मंसिर ६, २०८१ बिहीबार | १५:१५:५८
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन नेपाल कराते महासंघ

नेपालमा कराते: विवाद सकियो, बेथिति सकिएला ?

काठमाडौं । ‘नेपाली करातेकर्मीहरूमा खुसीको खबर' लामो समयदेखि नेपाली कराते खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सिन्डिकेट लाग्दै आएको थियो, आजबाट निकास पाउने भएको छ ।’

दीपक श्रेष्ठले जुलाई २६ मा फेसबुकबाट करातेकर्मीका लागि यो खुसी साटेका थिए । उनी दक्षिण एसियाली खेलकुदमा करातेबाट दुई स्वर्ण जितेका खेलाडी हुन् । अहिले उनले राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय खेलाडी संघको नेतृत्व सम्हालिरहेका छन् ।

कराते विवादका कारण धेरै नेपाली कराते खेलाडी वर्षौंदेखि पिल्सिएका थिए । कति विदेसिए, कतिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नै नपाएर खेल जीवन टुंग्याए । दशकभन्दा बढी समयदेखिको करातेकर्मीको पीडा चर्को थियो ।  त्यसैले दीपकसहित धेरै करातेकर्मीले यो खुसी सामाजिक सञ्जालमार्फत साटेका थिए ।

मलेसियामा जुलाई २६ मा भएको एसियाली कराते महासंघ र विश्व कराते महासंघका पदाधिकारीसँगको वार्ता र बैठकपछि नेपाली कराते विवादले निकास पाएको थियो । 

मलेसियामा जुलाई २६ मा भएको एसियाली कराते महासंघ र विश्व कराते महासंघका पदाधिकारीसँगको वार्ता र बैठकपछि नेपाली कराते विवादले निकास पाएको थियो । विवाद समाधानका लागि युवराज लामाको नेतृत्वमा रहेको नेपाल कराते महासंघको चार सदस्यीय प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । अध्यक्ष लामासहित उपाध्यक्ष प्रकाशमोहन धौभडेल, महासचिव दावा गुरुङ र कोषाध्यक्ष किशोर भट्टराई सहभागी थिए ।  

नेपाल कराते महासंघले विज्ञप्ति जारी गर्दै लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको नेपाली करातेले अब निकास पाउने जनाउँदै विश्व र एसियाली कराते महासंघसँगको भेटले आशाको किरण र भविष्य देखाएको बताएको छ । अब सम्पूर्ण विवाद अन्त्य भई नेपाली करातेले सही मार्ग लिनेमा महासंघ विश्वस्त छ ।

विवाद अन्त्यको पहलराष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करातेको विवाद र बेथिति अन्त्य गराउन करातेका संस्थापकमध्ये एक लामाको अध्यक्षतामा नेपाल कराते महासंघको २१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।  

राखेप सदस्य–सचिव टंकलाल घिसिङको संक्रियतामा तदर्थ समितिमा सितोरियो, गोजुरियो, वादोरियो र सोतोकानका पदाधिकारीलाई समेट्दै तीन महिनाभित्र विधान संशोधन र निर्वाचन गर्न समयसीमा तोकिएको थियो । यही कमिटीले चैत १२ गते चितवनमा निर्वाचन गर्दै १२ वर्षयता समाधान हुन नसकेको कराते विवाद समाधानको वैधानिक आधार खडा गरेको हो ।

आफ्नो नेतृत्वमा रहेको पुरानो कराते महासंघले मान्यता पाउनुपर्ने मागसहित पुरेन्द्रविक्रम लाखे पनि मलेसिया पुगेका थिए । 

नेपाल कराते महासंघमा लामाले नेतृत्व गरे पनि एसियाली र विश्व कराते महासंघले मान्यता नदिएसम्म केही संशय बाँकी नै थियो । लामा निर्वाचित महासंघलाई अन्तर्राष्ट्रिय मान्यता नदिए पुरानो विवाद पुनः निम्तिने पक्कापक्की थियो ।

