फाल्गुन २, २०८२ शनिबार | ११:१४:३६
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन मछिन्द्र फुटबल क्लब

लिगमा मछिन्द्र जमेको वर्ष

वर्ष ०७८ मा नेपालको घरेलु फुटबल लगभग सहिद स्मारक लिग ‘ए’ मै केन्द्रित रह्यो । यो लिगले दिएको सबैभन्दा ठूलो सन्देश थियो, मछिन्द्र अब नयाँ शक्ति भएको छ । मध्य काठमाडौंको यो जनबहाल क्लबले लगातार दोस्रोपल्ट नेपालको माथिल्लो डिभिजनको लिग जित्यो ।

दुई वर्षअघि मछिन्द्रले पहिलोपल्ट लिग जितेको थियो । त्यसका लागि क्लबले दुई पारम्परिक शक्ति मनाङ मर्स्याङ्दी र थ्री स्टारबाट ठूला नामका खेलाडी भित्र्याएको थियो ।कुनै समय फुटबल खेल्न छाड्ने निर्णयको छेउछाउ पुगेको मछिन्द्रले उल्टै राम्रै खर्चेर बनाएको त्यही टिमले लिग जित्यो । मछिन्द्रले लिगको अन्तिम दिन उपाधि जितेको थियो, त्रिभुवन आर्मी फुटबल क्लबलाई पन्छाएर । सायद आरोप लगाउन मिल्ने ठाउँ थिए, यो पहिलो सफलता कतै मीठो संयोगमात्र त थिएन ?

वर्ष ०७८ सालमा मछिन्द्रले फेरि यस्तै सफलता दोहोर्याएपछि भन्न कर लाग्यो, यसपल्ट संयोगमात्र थिएन । अझ भन्नुपरेको छ, यसपल्टको मछिन्द्रको लिग यात्रा सुमधुर र ऐतिहासिक रह्यो ।

यो यस्तो किनभन्दा मछिन्द्रले अपराजित रहेर लिग जितेको थियो । क्लबले खेलेका १३ खेलमध्ये ११ मा विजयी रह्यो, बाँकी दुई खेल बराबरीमा टुंगिएको थियो । त्यसो त आर्मीले पनि त कुनै खेल गुमाएन र दोस्रो स्थानमा रह्यो । तर विश्वास नहुन सक्छ, यसपल्ट मछिन्द्र र आर्मीबीचको अंक अन्तर ११ थियो । यही अन्तर दुई वर्षअगाडि ३ मात्र थियो, प्राविधिक रूपमा २ अंक । यस्तो किनभन्दा मछिन्द्रले १ अंक काटिएको स्थितिबाट लिग सुरु गरेको थियो ।

निकै लामो समय घरेलु फुटबल तीन ठूला क्लबको वरिपरी केन्द्रित रह्यो । त्यसमा एक त मनाङ भयो । अर्को पुलिस अनि तेस्रो थ्री स्टार क्लब थियो । ४० को दशकदेखि ६० सम्म लगभग मनाङ र पुलिस दुई ठूला टिम थिए । पछि त्यसमा थ्री स्टार पनि थपियो । लगभग यिनै तीन टिमले पालैपालो जस्तो ए डिभिजन लिग जिते ।

वर्ष ०५४ देखि यिनै तीन टिम त हुन्, लिग जित्ने । तर अब मछिन्द्रले तीनै क्लबको यो वर्चस्वलाई तोडेको छ । तिनकै ठाउँमा आफूलाई स्थापित गरेको छ ।

०७८ सालमा यी पुराना शक्ति लिगमा कहाँ रहे त ? मनाङ पाँचौं स्थानमा रह्यो । लिगको सुरुआती चरणमा उपाधि दाबेदार देखिएको मनाङले त्यसपछि भने राम्रो गर्न सकेन । मछिन्द्रसँग एक निर्णायक खेल के गुमायो, टोलीले लय पनि गुमायो । थ्री स्टार छैटौं स्थानमा रह्यो । पाटने टोलीले कुनै पनि समय आफूलाई लिग उपाधिको होडमा कायम राख्न सकेन । पुलिस त झन् १२औं स्थानमा पुग्यो । पुलिस त उपाधिको होइन, रेलिगेसनको प्रत्याशी बनेको अवस्था थियो ।

सायद धेरै हदसम्म लिगमा एनआरटीले राम्रो खेल्यो अनि उत्तिकै राम्रो प्रदर्शन नवप्रवेशी सातदोबाटो युथको नाममा पनि रह्यो । पहिलो सिजन माथिल्लो डिभिजनको लिग खेलिरहेको सातदोबाटो चौथो स्थानमा रहनुले पनि प्रस्ट पारेको छ, क्लबको यो यात्रा वास्तवमै गर्व गर्नलायक रह्यो ।

फेरि पनि मछिन्द्रकै कुरा गर्ने हो भने लिग जित्नेक्रममा तय गरेको यात्रा वास्तवमै ऐतिहासिक थियो । जम्मा २ गोल खाएको थियो मछिन्द्रले । त्यो पनि सुरुका खेल र त्यसपछि अन्तिम खेलमा ।

त्यसबीचका ११ खेलमा कुनै गोल खाएन, अनि अन्तिम ८ खेलमा लगातार विजयी रह्यो । यसबीच लिगमा लगातार गोल नखाएको कीर्तिमान पनि बन्यो । अब मछिन्द्रले अबको लिगमा लगातार तेस्रोपल्ट लिग जितेर ऐतिहासिक उपलब्धि हात पार्न सक्छ । माथिल्लो डिभिजनको लिग उपाधिमा ह्याट्रिक गर्नु आफैंमा दुर्लभ हुने गर्छ । त्यसैले मछिन्द्र अद्वितीय सफलताको संघारमा पनि छ । के मछिन्द्र यसका लागि तयार छ त ?