फाल्गुन २, २०८२ शनिबार | ११:१५:२०
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन नेपाली फुटबल

पहिलो फुटबल सहभागिता: आगा खाँ गोल्डकप

  • सरगत

फुटबलमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता वास्तवमै धेरै पुरानो छ । सायद समयको आधारमा धेरै पुरानो भन्न नसकिएला, तर घटनाक्रमका आधारमा त यो पुरानै हो । यो त्यो बेलाको हो, जतिबेला बंगलादेश एक स्वतन्त्र देशको अस्तित्वमै थिएन । यसको परिचय त पूर्वी पाकिस्तानको रूपमा थियो । त्यही बेला हो, नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट खेलेको । कुरा, सन् १९६३ को आगा खाँ गोल्डकप फुटबलको हो ।

त्यतिबेला अहिले जस्तो अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले मान्यता दिएको प्रतियोगिता जस्तो कुरै कता थियो र ?

त्यसो त यो कुनै औपचारिक प्रतियोगिता थिएन । त्यतिबेला अहिले जस्तो अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले मान्यता दिएको प्रतियोगिता जस्तो कुरै कता थियो र ? यो प्रतियोगिता र यससँग जोडिएको नेपालको प्रसंग किन पनि महत्त्वपूर्ण छ भने नेपाली फुटबलको एक कालखण्ड यसैबाट सुरु हुन्छ । भलै यो आधिकारिक प्रतियोगिता थिएन । तर, यसकै लागि भने पहिलो पटक आधिकारिक रूपमा नेपालको राष्ट्रिय टिम भने बनाइएको थियो ।

आजभन्दा ६ दशकजति अगाडि नर शमशेर जबरासम्म के खबर आइपुग्यो भने पूर्वी पाकिस्तानमा एउटा फुटबल प्रतियोगिता हुँदै छ । त्यो प्रतिष्ठित प्रतियोगिता थियो, त्यसमा नेपाललाई खेल्ने निम्तो थियो । त्यतिबेला कम्तीमा काठमाडौंमा घरेलु नेपाली फुटबलको ढाँचा त तयार भइसकेको थियो, तर यो नितान्त आफ्नै पाराको थियो । यसको कुनै उद्देश्य थिएन न त यसको कुनै फुटबल आदर्श थियो । मनमा जे जस्तो आयो, त्यसरी नै खेल्ने ।

प्रतियोगितामा नेपालको पहिलो खेल थियो ढाका वन्डर्सविरुद्ध । त्यसमा नेपाल ७–१ ले पराजित रह्यो । त्यसमा नेपालका लागि गोल गर्ने खेलाडी थिए प्रकाश राणा ।

नेपाली घरेलु फुटबलका आफ्नै नियम कानुन भने थियो । र, यो हुन्थ्यो नर शमशेरको मनमा जे आयो त्यही । त्यसैले यही प्रतियोगिताका लागि उनी आफैंले टिम बनाए । आफैंले खेलाडी छानेका थिए । आफैं प्रशिक्षक पनि भए । अब भनिरहनुपर्दैन, टिमको नेतृत्व पनि उनकै हातमा थियो । धन्न, उनले खेलेनन् । कप्तान थिए आरबी राजा । नेपालबाट १८ खेलाडीसहितको टिम ढाका गएको थियो । अभ्यास कति कम समयको थियो भने दिन गन्दा त्यो एकै साता मात्र हुन्थ्यो ।

नेपालको त्यस ऐतिहासिक प्रतियोगिताबारे धेरै फरक–फरक जानकारी उपलब्ध रहेका छन् । त्यसैले यही भएको थियो भनेर भन्न गाह्रो छ । कम्तीमा यति भने भन्न सक्छौं ।

प्रतियोगितामा नेपालको पहिलो खेल थियो ढाका वन्डर्सविरुद्ध । त्यसमा नेपाल ७–१ ले पराजित रह्यो । त्यसमा नेपालका लागि गोल गर्ने खेलाडी थिए प्रकाश राणा । नेपाली राष्ट्रिय टिम बनेयता पहिलो गोल गर्ने खेलाडी यिनै रहे । त्यस अर्थमा उनको त्यो गोल ऐतिहासिक मान्न सकिन्छ । दोस्रो खेल ढाका पुलिसविरुद्ध थियो । त्यसको नतिजा २–२ को बराबरीमा रह्यो । त्यसमा दुई गोल गर्ने खेलाडी थिए प्रकाश रणा र बच्चु राणा । नेपालको तेस्रो खेल इन्डोनेसियाली टिमविरुद्ध थियो ।त्यसको नतिजाबारे ठ्याक्कै जानकारी छैन । नेपालको त्यस ऐतिहासिक प्रतियोगिताबारे धेरै फरक–फरक जानकारी उपलब्ध रहेका छन् । त्यसैले यही भएको थियो भनेर भन्न गाह्रो छ । कम्तीमा यति भने भन्न सक्छौं । यो टिमका सदस्य थिए नर शमशेर र आरबी राजासँगै गजेन्द्र बस्नेत, अफताब उद्दिन, जनक शमशेर थापा, ज्ञान धाख्वा, बी विष्ट, विजयकुमार श्रेष्ठ, प्रकाश शाह, प्रभुधन सुब्बा, बाबा गुरुङ, अमर थापा, बीआर थापा, पद्म श्रेष्ठ, कोमल पाण्डे, विष्णु बराल, आईएस सुब्बा, लक्ष्मणविक्रम शाह, शालिग्राम अधिकारी र ज्ञानबहादुर श्रेष्ठ ।