मलेसियामा जुलाई १८ मा विश्व कराते महासंघका अध्यक्ष र महासचिव तथा एसियन कराते महासंघका अध्यक्ष र सिइओसमक्ष नेपाल कराते महासंघले वैधानिकता प्रमाण देखाएको हो ।

आफ्नो नेतृत्वमा रहेको पुरानो कराते महासंघले मान्यता पाउनुपर्ने मागसहित पुरेन्द्रविक्रम लाखे पनि मलेसिया पुगेका थिए । लामा र लाखेले आ–आफ्नो प्रमाणसहित वैधानिकता दावी गर्दा विश्व कराते महासंघले लामा नेतृत्वलाई मान्यता दिएको हो ।

लामाको भ्रमणसँगै यो विवाद पूर्ण रूपमा समाप्त भएको कराते महासंघको दाबी छ । ‘मलेसियाको भ्रमण निकै महत्त्वपूर्ण रह्यो । त्यहाँको बैठकबाट नेपालको कराते  विवाद टुंगिएको छ । अब सबै मिलेर नेपालको कराते विकासमा लाग्नुपर्छ,’ खेलाडीसँग लामाले भने ।

विश्व कराते महासंघले नेपाल कराते महासंघको विवरण अद्यावधिक गर्दै आफ्नो आधिकारिक बेवसाइटमा लामालाई अध्यक्ष मानेको छ । यता राखेप र नेपाल ओलम्पिक कमिटीले पनि लामा नेतृत्वको महासंघलाई मान्यता दिएको छ ।

नेपाली करातेमा केही योगदान गरेका र कराते महासंघमा छुटेका केही सरोकारवालाहरू भने अन्तर्राष्ट्रिय मान्यता पाए पनि देशभित्रको कराते विवाद तुरुन्तै समाधान नहुने तर्क गरेका छन् ।

कराते महासंघको विवाद समाधान भएसँगै अब नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहज र विवादरहित ढंगले सहभागिता जनाउन पाउने छ । यसका लागि अन्तर्राष्ट्रिय कराते महासंघले नेपाल कराते महासंघसँग सिधै सम्पर्क र समन्वय गर्ने बाटो खुलेको हो ।

नेपाली करातेमा केही योगदान गरेका र कराते महासंघमा छुटेका केही सरोकारवालाहरू भने अन्तर्राष्ट्रिय मान्यता पाए पनि देशभित्रको कराते विवाद तुरुन्तै समाधान नहुने तर्क गरेका छन् । तर, महासंघ अध्यक्ष लामा भने मिलेर अघि बढ्नुको कुनै विकल्प नभएको बताउँछन् । ‘अहिले समस्या समाधान भएको छ । सबैजना मिल्नुको विकल्प छैन । अब हामीले यसलाई हार र जितको रूपमा लिनु हुँदैन । मिलेर अगाडि बढे विवाद आउने ठाउँ नै छैन,’ लामा भन्छन् ।

कसरी निम्तियो विवाद ?२०६८ सालमा नेपालमा दुईटा नेपाल ओलम्पिक कमिटी अस्तित्वमा रहँदा कराते पनि फरक–फरक रूपमा दर्ता भएका थिए । त्यतिबेला दावा लामा र पुरेन्द्रविक्रम लाखेले आ–आफ्नै हैसियतमा कराते महासंघ चलाए । जसका कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएन । सहभागिता जनाउँदा पनि अन्तर्राष्ट्रिय भूमिमा समेत विवाद छताछुल्ल भएको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय फरक मान्यता पाएपछि सधैं विवाद नै भइरह्यो । दुई संघको विवादमा खेलाडीहरू मुछिन थाले । कुन संघबाट खेल्दा आफ्नो भविष्य सुध्रिएला भन्ने दुविधामा कयौं खेलाडी पलायन हुन बाध्य भए । राष्ट्रिय टिममा रहेका खेलाडीले एसियाली र अन्तर्राष्ट्रिय कराते महासंघका आधिकारिक प्रतियोगिताहरू नै खेल्न पाएनन् ।

