मंसिर ६, २०८१ बिहीबार | १५:३३:३४
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली फुटबल

खुमलटारको उदय, लक्ष्य च्याम्पियनको

काठमाडौं । नेपालको फुटबल संरचना यही खेलका सरोकारवालाबीचमै आलोचित छ । सहिद स्मारक लिगको संरचनामाथि त आ-आफ्ना राजनीतिक दुनो सोझ्याउन आलोचनात्मक चेत देखाउनेको संख्या अझ बढी छ । आलोचकहरू यसलाई काठमाडौं उपत्यकाको लिग भनेर अपनत्व लिँदैनन् । पछिल्लो समय केही फुटबलकर्मीले यसलाई दुई जिल्ला (काठमाडौं र ललितपुर) को लिग भनेर धारेहात लगाउन थालेका छन् ।

सबैका लागि खुला भए पनि नेपाली लिगको संरचना धेरै हदसम्म केन्द्रीकृत भएको भने साँचो हो । जसलाई समयक्रममा सुधार गर्दै जानुको विकल्प नेपाली फुटबल प्रशासनसामु छैन । हो, शीर्ष डिभिजनको लिगमा अहिले काठमाडौं र ललितपुरबाहिरका कुनै क्लब छैनन् ।

तीन विभागीय टिम (नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब) सँगै काठमाडौंबाट ५ तथा ललितपुरबाट ६ टोली सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छन् । काठमाडौंबाट हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, संकटा, मछिन्द्र र एनआरटी तथा ललितपुरबाट जावलाखेल युथ, फ्रेन्ड्स, थ्री स्टार, चर्च ब्वाइज, सातदोबाटो र खुमलटार युथ क्लब शीर्ष डिभिजनको लिगमा छन् ।

नेपाली फुटबलमा बलियो इतिहास बोकेको लतिलपुरको प्रभाव अझ माथिल्लो स्तरमा स्थापित गर्ने उद्देश्यसहित सुरु भएको क्लब हो खुमलटार युथ ।

आलोचकहरुकै लहैलहैमा लाग्ने हो भने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरको उपस्थिती सबभन्दा बलियो छ । अघिल्लो वर्ष शीर्ष डिभिजनबाट ललितपुरका दुई क्लब ब्रिगेड ब्वाइज र च्यासल युथ रेलिगेसनमा पर्दा जिल्लाको प्रभाव कम हुने अनुमान थियो । तर ‘बी’ डिभिजनबाट बढुवा हुने दुवै टोली चर्च ब्वाइज र खुमलटार युथ क्लब ललितपुरका रहे । जसले शीर्ष डिभिजनमा ललितपुरको रवाफ कम हुन दिएन ।

नेपाली फुटबलमा बलियो इतिहास बोकेको लतिलपुरको प्रभाव अझ माथिल्लो स्तरमा स्थापित गर्ने उद्देश्यसहित सुरु भएको क्लब हो खुमलटार युथ । आफैं फुटबल खेलेका अनि फुटबलको लत लागेका स्थानीय युवाको जमातले सुरु गरेको एउटा फुटबल अभियान भएकाले पनि खुमलटारबाट सकारात्मक योगदानको अपेक्षा गर्न सकिन्छ ।

स्थानीय खेलाडी र केही व्यापारिक प्रतिष्ठानमा कार्यरत युवाले १६ वर्षअघि व्यावसायिक रूपमै फुटबल खेल्ने निर्णयसहित क्लब दर्ता गरेका थिए । त्यसले शीर्ष डिभिजनमा चुनौती पस्कने पहिलो गन्तव्य हासिल गरिसकेको छ । पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्ने तयारीमा रहेको टोलीको उद्देश्य पहिलो सिजन नै उपाधि उचाल्ने रहेको छ ।

‘फुटबलमै केही गर्ने योजनासहित दर्ता भएर आएका हौं । त्यसैले पनि पहिलो सहभागितामै लिग जित्ने योजना बनाएका छौं । क्लबका पदाधिकारी, शुभचिन्तक, सहयोगी संघ-संस्था सबैले आ-आफ्नो क्षेत्रबाट लिग जित्ने अभियानमा योगदान गरिरहेका छौं,’ क्लबका सचिव बुद्धि गुरुङ भन्छन् ।

