्तीमा पदकविहीन नभइकन फर्किने नेपाली खेलकुदको लक्ष्य हुनेछ ।

एसियाली खेलकुद

चीनको हाङझाउमा आसोज ६ देखि २१ सम्म हुने १९औं एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङसहित २३ खेलमा सहभागिता जनाउने योजना बनाएको छ ।

प्रतियोगिताका लागि पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ सम्म हुनेछ । त्यसमा चार सय २५ खेलाडी सहभागी हुनेछन् । दुई सय ९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । जेठ २६ देखि भदौ ३१ सम्म सञ्चालन हुने अन्तिम चरणको प्रशिक्षणमा एक सय ६८ खेलाडी सहभागी हुनेछन् । प्रशिक्षणअघि वैशाख ३ देखि ७ सम्म खेलाडी छनोट प्रतियोगिता गरिएको थियो ।

काभा महिला भलिबल च्यालेन्ज कप

नेपालले जेठ ६ देखि १५ सम्म काभा महिला भलिबल च्यालेन्ज कप आयोजना गर्दै छ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र भारतसहित किर्गिस्तान र बंगलादेश तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् । नेपालले जेठ ६ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

नेपाल एभिसी सेन्ट्रल जोन भलिबलको दुई पटकको विजेता हो । बंगलादेशमा भएको पछिल्ला दुवै संस्करणमा नेपालले स्वर्ण पदक जितेको थियो । यसपालिदेखि हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कप त्यही प्रतियोगिताको परिमार्जित रूप हो ।

काभा पुरुष भलिबल नेशन्स लिग 

नेपालको पुरुष भलिबल टोलीले किर्गिस्तानमा आगामी असार ३ देखि १० गते सम्म हुने काभा पुरुष नेशन्स लिगमा सहभागिता जनाउनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, इरान, पाकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान र काजकिस्तानको पनि सहभागिता रहनेछ ।

सबै टोलीले एक अर्काविरुद्ध एक-एक खेल खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रप्रतिस्पर्धा गर्नेछन् । यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोली तेस्रो स्थानका लागि भिड्ने छन् ।

साफ च्याम्पियनसिप

दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिपको १४औं संस्करण भारतले असार ६ देखि १८ सम्म बेङ्लोरमा आयोजना गर्दै छ ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहँदा फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसिप गुमाउने छ । भारतसँगको खराब सम्बन्धका कारण पाकिस्तानले पनि प्रतियोगितामा सहभागिता जनाउने छैन ।

यसैगरी साफले आमन्त्रित टोलीका रूपमा यसपालि साउदी अरेबियाको यु-२३ टोली र मलेसियालाई बोलाएको छ । विगतमा दक्षिण एसियाली देशहरूको प्रतियोगिता रहने गरे पनि यसरी अन्य क्षेत्रबाट सहभागिताका लागि आमन्त्रण गर्न लागिएको यो पहिलो पटक हो । प्रतियोगिताको खेलतालिका सार्वजनिक भइसकेको छैन ।  

माल्दिभ्समा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । दक्षिण एसियामा सधैं उपाधि दाबेदार रहने गरे पनि नेपालले त्यसअघि फाइनलसम्म यात्रा गर्न सकेको थिएन । दुई वर्षअघि फाइनल पुगेकाले यसपालि कागजमा नेपाललाई उपाधिको मुख्य दाबेदारमध्ये एक मान्न सकिएला । तर, वास्तविकता भने त्योभन्दा धेरै फरक छ ।

नेपाली टोलीमा केही खेलाडी संन्यासको संघारमा पुगिसकेका छन् भने राष्ट्रिय टोलीमा पर्नका लागि प्रतिस्पर्धा गर्ने ४० भन्दा बढी खेलाडी देशभित्रको दुरावस्थाका कारण विदेसिएका छन् । जसका कारण अधिकांश नयाँ खेलाडीमा भर पर्नुपर्ने नेपाली टोलीबाट साफ च्याम्पियनसिपमा राम्रो नतिजाको आस गर्ने व्यावहारिक ठाउँ कम छ । तर, पछिल्लो समय देशभित्र विवाद र आलोचनाको घेरामा सीमित नेपाली फुटबललाई साख जोगाउनका लागि भने यो प्रतियोगिता एउटा राम्रो अवसर हुनेछ ।

आइसिसी एकदिवसीय विश्वकप छनोट 

नेपाली पुरुष क्रिकेट टोलीले असार २ देखि २४ सम्म जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वपकप छनोट (ग्लोबल क्वालिफायर) खेल्ने छ । नेपालले आइसिसी विश्पकप क्रिकेट लिग-२ को तेस्रो स्थानमा रहँदै विश्पकप छनोट खेल्न लागेको हो ।

विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन, सुपर लिगको पुछारका पाँच तथा प्लेअफका शीर्ष दुई टोली गरी कुल १० टोली हुने छन् । लिग-२ बाट नेपाल, ओमान र स्कटल्यान्ड तथा प्लेअफबाट अमेरिका र युएईले छनोटमा स्थान पक्का गरेका थिए ।

यसैगरी सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलंका, वेस्ट इन्डिज र जिम्बावेले विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोली सोझै विश्वकपमा पुग्नेछन् । एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ ।

विश्वकप छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

ट्वान्टी-२० विश्वकप छनोट 

नेपालले यो वर्ष सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्दै छ । यसको मिति भने तोकिएको छैन । छनोटमा नेपालसहित युएई, ओमान, बहराइन, सिंगापुर र हङकङले स्थान बनाइसकेका छन् ।

यसैगरी उपक्षेत्रीय छनोट ‘ए’ र ‘बी’ मा शीर्षस्थानमा रहने टोलीले पनि एसियाली छनोटमा स्थान बनाउने छन् । उपक्षेत्रीय छनोटको ‘ए’ मा साउदी अरेबिया, कुवेत, माल्दिभ्स, कतार र इरान तथा ‘बी’ मा चीन, भुटान, मलेसिया, म्यानमार र थाइल्यान्ड छन् ।

यससँगै नेपालले लन्डन म्याराथन, रोजबल विश्वकप, विश्व बक्सिङ च्याम्पियनसिप, फिना विश्व च्याम्यियनसिप, पारा एसियन गेम्स, एसियन बिच गेम्सलगायतका प्रतियोगितामा पनि सहभागिता जनाउने छ ।