विमला तामाङले एकल कातामा भाग लिँदै कांस्य पदक जितिन् । तर, कातामै राष्ट्रिय टिमबाट छनोट भएकी चन्चला दनुवारले खेल्नै पाइनन् ।  एसियाडमै करातेबाट दुई टोली पुगेपछि विवाद सतहमै आएको थियो । 

दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघलाई राखेप र लाखे नेतृत्वको महासंघलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएका थिए । ०५६ सालमा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साग) मा १४ स्वर्ण पदक जितेको करातेको यात्रा ओरालो लाग्न थाल्यो ।

त्यही विवाद सन् २०१४ को इन्चोन एसियाली खेलकुदमै पनि छताछुल्ल भयो । दुवै संघले एउटै विधामा छनोट गरेका कराते खेलाडी इन्चोन पुगेका थिए । तर, एनओसी मान्यताप्राप्त संघबाट प्रतिनिधित्व गरेका खेलाडीले मात्र खेल्न पाए । विमला तामाङले एकल कातामा भाग लिँदै कांस्य पदक जितिन् । तर, कातामै राष्ट्रिय टिमबाट छनोट भएकी चन्चला दनुवारले खेल्नै पाइनन् ।  एसियाडमै करातेबाट दुई टोली पुगेपछि विवाद सतहमै आएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको कराते विवादले स्थान पाएको थियो ।

विवाद मिलाउने सुरुको प्रयास नयाँ खेलकुद ऐन आएसँगै शम्भु आचार्यको अध्यक्षतामा ०७५ फागुन १४ गते तीन महिनाभित्र विधान संशोधनसहित निर्वाचन गर्न भन्दै कराते महासंघको तदर्थ समिति गठन भएको थियो । खेलकुद मन्त्रायलले तत्कालीन राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा विवाद समाधान समिति पनि बनाएको थियो । तर, यही तदर्थ समितिले चार वर्षसम्म विवाद समाधान, विधान संशोधन र निर्वाचन गराउने भनिए पनि जिम्मेवारी पूरा गर्न सकेन ।

तत्कालीन समय आचार्यको अध्यक्षतामा बनेको २१ सदस्यीय समितिको सह–अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं थिए । सचिवमा बीआर मित्र र श्याम शेर्पा तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ थिए । सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, ताराप्रसाद वली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङ्मा तामाङ रहेका थिए ।

सदस्य–सचिवद्वारा तदर्थ समिति गठनलामो समयको विवादपछि राखेप सदस्य–सचिव घिसिङले ०७९ माघ दोस्रो साता पूर्वसदस्य–सचिव तथा करातेका संस्थापकमध्ये एक युवराज लामाको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका आधारमा विवाद गर्दै आएका दावा गुरुङ र पुरेन्द्रविक्रम लाखेको समितिमा रहेका पदाधिकारी पनि यस तदर्थ समितिमा समेटिएको थियो ।

चितवनको पटिहानीमा सम्पन्न कराते महाधिवेशनबाट लामा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका थिए । यससँगै १२ वर्षदेखिको विवाद समाधान गर्ने बाटो खुलेको थियो ।

उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र बीआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ थिए । सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, ताराप्रसाद वली, दुर्गा परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोर भट्टराई थिए ।

लामा निर्विरोध अध्यक्ष चितवनको पटिहानीमा सम्पन्न कराते महाधिवेशनबाट लामा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका थिए । यससँगै १२ वर्षदेखिको विवाद समाधान गर्ने बाटो खुलेको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन हुँदा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भए । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बीआर मित्र सर्वसम्मत चुनिए ।

सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद वली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तितुङ चुनिएका छन् । अध्यक्ष लामाले सञ्जय राई र कमला रानालाई मनोनीत गरेका छन् । महासंघ सल्लाहकार समितिमा दीपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्कीलाई राखिएको छ ।

देशभित्रको विवाद र यसले अन्तर्राष्ट्रियजगतमा पारेको प्रभाव मत्थर भए पनि नेपाली करातेको पुरानो साख र गौरव फर्काउँदै एसियाली र विश्वस्तरमा सफल खेलको रूपमा प्रमाणित गर्न कराते महासंघसामु चुनौतीको पहाड छ ।