लिगको माहोल राम्ररी तात्न भ्याएको छैन । अझै पनि केही क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको असमझदारी उस्तै छ । केही क्लबहरु लिग नगरौं भन्ने मनस्थितिमा छन् । एन्फा स्वयं पनि लिग गर्नेमा इमान्दार साबित भइरहेको छैन । दोष कस्ले बोक्ने भन्ने मात्र हो, लिग गराउने पक्षमा व्यवहारिक रूपमा एन्फा र क्लब दुवै देखिँदैनन् । आयोजक एन्फाको तयारी निकै सुस्त छ ।

लिगको अन्योलबीच पनि नवप्रवेशी खुमलटारको जोस भने उत्साहजनक छ । टोलीले केही विदेशी खेलाडीसहितको टिम बनाएर नेपाली फुटबलको माहोल तताउने प्रयास गरिरहेको छ । यसक्रममा टोलीले अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका र उमेर समूहबाट देशको प्रतिनिधित्व गरिसकेका नेपाली र चार विदेशी खेलाडीसँग सम्झौता गरिसकेको छ ।

खुमलटारले विदेशी खेलाडीमा मेसुके ओलोमोउ, स्टेफन बिनोङ र थिओफिल्स एपोलाई अनुबन्ध गरिसकेको छ । दक्षिण एसियाली कोटामा भारतको आइएसएल खेलेका एक खेलाडीसँग पनि टोलीले सम्झौता गरिसकेको छ । तर, भारतीय खेलाडीको नाम भने टोलीले गोप्य नै राखेको छ ।

दुई वर्षअघि भएको नेपाल सुपर लिग (एनएसएल) मा पहिलो पटक नेपाली फुटबलमा देखिँदा नै सनसनी मच्चाएका मेसुके र स्टेफन एनआरटीबाट खुमलटार लागेका हुन् । यिनै दुई फरवार्डको उच्च प्रदर्शनमा काठमाडौं रेजर्सले एनएसएल जितेको थियो भने शीर्ष डिभिजनको लिगमा एनआरटीले तेस्रो स्थान हासिल गरेको थियो । एपो भने पहिलो पटक नेपाली लिगमा देखिँदैछन् ।

यसपालि राष्ट्रिय टोली खेलाडीमा धेरै ध्यान दिएका छैनौं । विदेशी खेलाडी राम्रा छन् । नेपालका युवा खेलाडीमा एउटा भोक छ । केही गरौं भन्ने देखिन्छ । यी खेलाडीले केही गर्न सक्छन् ।

शीर्ष डिभिजनमा आफ्नो पहिलो सिजनका लागि खुमलटारले युवा खेलाडी शिशिर लेखी, जय गुरुङ, पदक भट्टराई, रोहित सुब्बा, नितिन थापा, राजीव लोप्चाङ, मनीष थापा र एन्जल गुरुङमाथि विश्वास राखेको छ । प्रशिक्षकमा  एएफसीको ‘ए’ लाइसेन्सप्राप्त अनुभवी यम गुरुङ छन् । नितिन राष्ट्रिय टोलीका सदस्य हुन् भने शिशिर, जय, राजीव र मनीषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको अनुभव बटुलिसकेका छन् ।

‘हामीले यसपालि राष्ट्रिय टोली खेलाडीमा धेरै ध्यान दिएका छैनौं । विदेशी खेलाडी राम्रा छन् । नेपालका युवा खेलाडीमा एउटा भोक छ । केही गरौं भन्ने देखिन्छ । यी खेलाडीले केही गर्न सक्छन् । तर, खेलाडी दर्ता समय रहँदासम्म हामी निरन्तर समिक्षाका आधारमा आवश्यकताअनुसार खेलाडी थप्न सक्छौं,’ खेलाडीका रूपमा क्लबलाई ‘बी’ डिभिजन लिगसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गुरुङ भन्छन् ।

शीर्ष डिभिजनसम्मको यात्रा

२०६३ साल असोज २ गते विधिवत रूपमा दर्ता भएको क्लब ‘सी’ डिभिजन लिग छनोटको पहिलो सहभागितामै उपविजेता भएको थियो । तर, त्यो बेला विजेताले मात्रै डिभिजनको हैसियत पाउने नियम थियो । ‘सी’ डिभिजन लिगमा छनोट हुन टोलीले ०६८–६९ साल सम्म कुर्नुपर्यो। ०७० मा ‘सी’ डिभिजनमा टोली उपविजेता भयो । ०७०-७१ मा ‘सी’ डिभिजन लिगको विजेता भएर ‘बी’ डिभिजनमा बढुवा भएको टोलीले दोस्रो श्रेणीमा चार वर्ष बितायो ।

२०७५ सालमा क्लबले पहिलो पटक ‘बी’ डिभिजन लिग खेलेको थियो । बिना रेलिगेसनको लिगमा क्लबले कुनै उत्साह नहुँदा लगानी नै गरेन । राजेश शाहीको प्रशिक्षणमा लगातार पाँचौं खेल जितेको खुमलटार २०७७ सालको लिगमा ‘ए’ डिभिजनमा उक्लने अवस्थामा थियो । तर, कोभिड-१९ को महामारीका कारण लिग रोकियो । खेलाडी घर फर्किए ।

रोकिएको लिग पुनः सुरु त भयो । तर, क्लबले पुरानो लय भेट्टाउन सकेन र उपविजेतामा सीमित हुँदा माथि चढ्न सकेन । २०७८ सालमा रानीपोखरी कर्नर टिम (आरसिटी)लाई पछि पार्दै खुमलटारले शीर्ष डिभिजनको हैसियत हासिल गर्ने पहिलो गन्तव्य प्राप्त गर्यो ।

टोलीले यसैपालि एएफसी क्लब लाइसेन्स लिने योजना बनाएको छ । त्यसका लागि तयारी पूरा गरिसकेको सचिव गुरुङ बताउँछन् । योजनाअनुसार लाइसेन्सिङ प्रक्रिया पूरा भए टोली खुमलटार फुटबल क्लब बन्नेछ ।

विभिन्न कमिटीअन्तर्गत सबैलाई जिम्मेवारी दिइएको छ । खेलाडी अनुबन्ध गर्ने छुट्टै प्राविधिक कमिटी, मार्केटिङका लागि छुट्टै कमिटी बनाइएको छ । विभिन्न कमिटीले गरेको निर्णय नै अन्तिम बन्ने गरेको छ ।

‘हाम्रो लक्ष्य लिग च्याम्पियन बन्ने हो । एएफसी कप खेल्न लाइसेन्स अनिवार्य हुनुपर्छ । हामी त्यही प्राप्त गर्न कोसिस गरिरहेका छौं,’ सचिव गुरुङ भन्छन् ।

लिग च्याम्पियन बन्ने लक्ष्य राखेका खुमलटारको प्रशासनमा बैंकिङ, शिक्षा, अस्पताल, इन्जिनियरिङ क्षेत्रमा कार्यरत व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति छ । विभिन्न कमिटीअन्तर्गत सबैलाई जिम्मेवारी दिइएको छ । खेलाडी अनुबन्ध गर्ने छुट्टै प्राविधिक कमिटी, मार्केटिङका लागि छुट्टै कमिटी बनाइएको छ । विभिन्न कमिटीले गरेको निर्णय नै अन्तिम बन्ने गरेको छ ।

क्लबले यसपटक लिगको खर्च दुई करोड रुपैयाँ नाघ्ने अनुमान गरेको छ । खेलाडी अनुबन्धन, प्रशिक्षण, यातायातलगायत सबै खर्च जोड्दा यस्तो अनुमानित बजेट निस्किएको सचिव बुद्धि गुरुङ बताउँछन् ।

‘हामीले २ करोडभन्दा माथि खर्च हुने अनुमान गरेका छौं । हाम्रो टोली ठूलो छ । महानगरदेखि विभिन्न सहयोगी संस्थाहरू पनि हुनुहुन्छ । हामी व्यवस्थित भएर आएका छौं । पहिलो सहभागितामै च्याम्पियन बन्ने लक्ष्य छ ।’