रजत विजेता एरिका नगदसहित सम्मानित

काठमाडौं । नेपाल कराते महासंघ, जिल्ला प्रमुख डोजो, लगनखेल, ललितपुरले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगायतले एरिकालाई ५० हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरे । 

एरिका हिला ६८ केजीमाथि तौलसमूहमा रजत जित्दै एसियाली खेलकुदको करातेमा रजत जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।

डोजोले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा लगनखेलस्थित आफ्नै हलमा आयोजना गरेको कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता विप्लाल श्रेष्ठलाई पनि  १० हजार रुपैयान् सहित सम्मान गर्यो । विप्लव १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकोमा कांस्य पदक भिडन्तमा चुकेका थिए ।

१९ औं एसियाली खेलकुदका प्रशिक्षक वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्य पनि समान जनही ५ हजार रुपैयाँ सहित सम्मानित भए ।

सोही अवसरमा नेपाल सितोरियो कराते संघको अध्यक्षमा निर्वाचित दावा गुरुङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्वाचित दीपक श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

यसअघि नेपाल एकायन कराते संघले पनि बिहीबार एरिकालाई २० हजार नगदसहित सम्मान गरेको थियो ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar