रजत विजेता एरिका र प्रशिक्षक कुशल नगदसहित सम्मानित

काठमाडौं। एसएस फाउन्डेसनले १९ औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा नगद जनही ३१ हजार रूपैयाँले सोमबार सम्मान गरेको हो ।

दुवैलाई राष्ट्रिय प्रजातान्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सम्मानपत्र हस्तान्तरण गरे । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नगद हस्तान्तरण गरेका थिए ।

फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले नेपालको इज्जत बढाएकाले सम्मान गरिएको बताए ।

कार्यक्रममा दोलखाली पत्रकार समाजको अध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्र कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar