आश्विन ३, २०८१ बिहीबार | २२:३२:२७
तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल
शनिबारको दिन वर्ष २०२२ मा खेलकुद

मेसीले गन्तब्य पाएको वर्ष

काठमाडौं । विश्व फुटबलका लागि वर्ष २०२२ को अन्त्य निकै दुखद रह्यो । ब्राजिलका महान खेलाडी पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । जुन ब्राजिल र दक्षिण अमेरिकामात्र नभई पूरा विश्व फुटबलका लागि अतुलनिय क्षती थियो ।

१९५८, १९६२ र १९७० गरि तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको थियो । कतार विश्वकप २०२२ जारी रहँदा पेलेको निधनको हल्ला सार्वजनिक भएको थियो । जसलाई पेलेको परिवारले अफवाह भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको थियो ।

पेलेको निधनअघिसम्म वितेको वर्षको फुटबलमा कतार विश्वकप सबैको चासोको केन्द्र थियो । प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता यही वर्ष परेकाले पूरा फुटबल विश्वकपमा केन्द्रित हुनु स्वभाविक थियो ।

२०१० मा विश्वकप आयोजनको अधिकार पाएदेखी नै शृंखलाबद्ध विवादमा तानिएको कतारले अन्ततः विश्वकपको सफल आयोजना गर्न सफल भयो । पहिलो पटक विश्वकप नोेभेम्बर-डिसेम्बरमा आयोजना भयो । जसका कारण नोभेम्बर-डिसेम्बरमा युरोपका शीर्ष लिगहरु स्थगित गरियो ।

कतारका आमिरले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई विश्वकपको ट्रफी हस्तान्तरण गरेसँगै विश्व फुटबलको महाकुम्भले चार वर्षका लागि बिदाई लियो । क्लब फुटबलमा सबै सफलता हात पारेका मेसीमाथि एउटा आरोप निरन्तर लाग्दै आएको थियो, उनले राष्ट्रका लागि कहिले पनि आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेनन् । फ्रान्समाथि पेनाल्टी सुटआउटमा ४-२ को जितसहित विश्व विजेता बन्दै मेसीले त्यो आरोप गलत साबित गरिदिए ।

आफ्नो खेलजीवनको उत्तरार्धमा रहेका मेसीले अर्जेन्टिनालाई विश्व विजेता बनाएसँगै आफूलाई डिएगो म्याराडोनासँगै महान खेलाडीको सुचीमा उभ्याएका छन । साथै मेसीले आफनो खेल करियर पूर्ण भएको समेत घोषणा गरे ।

यता १९६२ पछि पहिलो पटक विश्वकपको उपाधि रक्षा गर्ने संघारमा पुगेर पनि फ्रान्स असफल भयो । तर फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे भने दुर्लभ कीर्तिमान रच्न सफल भए । उनी १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । त्यसअघि १९६६ को फाइनलमा इङ्ल्यान्डका जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए ।

प्रतियोगितामा कुल आठ गोल गर्दै गोल्डेन बुट जितेका एमाबाप्पेले टाई ब्रेकरमा गरेको पेनाल्टी गोल पनि जोड्ने हो भने उनले फाइनलमा मात्र गरेको गोलसंख्या चार पुग्छ ।

युक्रेनमाथि एकतर्फी सैन्य हमलाका कारण फिफाले रुसलाई फुटबलमा पनि प्रतिबन्ध लगाएको थियो । जसका कारण २०१८ को विश्वकप आयोजक रुस विश्वकप छनोटको प्लेअफ खेल्नबाट वञ्चित भयो ।

यता पछिल्लो एक दशक मेसीका सबभन्दा ठूला प्रतिस्पर्धी रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने आफ्नै खराब निर्णयका कारण विवादित बने । विश्व फुटबलमा मेसी र रोनाल्डोमध्ये को महान खेलाडी हुन् भन्ने विवाद पनि कतार विश्वकपले अन्त्य गरिदियो ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागका साथै अन्य केही पदाधिकारी आफ्नो ओल्ड ट्राफोर्ड बसाईमा सन्तुष्ट नभएको र उनीहरुप्रति कुनै सम्मान नभएको बताएसँगै रोनाल्डो विवादमा तानिएका थिए । युनाइटेडले आपसी सहमतीमा रोनाल्डोसँगको सम्झौता रद्ध भएको घोषणा गरेको थियो । जसले विश्वकप चलिरहँदा उनी क्लबविहिन बनेका थिए ।

त्यसो त युनाइटेडले गत सिजन शीर्ष चारमा बस्दै प्रिमियर लिगको अन्त्य गर्न असफल भएसँगै रोनाल्डोले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष पटक-पटक आग्रह गरेका थिए । उनी पहिलो पटक युरोपा लिग खेल्नुपर्ने अवस्थामा पुगेपछि क्लब छोड्न चाहन्थे । शीर्ष चारबाहिर रहेसँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने अवसर गुमाएको थियो ।

रोनाल्डोले आफ्नो खराब व्यवहार दक्षिण कोरियाविरुद्ध समूह चरणको अन्तिम खेलमा पनि देखाए । प्रशिक्षक फर्नान्डो सान्तोषले मैदान बाहिर बोलाएपछि रोनाल्डो आक्रोसित बनेका थिए । सान्तोसले उनलाई अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा बेन्चमा राखे ।

मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा पनि उनी सुरुआती ११ मा स्थान बनाउन सफल भएनन । मोरक्कोसँगको हारसँगै पोर्चुगलको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । रोनाल्डो स्वयमले पनि कतार विश्वकप आफ्ना लागि अन्तिम सहभागिता भएको संकेत गरिसकेका थिए ।मोरक्कोले विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान रच्यो । समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी खेल्नुका साथै बेल्जियमलाई हराएको मोरोक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई स्तब्ध बनायो ।

त्यस्तै एसियाली राष्ट्रहरुले पनि आफूसँग अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त क्षमता भएको प्रमाणित गरे । साउदी अरेबियाले समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई स्तब्ध पार्यो । यता जापानले समूह चरणमा स्पेन र जर्मनीलाई हरायो । दक्षिण कोरियाले समूह चरणमा पोर्चुगललाई निराश पारेको थियो ।

यता जर्मनीका लागि भने वर्ष २०२२ सम्झन लायक रहेन । २०१४ को विश्व विजेता जर्मनी २०२२ मा पनि समूह चरणबाटै बाहिरियो । २०१८ को रुस विश्वकपमा पनि जर्मनीको यात्रा समूह चरणमा अन्त्य भएको थियो ।